माईपोखरी देउराली सामुदायिक होमस्टेले स्वागतको तयारी गरेको थियो । बिहानै इलामको चिया सुरुप्प पारेका यात्रीहरूकाे गलामा जुनखालकाे माला माला लगाइयाे, उनीहरू छक्क परे । माला बनाइएकाे थियाे मकैको खोयाको । ‘अरे खोयाको माला,’ पर्यटन व्यवसायी अञ्जु ढकाल बाेलिन्, ‘कस्तो राम्रो ।’