बागमती प्रदेशसभा बैठक राख्ने प्रयोजनका लागि निर्माण गर्न लागिएको सभा हलको काम सुस्त गतिमा अघि बढेपछि मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले ठेक्का दिने र लिने दुवैलाई कारवाहीको चेतावनी दिएका छन् । १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का दिएको भए पनि १५ महिना बित्दासमेत भौतिक प्रगति सुस्त देखिएपछि उनले यस्तो चेतावनी दिएका हुन् ।बागमती प्रदेशसभा स्थापनाको ४ वर्ष पूरा भएको छ । देश संघीयतामा गएपछि २०७४ सालमा तीनै तहको निर्वाचन भयो । प्रदेशसभा निर्वाचन सम्पन्न भए लगत्तै बागमती प्रदेश (साविकको प्रद