नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १५ जनाले दिए आवेदन, को - को छन् दौडमा ?

 पुस २९, काठमाडौं । नेपाली पूँजीबजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १५ जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार निर्धारित अन्तिम दिन बिहीवारसम्मको अवधिमा अध्यक्ष पदका लागि १५ जनाको निवेदन दर्ता भएको हो । मन्त्रालयका अनुसार नेपाल धितोपत्र बोर्डकै कार्यकारी निर्देशक निरज गिरी, बोर्डकै उपकार्यकारी निर्देशक डा नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का पूर्व सीईओ सीताराम थपलिया, बीमा समितिका पूर्वअध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्वनिर्देशक चिरञ्जीवी चापागाईं, चितवनका अनिल पौडेलले निवेदन दर्ता गराएका छन् । यसैगरी राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा गोपाल भट्ट, डा केशवप्रसाद श्रेष्ठ, रमेश हमाल, जीवन अम्गाईं, हेमन्त बस्याल र अम्बिका शर्मा लामिछानेले समेत सोही पदका लागि आवेदन दर्ता गराएका छन्। त्यस्तै रमेश अधिकारी, खगेन्द्र कटुवाल,कृष्णराज पोखरेल, मुक्ति अर्यालले पनि आवेदन दिएका छन् । सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणमा मुछिएका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई पदबाट बर्खास्त गरेपछि बोर्डको अध्यक्ष पदमा सरकारले नियुक्त गर्न लागेको हो ।  सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलको संयोजकत्वमा छनोट समिति गठन गरेको थियो । यसअघि भने १२ जनाले अध्यक्षका लागि आवेदन दिएका थिए । अध्यक्ष छनोट गर्न गठन गरेको छनोट समितिमा कानूनी अडचन देखिएपछि अर्थ मन्त्रालयको छनोट तथा सिफारिस समितिले  पुनः दरखास्त आह्वान गरेको हो । उक्त समितिले अवको केहि दिनमा दर्ता भएका निवेदन उपर छानविन गरी अन्तरवार्ता लागि बोलाउने छ ।  यो पनि हेर्नुस् : अन्तत: नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्त नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १२ जनाले दिए आवेदन

सम्बन्धित सामग्री

मेगा स्टक मार्केट्सद्वारा धितोपत्र दलाल सेवा सुरू

मेगा स्टक मार्केट्सले नेपाल धितोपत्र बोर्डबाट पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा सुरु गर्ने भएको छ।...

मेगा स्टक मार्केट्सद्वारा धितोपत्र दलाल सेवा सुरू

मेगा स्टक मार्केट्सले नेपाल धितोपत्र बोर्डबाट पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा सुरु गर्ने भएको छ।...

आरविवी सेक्युरिटिजलाई धितोपत्र व्यवसायको अनुमति

राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा स्थापना भएको सहायक कम्पनी आरविवी सेक्युरिटिज कम्पनीलाई नेपाल धितोपत्र बोर्डले सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको रूपमा धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्रदान गरेको छ।...

आरविवी सेक्युरिटिजलाई धितोपत्र व्यवसायको अनुमति

राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा स्थापना भएको सहायक कम्पनी आरविवी सेक्युरिटिज कम्पनीलाई नेपाल धितोपत्र बोर्डले सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको रूपमा धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्रदान गरेको छ।...

११ संस्थालाई धितोपत्र व्यवसायी अनुमति

नेपाल धितोपत्र बोर्डले विभिन्न ११ संस्थालाई धितोपत्र व्यवसायीको अनुमति दिएको छ । बोर्डले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै ११ संस्थालाई धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति दिएको जनाएको छ । बोर्डका अनुसार नविल सेक्युरिटल लिमिटेडलाई धितोपत्र व्यापारीको अनुमति दिइएको छ । त्यस्तै, मेघा स्टक मार्केट्स लिमिटेडलाई पूर्ण कार्य गर्ने धितोपत्र दलालको अनुमति दिइएको छ । […]

धितोपत्र सम्बन्धी कसुरको अनुसन्धान प्रहरीलाई दिइँदै

२ फागुन, काठमाडौं । धितोपत्र सम्बन्धी कसुरको अनुसन्धान गर्ने जिम्मा नेपाल प्रहरीले पाउने भएको छ । संसद सचिवालयमा दर्ता भएको धितोपत्र सम्बन्धी ऐन संशोधन गरेर धितोपत्र सम्बन्धी ऐनको विभिन्न दफा बमोजिमको कसूरमा प्रहरीलाई प्रवेश दिन लागिएको हो । नेपाल सरकारले संघीय संसदको प्रतिनिधिसभामा दर्ता गरेको सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी […]

धितोपत्र नियमावली संशोधनविरुद्धको रिट खारेज

धितोपत्र बजार सञ्चालन नियमावली र धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावलीको संशोधनविरुद्ध परेको रिट बुधबार खारेज भएको छ । न्यायाधीश हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा...

धितोपत्र बोर्डले माग्यो नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन

नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि आवेदन माग गरेको छ । बोर्डले आज एक सूचना निकालेर अनुमतिपत्रका लागि आवेदन मागेको हो ।अनुमतिपत्रका लागि ३० दिन भित्र बोर्डमा आवेदन दिन आह्वान गरिएको छ । अन्तिम दिनमा सार्वजनिक विदा परेमा भोलिपल्ट कार्यालय समयभित्र निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी)  नियमावली, २०६४ मा तोकिए बमोजिम निवेदन, निवेदन दस्तुर, विवरण तथा कागजात संलग्न गरी बोर्डमा निवेदन दिन बोर्डल

नयाँ ब्रोकर लाइसेन्सका लागि धितोपत्र बोर्डले माग्यो आवेदन

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि आवेदन मागेको छ । बोर्डले आज पत्रिकामा सूचना निकालेर अनुमतिपत्रका लागि आवेदन मागेको हो । गोरखापत्रमा प्रकाशित सूचनामा अनुपतिपत्रका लागि ३० दिन भित्र बोर्डमा आवेदन दिन आह्वान गरिएको छ । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा तोकिए बमोजिम निवेदन, […]

धितोपत्र बोर्ड, सञ्चालक र इन्साइडर ट्रेडिङ

धितोपत्र बोर्डको वेबसाइटभित्र बोर्ड सञ्चालकको सूचीमा गएमा हामी धितोपत्र बोर्डका सञ्चालकहरूको नाम, फोटो र प्रतिनिधित्व पाउँछौं । अध्यक्ष कार्यकारी हुने भएकाले बोर्डका अध्यक्षका बारेमा धेरैलाई चासो भए पनि अन्य सञ्चालकका बारेमा पुँजीबजारले खासै चासो राखेको देखिँदैन । तर पनि धितोपत्र बोर्डका हरेक महŒवपूर्ण निर्णय सञ्चालक समितिले नै पारित गर्ने गर्छ, चाहे नयाँ निर्देशिका होस् वा […]