रुपन्देही ३ मा कांग्रेसका खाणलाई पछि पार्दै राप्रपाका बाेहराकाे अग्रता

रुपन्देही–रुपन्देही क्षेत्र नं ३ मा गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई पछि पार्र्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले अग्रता लिनुभएको छ । सहायक निर्वाचन अधिकृत शोभाखर खरेलका अनुसार प्रतिनिधिसभा सदस्यतर्फ १० हजार ६ सय ४० मत गणना हुँदा गृहमन्त्री खाण दुई सय ५२ मतले पछाडि हुनुहुन्छ । राप्रपाका उम्मेदवार बोहरा चार हजार एक सय ७० मतका साथ अगाडि हुनुहुन्छ भने सत्ता गठबन्धनका उम्मेदवार खाण तीन हजार नौ सय १९ मत प्राप्त गरी दोस्रो स्थानमा हुनुहुन्छ ।  ...

सम्बन्धित सामग्री

रुपन्देही–३ मा गृहमन्त्री बालकृष्ण खाँणको हार निश्चित्

काठमाडौं, १० मंसिर । रुपन्देही–३ बाट गृहमन्त्री बालकृष्ण खाँणको हार निश्चित् भएको छ । सो क्षेत्रमा राप्रपाका दीपक बोहोराको जित सु्निश्चित् भएको छ । २५०० मतगणना हुन बाँकी रहँदा बोहोराले २८०० को अग्रता बनाएका छन् । सो क्षेत्रमा सुरुवातदेखि नै खाँण र बोहोराको कडा टक्कर देखिएको थियो ।

रुपन्देही–३ मा गृहमन्त्री खाँण निरन्तर पछाडि

रुपन्देही–३ मा कांग्रेस उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाँण निरन्तर पछि परेका छन् ।

रुपन्देही-३ मा गृहमन्त्री खाणको अग्रता कायमै

७ मंसिर, काठमाडौँ । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार गृहमन्त्री बालकृष्ण खाणले मतगणनामा अग्रता कायम राखेका छन् । रुपन्देही-३ मा पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य खाण र तीन दलीय तर्फबाट राप्रपाका वरिष्ठ नेता दीपक बोहरा सहित २२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । रुपन्देही-३ प्रतिनिधि सभा सदस्यको सोमबार […]

रुपन्देही–३ मा पछि परे गृहमन्त्री खाँण

६ मंसिर, रुपन्देही । रुपन्देही–३ मा गृहमन्त्री बालकृष्ण खाँण पछि परेका छन् । मंगलबार विहानसम्मको मतगणनामा राप्रपाका दीपक बोहराले चार हजार १७० मतसहित अग्रता लिएका छन् । उनलाई नेकपा एमालेले समर्थन गरेको छ । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रहेका गृहमन्त्री खाँणले तीन हजार ९१९ मत पाएका छन् । गृहमन्त्री खाँणलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत […]

रुपन्देही–३ मा अघि लागे खाँण, बाेहरा ५ सय मतले पछाडि

रुपन्देही ३ मा गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाँणले अग्रता कायमै राखेका छन् ।

रुपन्देही–३ मा गृहमन्त्री खाणलाई जनमुक्ति पार्टीको समर्थन

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही–३ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणलाई जनमुक्ति पार्टीले समर्थन गरेको छ । भैरहवामा आयोजित एक कार्यक्रममा रुपन्देही–३ को जनमुक्ति पार्टीका उम्मेदवार मोजिब अलीले पार्टी र व्यक्तिगत रूपमा कांग्रेस (गठबन्धन) का उम्मेदवारलाई सर्मथन गरेको घोषणा गरेका हुन् । रुपन्देही–३ मा जनमुक्ति पार्टीको करिब तीन हजार […]

रुपन्देही ३ बाट गृहमन्त्री खाँणको नाम एकल सिफारिस

नेपाली कांग्रेसले रुपन्देही ३ बाट गृहमन्त्री बालकृष्ण खाँणको नाम एकल सिफारिस गरेको छ ।

एमालेबाट रुपन्देही ३ मा घनश्यामसहित चार जनाको नाम सिफारिस

रुपन्देही ३ मा नेकपा एमालेका तर्फबाट नेता घनश्याम भुसालसहित चार जनाको नाम सिफारिस भएको छ ।

रुपन्देही ३ बाट चुनाव लड्‌ने उद्योगी खड्काको घोषणा

उद्योगी केशव विक्रम खड्काले प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही ३ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।