चुनावी तालमेल गर्ने राप्रपाको निर्णय, राजेन्द्र लिङ्देनलाई सम्पूर्ण जिम्मेवारी

राप्रपाले आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा चुनावी तालमेलको ढोका खोलेको छ । सोमबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा विभिन्न राजनितिक दलसँग गठबन्धन, तालमेल र सहकार्यका लागि आवश्यक निर्णय र पहलकदमी लिन अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिम्मेवारी दिने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । चुनावबाट राप्रपालाई आम जनतामा स्थापित गराउन पार्टीको सबै संयन्त्र परिचालन गर्ने पनि राप्रपाले निर्णय गरेको छ।  केन्द्रीय कार्यालय धुम्बारा

सम्बन्धित सामग्री

झापा ३ का प्रतिस्पर्धी लिङ्देन र सिटौलाबीच जम्काभेट

काठमाडौं । झापा ३ का प्रतिनिधिसभा सदस्य पदका उमेदवारद्वय राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र कांग्रेस नेता कृष्णप्रसाद सिटौलाबीच जम्काभेट भएको छ । मतदान केन्द्र अवलोकनका क्रममा हल्दिबारी गाउँँपालिका १ गोल्धापस्थित मतदान केन्द्र नेताद्वयबीच जम्काभेट भएको हो । उनीहरुले एकले अर्कालाई जितको शूभकामना दिएका छन् । राप्रपा अध्यक्ष लिङ्देनले एमालेसँग चुनावी तालमेल गरेका छन् । भने, […]

ओलीको हिसाब 'एमालेले प्रत्यक्षमा कमसेकम १०५ सिट र समानुपातिकमा ५० सिट जित्छ'

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ नै एक सय सिट जित्ने दाबी गरेका छन् । उनले समानुपातिकतर्फ ५० सिट ल्याएर एकल बहुमत पु¥याउने दाबी गरे।शुक्रबार गृहजिल्ला झापा पुगेका अध्यक्ष ओलीले आज दमकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै भने , “प्रत्यक्षमा कमसेकम एक सय पाँच सिट र समानुपातिकतर्फ ५० सिट एमालेले जित्छ ।”पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आज दिनभर झापा क्षेत्र नं ५ मा आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागी हुँदै अगुवा कार्यकर्तालाई चुनावी गतिविधि बढाउन निर्देशनसमेत दिएका छन्। अघिल्लो निर्वाचनको स्मरण गर्दै अध्यक्ष ओलीले भने, “अघिल्लो निर्वाचनमा हामीले प्रत्यक्षमा ८० सिट र समानुपातिकमा ४१ सिट जितेका थियौँ तर, दुईतिहाइ बहुमत ल्याउन एक सय ३८ सिट चाहिन्थ्यो । अहिले हामी एक्लै एक सय ५० सिट जित्ने योजनाका साथ अघि बढेका छौँ र जित्छौँ पनि ।”झापामा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको छ । झापा क्षेत्र नं ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी मैदानमा हुनुहुन्छ भने झापा–५ मा ओली उम्मेदवारका रूपमा उभिएका छन् । उनले आम मतदातालाई झापा–३ मा हलोमा मतदान गर्न र झापा–५ मा सूर्य चिह्नमा मतदान गर्न आग्रहसमेत गरेका छन्।

एमाले-राप्रपा बैठक अनिश्चित

काठमाडौँ – चुनावी तालमेल गर्ने निर्णयमा पुगेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको बैठक अनिश्चित भएको छ । शुक्रबार बेलुकीसम्म बसेर सिट संख्यामा सहमति गरेका राप्रपा र एमालेको बैठक आज (शनिबार) बस्ने भने पनि निश्चित नभएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन गृहजिल्ला झापा गएका कारण बैठक कति खेर बस्छ […]

मंसिर ४ मा कुन–कुन दल बन्दैछन् एमालेको ‘चुनावी सारथि’ ?

