नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कुर्सीमा जुत्ताको माला लगाइदिएको छ । नेविसंघ त्रिविले परीक्षामा प्रश्नपत्र दोहोरिएको विषयमा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उपकुलपतिको कुर्सीमा जुत्ताको माला लगाइ दिएको हो ।छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको धेरै समयमा पनि माग सुनुवाइ नभएको र उपकुलपतिलाई भेट्न आउँदा नभेटेपछि कुर्सीमा जुत्ताको माला लगाएको त्रिवि नेविसंघका उपसभापति लक्ष्मण भाटले बताए । उपकुलपतिलाई नभेटेपछि उपकुलपतिको कुर्सीमा