लुम्बिनी प्रदेशमा खेलकुद परिषद् र अस्पताल व्यवस्थापन समितिमा नयाँ जिम्मेवारी प्रदान गरिएको छ । लुम्बिनी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले प्रदेशका विभिन्न अस्पतालहरुमा अस्पताल विकास समिति अध्यक्षहरूसमेत नियुक्त गर्ने निर्णय गरेको बताएका छन् ।जसअनुसार रुकुम पूर्व अस्पताल विकास समितिको अध्यक्षमा गणेश ओली, गुल्मी अस्पताल विकास समितिको अध्यक्षमा भरत पाण्डे, बर्दिया अस्पताल विकास समि