राष्ट्रिय रुपमा चुनावी गठबन्धन नगर्ने बताउँदै आएको नेकपा एमालेले स्थानीय आवश्यकताका आधारमा विभिन्न साना राजनीतिक पार्टीहरूसँग ‘चुनावी तालमेल’ गर्ने भएको छ । ५ दलीय सत्ता गठबन्धनमा आवद्ध भएबाहेकका केही साना राजनीतिक पार्टीहरू चुनावी तालमेल गर्न तयार भएपछि एमाले पनि त्यसमा सकारात्मक भएको एमाले नेताहरुको भनाइ छ ।हालसम्म महन्थ ठाकुर नेतृत्वको लोसपा, राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, सिके राउत नेतृत्वको

एमालेसँग चुनावी तालमेल हुन्छ तर गठबन्धन गरेर जाँदैनौँ : राजेन्द्र लिङ्देन

४ मंसिरमा हुन लागेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा एमालेसँग गठनको कुरा चलिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा कुनै दलसँग गठबन्धन नहुने स्पष्ट पारेका छन्।...

विदेशीकाे चक्रव्यूहबाट बचाउन राप्रपालाई विजयी गराउनु जरुरी छ: राजेन्द्र लिङ्देन

नेपालगञ्ज- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले केही ठाउँमा एमालेसँग तालमेल हुने बताएका छन्। पार्टीले नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले देशभरि नै नभई केही ठाउँमा चुनावी तालमेल हुने बताएका हुन्। ‘एजेन्डा फरक भए पनि एमालेसँग केही सीटमा तालमेल हुन्छ’, अध्यक्ष लिङ्देनले भने, ‘अध्यक्ष, उपाध्यक्ष, महामन्त्रीको सीट सुरक्षित राख्नका लागि तालमेल हुन्छ।’ अध्यक्ष […]

आम निर्वाचनमा राप्रपासँग पनि तालमेल हुनसक्छ : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग पनि आम निर्वाचनमा तालमेल हुनसक्ने बताएका छन् । आवश्यकताका आधारमा सीमित प्रदेश र संघीय निर्वाचन क्षेत्रमा चुनावी तालमेल गर्ने केन्द्रीय समिति बैठकले निर्णय गरेको र सोअनुसार जुनसुकै पार्टीसँग पनि चुनावी तालमेल गर्न सकिने उनको भनाइ छ । मंगलबार पार्टीको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा थापाले भने, ‘चुनावी तालमेलका लागि सबै दलहरूसँग संवादको ढोका खुला राखेका छौँ । राप्रपासँग पनि सह

ओली–लिङ्देन सम्बन्ध सुधारको प्रयास, चुनावी तालमेल होला ?

दुबै नेताको गृह जिल्ला झापा । विगतमा दुई पार्टी बीचको चुनावी तालमेलकै बलमा एकअर्का विजयी भएको । तर, राप्रपाको महाधिवेशनपछि खासै राम्रो सम्बन्ध नभएका एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच सम्बन्ध सुधारको पहल सुरु भएको छ । राप्रपाको एकतामा महाधिवेशनबाट कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी हुँदा एमाले अध्यक्ष ओलीले सकारात्मक टिप्पणी गरेनन् । ओलीले लिङ्देनलाई ‘बाच्छो’ को संज्ञा दिएपछि दुई नेताबीच सम्बन्ध राम्रो नभएको राजनीतिक वृत्तमा विश्लेषण हुँ

स्थानीय तहको निर्वाचनमा कुनैपनि दलसँग तालमेल हुँदैन : राजेन्द्र लिङ्देन

काठमाडौँ– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा कुनैपनि दलसँग तालमेल नहुने स्पष्ट पारेका छन् । आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले राप्रपा आफ्नै बलबुतामा स्थानीय तह निर्वाचनमा जनताबीच जाने र चुनावी तालमेल नहुने स्पष्ट पारेका हुन्। आगामी निर्वाचनमा पार्टीले अधिकांश स्थानमा जित हासिल गर्ने उनको दाबी छ । त्यस्तै लिङ्देनले राप्रपाले मौका […]

झापामा वाम गठबन्धन र राप्रपाबीच चुनावी तालमेल

सत्तारुढ दुई दल नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको निर्वाचनमा ७ ठाउँमा चुनावी तालमेल गर्ने सहमति झापामा भने धरापमा परको छ। झापा – ३ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौला र राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन दुबैले एकअर्कालाई छोड्न नमानेपछि कांग्रेस–राप्रपा गठबन्धन झापामा अप्ठेरोमा परेको हो। दुबै पार्टीले गठन गरेको कार्यदल तहमा झापा– ३ लगायत…