नेकपा एसको पोलिटव्यूरो बैठकः सरकारमा जाने/नजाने निर्णय लिने जिम्मेवारी सचिवालयलाई

काठमाडौं। नेकपा एस(एकीकृत समाजवादी)ले सरकारमा जाने÷नजानेबारे निर्णय लिने जिम्मेवारी पार्टीको केन्द्रिय सचिवालयलाई दिएको छ। मंगलबार सम्पन्न पार्टी पोलिटव्यूरो बैठकले सो निर्णय गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए। बैठकमा धेरैजसो नेताहरुले सरकारले देश र जनताको हितमा ल्याउने कार्यक्रमलाई हेरेर मात्रै सरकारमा जानेबारे आवश्यक निर्णय लिन पनि पार्टी नेतृत्वलाई सुझाव दिएका थिए। बैठकले वामपन्थी पार्टीहरुबीचको एकताको गृहकार्य गर्ने अनुमति सचिवालयलाई दिएको छ।

सम्बन्धित सामग्री

मन्त्रीहरूबारे निर्णय गर्ने जिम्मेवारी पार्टीको राजनीतिक समितिलाई

जनता समाजवादी पार्टी नेपालले सरकारमा जाने मन्त्रीहरूबारे निर्णय गर्ने जिम्मेवारी पार्टीको राजनीतिक समितिलाई दिएको छ । शनिबार बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरूबारे निर्णय गर्ने जिम्मेवारी सो समितिलाई दिएको हो । यही पुस १८ र १९ गते सो पार्टीले राजनीतिक समितिको बैठक बोलाएको छ । सोही बैठकले आवश्यक निर्णय गर्दै सरकारमा सहभागी हुने मन्त्रीहरू तय गरिने निर्णय केन्द्रीय कार्यकारिणी समिति बैठकले गरेको पार्

चुनावी तालमेल गर्ने राप्रपाको निर्णय, राजेन्द्र लिङ्देनलाई सम्पूर्ण जिम्मेवारी

राप्रपाले आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा चुनावी तालमेलको ढोका खोलेको छ । सोमबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा विभिन्न राजनितिक दलसँग गठबन्धन, तालमेल र सहकार्यका लागि आवश्यक निर्णय र पहलकदमी लिन अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिम्मेवारी दिने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । चुनावबाट राप्रपालाई आम जनतामा स्थापित गराउन पार्टीको सबै संयन्त्र परिचालन गर्ने पनि राप्रपाले निर्णय गरेको छ।  केन्द्रीय कार्यालय धुम्बारा

नेपालगञ्जका मेयर विष्टले सम्हाले जिम्मेवारी, गरे यी ८ निर्णय

८ जेठ, नेपालगञ्ज । नेपालगञ्जका नवनिर्वाचित नगर प्रमुख प्रशान्त विष्टले आइतबार पदभार ग्रहण गरेका छन् । नगर प्रमुखको जिम्मेवारी सम्हालेको पहिलो दिन आइतबार विष्टले आठ वटा निर्णय गरेका छन् । उनले नगर कार्यपालिकाको कार्यालयमा असक्त, जेष्ठ नागरिक र अपाङ्गता भएका सेवाग्राहीलाई सेवा लिन सहज हुने गरी अपाङ्गमैत्री कार्यालय भवन बनाउने निर्णय गरेका छन् । यस्तै […]

स्थानीय निर्वाचनमा गठबन्धन गर्ने जिम्मेवारी तल्ला कमिटीलाई दिने लाेसपाको निर्णय

लोकतान्त्रिक समाजवादी पार्टीले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने जिम्मेवारी प्रदेश र जिल्ला समितिलाई दिने निर्णय गरेको छ । केन्द्रीय कार्यकारिणी समितिको बिहीवार बसेको बैठकले २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीले केन्द्रबाट गठबन्धन नगर्ने निर्णय गरेको हो ।तर स्थानीय आवश्यकता र औचित्यको आधारमा गठबन्धन गर्नका लागि भने पार्टीको स्थानीय पार्टी समितिलाई अधिकार दिइएको नेता लक्ष्मणलाल कर्णले बताए । गाउँपालिका र नगरपालिकाले आवश्यकता र औचित्य हेरी गठबन्धन गर्न सक्ने र त्यसको अन

प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी

काठमाडौं, साउन १२ । सरकारले कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी प्रभुराम शर्मालाई दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । प्रधानसेनापति पूर्णचन्द्र थापा सेवाबाट निवृत्त हुनलाग्नुभएको छ ।

अखिल क्रान्तिकारी प्रवक्ताको जिम्मेवारी मैनालीलाई दिने निर्णय

माओवादी (केन्द्र) निकट अखिल क्रान्तिकारीले प्रवक्ताको जिम्मेवारी संगठनका उप-महासचिव जीपी मैनालीलाई दिने निर्णय गरेको छ।