काठमाडौं (अस) । एनआईसी एशिया बैंकले नयाँ वर्ष २०७९ सालको अवसरमा आफ्नो नयाँ वर्ष योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकले अनलाइन शपिङ गर्दा २० प्रतिशतसम्म छूट दिने योजना सार्वजनिक गरेको हो । ग्राहकले दराज, सस्तोडिल, ग्यापु र सीजीएलजी डिजिटल मार्फत सामान खरीद गर्दा छूट तथा नगद फिर्ता पाउने बैंकले जानकारी दिएको छ ।
ग्राहकले ई–कमर्शहरूमार्फत सामान खरीद गरी डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्म छूट पाउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । योजना अन्तर्गत दराजबाट सोमवारदेखि आगामी ७ वैशाखसम्म, सस्तोडिलबाट मंगलवारदेखि आगामी वैशाख ३ सम्म र ग्यापुबाट वैशाख २ सम्म (चैत २५ देखि नै शुरू भइसकेको) छूट पाइने बैंकले बताएको छ । यसैगरी सीजीएलजी डिजिटलबाट बुधवारदेखि चैत ३० गते रू. २० हजारभन्दा बढीको सामान खरीद गर्दा पोस तथा ई–कमर्श भुक्तानी गर्दा २०७९ रुपैयाँ नगद फिर्ता पाइने बताइएको छ । आफ्ना ग्राहकलाई अनलाइन कारोबारमा प्रोत्साहन गर्न उक्त छूटको व्यवस्था गरिएको बैंकको दाबी छ ।