नयाँ सांसद स्वागतको तयारीमा बागमती प्रदेशसभा

गत मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनबाट निर्वाचित प्रदेशसभा सदस्यहरुको स्वागतको लागि बागमती प्रदेशसभा सचिवालयले तयारी तीव्र बनाएको छ । नयाँ प्रदेशसभा भवन निर्माण सम्पन्न हुन समय लाग्ने भएपछि हेटौंडा-१० स्थित पुरानै भवनलाई थप व्यवस्थित गरी प्रदेशसभा सञ्चालन गर्ने तयारी गरिएको छ । प्रदेशसभामा यसपटक प्रतिनिधित्व गर्न लागेका सातै वटा दलको संसदीय […]

सम्बन्धित सामग्री

बागमती प्रदेशसभा कांग्रेसको मुख्य सचेतक कुन्दनराज काफ्ले

२ माघ, काठमाडौं । नेपाली कांग्रेसका प्रदेश सांसद कुन्दनराज काफ्ले वाग्मती प्रदेशसभाको मुख्य सचेतकमा चयन भएका छन् । बागमती प्रदेशको संसदीय दलको वैठकले उनलाई मुख्य सचेतक चयन गरेको हो। प्रदेशसभा तर्फ दोलखा (ख) बाट निर्वाचित सांसद काफ्ले पार्टीमा नेता कृष्णप्रसाद सिटौला निकट हुन्। संसदीय दलको चुनावमा उनी बहादुर सिंह लामाको प्रस्तावक बनेका थिए ।

कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेतामा लामा विजयी

कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेतामा बहादुर सिंह लामा विजयी भएका छन् । नुवाकोटबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने उनले मकवानपुरका इन्द्र बानियालाई पराजित गरेका हुन् ।बुधबार भएको निर्वाचनमा कांग्रेस प्रदेश सभापति समेत रहेका बानियाले १६ मत पाउँदा लामाले २१ मत पाए ।निर्वाचनमा सबै ३७ जना सांसद नै सहभागी थिए ।  लामा मुख्यमन्त्री बन्नकै लागि प्रतिनिधिसभाबाट प्रदेशमा झरेका थिए ।  यद्यपि गठबन्धनको समीकरण बदलिएपछि कांग्रेसले सरकारको नेतृत्व गर्न सक्ने सम्भावना भने कम छ ।

बागमती प्रदेशका ६ जना सांसद संघमा चुनाव लड्दै

बागमती प्रदेशका ६ जना सांसद आगामी निर्वाचनमा प्रतिनिधिसभातर्फको प्रत्यक्षबाट चुनाव लड्दैछन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा यसअघि बागमती प्रदेशसभा सदस्य भइसकेका ६ जनाले विभिन्न पार्टीबाट चुनावी प्रतिस्पर्धा गर्दैछन् ।प्रदेशसभाबाट संघतर्फ चुनाव लड्नेमा सबैभन्दा बढी नेकपा एमालेका सांसद छन् । प्रदेशसभामा एक कार्यकाल बिताएर एमालेबाट ४ जनाले संघमा चुनाव लड्ने अवसर पाएका छन् भने एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट एक जनाले संघमा चुनाव लड्दैछन् ।एमालेबाट रामेछाप–१, सिन्धुली–

बागमती प्रदेशसभा : जब आर्थिक मामिलामन्त्रीले हाँसो रोक्न सकेनन्...

हेटौंडा : बागमती प्रदेशसभा बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि छलफल भइरहेको छ।सरकारले आगामी आर्थिक वर्ष ०७९/८० का लागि ल्याएको विषयगत मन्त्रालयको बजेटमाथि प्रदेशसभामा छलफल भइरहेको हो। छलफलका क्रममा राप्रपाकी सांसद रिना गुरुङले बजेटमाथि आफ्नो धारणा राख्ने वेलामा बोल्न निकै गाह्रो भयो। मन्त्रालयहरूको बजेटमाथि व्यंग्यात्मक टिप्पणी गरेकी उनलाई प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेल हाँसेपछि बोल्नै गाह्रो भएको हो।उनको सीध

बहालवाला जनप्रतिनिधिले चुनाव लड्न कसलाई राजीनामा दिने ?

नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको प्रमुख पदमा सर्वसम्मत सिफारिस भएका बागमती प्रदेशसभा सांसद विजय सुवेदीले राजीनामा दिएका छन् ।

प्रदेशसभा र संघीयता खारेज गरौँ : प्रदेश सांसद माझी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की बागमती प्रदेशसभा सदस्य रिता माझीले संघीयता खारेज गरिनुपर्ने बताएकी छिन् । बागमती प्रदेशसभाको नवौँ अधिवेशनमा बोल्दै सांसद माझीले नेपालमा संघीय प्रणाली असफल भैसकेको भन्दै उनले सकिन्छ भने तत्कालै प्रदेश सरकार खारेजी गर्नुपर्ने माग गरेकी हुन् । प्रदेश सरकारले जनतामा कुनै किसिमको राहत दिन नसकेको, प्रदेश सरकार र सांसदहरू पद र प्रतिष्ठाको लागि मात्र उभिने हो कि बोझको लागि उभिने हो भन्दैले दशैको बिदामा समीक्षा गर्दै यो बोझलाई खारेज गर्नुपर्ने उनको तर्क

बागमती प्रदेश सांसद मीना ज्ञवालीले एमाले छोडिन्

हेटौंडा : बागमती प्रदेशसभा सदस्य मीना ज्ञवालीले नेकपा एमाले छोडेर नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेकी छिन्।एमालेबाट निर्वाचित सांसद ज्ञवालीले शुक्रबार प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडा पुगेर माधव नेपाल नेतृत्वको नयाँ दल नेकपामा सनाखत गराएकी हुन्।उनीसँगै बागमती प्रदेशमा १३ जना सांसदले एमाले छोडेर नयाँ दल रोजेका छन्। दल रोज्ने समय अझै केहीदिन बाँकी रहेकाले नयाँ दलमा अरु सांसद पनि थपिने समाजवादीकी मुनु सिग्देलले दाबी गरिन्। उनले २२ गतेसम्म समाजवादीमा आउन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यल

बागमती प्रदेशसभाकी सांसद नेपालले समाजवादीका पक्षमा सनाखत गरिन्

हेटौँडा- नेकपा एमालेबाट निर्वाचित बागमती प्रदेशसभा सदस्य मीना ज्ञवाली नेपालले नेकपा एकीकृत समाजवादीका पक्षमा शुक्रबार सनाखत गरेकी छन्। समानुपातिकबाट सांसद चुनिएकी नेपालले हेटौंडास्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर समाजवादीका पक्षमा सनाखत गरेकी हुन्। यससँगै बागमती प्रदेशसभामा समाजवादीका सांसदहरुको संख्या १३ पुगेको छ। बागमतीमा एमालेका ५६ जना सांसद रहेकोमा अब १३ जना समाजवादीका पक्षमा र ४३ जना […]

बागमती प्रदेशसभा बैठकमा विपक्षीको अवरोध

बागमती प्रदेशसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन् । शनिबार प्रदेश सरकारको विनियोजन विधेयकमाथि छलफलका लागि बसेको दोस्रो बैठकमा विपक्षी दलहरूले संविधान र लोकतन्त्र माथि नै प्रहार हुने गरी बजेट कार्यक्रम विवरणको २ प्रकारका पुस्तक प्रकाशन गरेको भन्दै बैठक अवरुद्ध पारेका हुन् । बागमती प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, प्रतिपक्ष दल नेपाली काँग्रेस, विवेकशील साझा पार्टी र नेपाल मजदुर किसान पार्टीको अवरोध छ । उनीहरूले राप्रपा संयुक्तकी सांसद रिना गुरुङले सम्बोधन

सांसद डा.शाक्यले भने- सांसद बैद्यलाई तत्काल कारबाही गरियोस

काठमाडौं। बागमती प्रदेशसभा सदस्य डा.अजयक्रान्ति शाक्यले प्रधानमन्त्रीको हत्या गर्ने धम्की दिएका संसद नरोत्तम बैद्यलाई तत्काल कारबाही गर्न माग गरेका छन्। "संसदीय मर्यादा विपरीत दिएको अभिव्यक्ति क्षमा गर्न योग्य छैन। उनलाई हदैसम्मको कारबाही गर्न माग गर्छौ," सांसद शाक्यले भने। प्रदेश सांसद बैद्यले 'महात्मा गान्धीका हत्यारा नाथुराम गोड्सेको उदाहरण दिँदै प्रधानमन्त्रीको हत्या गर्न तयार छु भन्ने अभिव्यक्ति दिएका थिए।