खोटाङ, २० वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित घुमथलामा हँतोलुङ सांस्कृतिक पार्क (उद्यान) निर्माणको काम सुरु गरिएको छ । सङ्घीय सरकार र नगरपालिकाको संयुक्त रु एक करोड ७२ लाखको लगानीमा पार्क निर्माणको काम सुरु गरिएको हो । चालु आर्थिक वर्षमा सङ्घीय सरकार र नगरपालिकाको रु ८० लाख ५० हजार बजेट बराबरको काम गरिने किरात […]
धनकुटा : धनकुटाको साँगुरीगढी गाउँपालिकाको नाम्जे थुम्कीमा निर्माणाधीन जनजाति पार्क निर्माण अलपत्र बनेको छ। गाउँपालिकाकै ठूलो पार्कका रुपमा विकास गर्ने उद्देश्यले निर्माण कार्य थालिएको उक्त पार्क बजेट अभावमा अलपत्र परेको हो। जनजाति पार्क साँगुरीगढी गाउँपालिका–६ थुम्कीस्थित नाम्जे गाउँमा निर्माण थालिएको थियो।अमेरिकी टेलिभिजन च्यानल सिएनएनले घुम्नैपर्ने विश्वको १२ औँ गन्तव्य सूचीमा राखेको नाम्जेमा आर्थिक वर्ष २०७५÷७६ मा पार्क निर्माणको काम सुरु गरिएको थियो।एक करोड ३५ लाख रुपैयाँको लागत
बझाङ :मष्टा गाउँपालिका– ७ दयमा ५ करोडको लगानीमा दुईवटा पार्क निर्माण सुरु गरिएको छ।मालिका पर्यटन क्षेत्र विकास समितिले मष्टा–७ स्थित दयमा रहेको ७० रोपनी जग्गामा जयपृथ्वी स्मृति पार्क र कलश पार्क निर्माणको काम अगाडि बढाएको हो। गौमुखी (गाईको जस्तो मुख भएका) धारा, ऋषिपञ्च धारा र १०५ वटा कलशसहितको पार्क निर्माण गर्न लागेको हो।गत आर्थिक वर्षमा पर्यटन मन्त्रालयबाट प्राप्त ३ करोड ५० लाख र गाउँपालिकाबाट एक करोड ५० लाख गरी पाँच लाख बजेटमा अहिले निर्माण सुरु गरिएको मालिका पर्यटन क्षेत्र व
डडेल्धुरा : परशुराम नगरपालिका–७ स्थित मध्यकालीन मानव सभ्यताको उद्गमबिन्दु मानिने मलास क्षेत्रमा बहु–आयामिक पार्क बनाइँदै छ।मल्लकालीन मन्दिर, शिलालेख, किल्ला, दरवार, पाटी पौवाचौतारा र बाटोलगायत मानवबस्तीका थुप्रै अवशेष रहेको मलास क्षेत्रमा पार्क बनाउन थालिएको हो।मलासको कोलडाँडामा शहीदपार्कका नामले पार्क निर्माणको काम थालेको वडाध्यक्ष केशव बोहराले बताए। तराई, पहाड र भित्री मधेश जोड्ने चुरे पहाड क्षेत्रमा रहेको मलासपार्क बनाउने मुख्य उद्देश्य रहेको उनले बताए।पार्कमागोलघर निर्माणका लागि
बुटवलमा मजदुर नेताको स्मृतिमा सालिकसहितको पार्क निर्माण भएको छ । बाबुसँगै बागलुङबाट बुटवलमा आएका र यहीँको एउटा उद्योगमा श्रमिकका रूपमा काम गरेका मजदुर अगुवा जितबहादुर पुन (जेबी पुन) को स्मृतिमा बुटवल उपमहानगरपालिकाले शिवनगरमा जेबी स्मृति पार्क निर्माण गरेको हो । पूर्व पश्चिम राजमार्ग छेउमै उपमहानगर मातहत रहेको करिब दुई बिगाहा क्षेत्रलाई संरक्षण गर्दै व्यवस्थित स्मृति पार्क निर्माण गरिएको छ । दुई खण्डमा निर्माण र विस्तार भइरहेको उक्त पार्क र परिसरमा निर्माण गरिएको पुनको अर्ध कदको सालिक
बुटवलः मजदुरका रुपमा काम गर्ने र श्रमिकलाई चेतना भरेर संगठित गर्दै परिवर्तनको आन्दोलनमा सरिक भएका मजदुर नेताको स्मृतिमा बुटवलमा सालिकसहितको पार्क निर्माण भएको छ।
बाबुसँगै बागलुङबाट बुटवलमा आएका र श्रमिकका रुपमा काम गरेका मजदुर अगुवा जितबहादुर पुन (जेबी पुन) को स्मृतिमा बुटवल उपमहानगरपालिकाले शिवनगरमा जेबी स्मृति पार्क निर्माण गरेको हो।
दुई…
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले एक वडा, एक पार्कको काम अघि बढाएको छ । महानगरपालिकाले आफ्नो नीतिमै हरेक वडामा हरित पार्क बनाउने उल्लेख गरेअनुसार पार्क निर्माणको काम अघि बढाएको हो ।
वडा नम्बर–५ को हाँडीगाउँमा आज साेमवार नरबुद्धपार्कको शिलान्यास कार्यक्रममा सम्बाेधन गर्दै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरले सबै वडामा पार्क बनाउने र त्यसको सुरुवात आज गरिएको बताउनुभयो । सात रोपनी क्षेत्रफलमा निर्माण हुने पार्कको लागत एक करोड ४८ लाख रुपैयाँ रहेको महानगरपालिकाले जानकारी दिएको छ ...
रुपन्देहीको बुटवल हिलपार्कमा बिगबुद्ध पार्क निर्माणको कामले गति लिएको छ ।
हिल स्टेशनका रुपमा रहेको हिलपार्कलाई विस्तार गर्दै अब बिगबुद्ध पार्क बनाउने काम बुटवल उपमहानगरपालिकाले गरेको हो ।
बुटवल नगरको पूर्वी तथा उत्तर पहाडी भागको उचो स्थानमा लुम्बिनी परिपथसंग जोडिने गरी हिलपार्क परिसरमा बुद्धको ३५ मिटरको अग्लो प्रतिमासहितको बुद्धपार्क निमार्ण गर्ने योजना अगाडि सारिएको थियो ।
सोही योजनालाई कार्यान्वयन गर्ने क्रममा उपनगरपालिकाले प्रस्तावित क्षेत्र हिलपार्कको जग्गा किटान गर्ने गरी अहिले क्षेत्र निर्धारण गरेर सार्वजनिक...