दुई दिनदेखि परेको हिमपातका कारण कर्णालीको जनजीवन नराम्ररी प्रभावित भएको छ । लामो प्रतीक्षापछि परेको हिउँले कृषि क्षेत्रलाई राहत पुर्याए पनि दैनिक जनजीवन भने कष्टकर बनेको हो । कालिकोट, जुम्ला र मुगु क्षेत्रको एकमात्र सडकमार्ग कर्णाली राजमार्ग अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेका छन् भने जुम्लामा दुई दिनदेखि विद्युत ठप्प भएको छ । लगातार भएको […]