शनिबार बेलुकीको हावाहुरीले पाल्पाका धेरै स्थानमा विद्युत अवरुद्ध भएको छ । २४ घण्टादेखि विद्युत अवरुद्ध भएपछि स्थानीय उपभोक्ता आक्रोसित बनेका छन् । माथागढी गाउँपालिका–३, कसेनीका नारायण प्रसाद अधिकारीले २४ घण्टादेखि विद्युत अवरुद्ध हुँदा अनेकन समस्या भोग्नु परेको बताए ।