काठमाडौं : `मतदाता सम्मान अभियान´ क्रममा गाउँ घुमिरहेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई स्थानीयले कागती र खुर्सानीको माला लगाइदिएका छन्। मेचीनगर ९ लिलावस्तीबासीले शर्मालाई फूलको माला र खादासँगै कागती र खुर्सानीको माला लगाइदिएका हुन्l
`कसैको नजर नलागोस्´ भनेर कामना गर्नुपर्दा घरमा, गाडीमा या पसलमा कागती र खुर्सानीको माला झुण्ड्याउने चलन छ।…