बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा प्रदेशसभा भवन निर्माण कार्य तीव्र पारिएको छ । दाङको देउखुरीमा पूर्ववर्ती सरकारले ६ महिना अघि सुरु गरेको प्रदेशसभा भवन निर्माण कार्य सुस्त भएपछि केहीदिन अघि अवलोकनमा पुगेका मुख्यमन्त्री कुलप्रसाद केसी र सभामुख पूर्णबहादुर घर्ती लगायतको टोलीले अब ५० दिनभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका थिए ।यतिबेला दिन र रात गरी दुई सिफ्टमा कामदार खटाई २४ घण्टा नै निर्माण कार्य भइरहेको जनाइएको छ । राप्ती गाउँपालिका–३ स्थित राप्ती प्राविधिक शिक्षालय क्षेत