कोशीमा बाढी पहिरोले भौतिक पूर्वाधारमा साँढे ४ अर्ब बढीको क्षति
भौतिक पूर्वाधार मन्त्रालय कोशी प्रदेशले आइतबार पत्रकार सम्मेलन गरी असोज ९ गते राती देखिएको अविरल वर्षापछि आएको बाढी पहिरोले ४ अर्ब ६३ करोड ५० लाख रुपैयाँ बराबरको भौतिक पूर्वाधारमा क्षति पु¥याएको मन्त्रालयले जनाएको छ।
१५ असोज, काठमाडौं । सरकारले असोज ११ र १२ गतेको भारी वर्षासँगै आएको बाढी र पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा …
पाँचथर । २ असारमा मुसलधारे वर्षासँगै आएको बाढी, पहिरोले जिल्लाको फालेलुङ गाउँपालिकामा मात्र २१ करोड बढीको क्षति गरेको छ । गाउँपालिकाले अनुगमन समिति बनाएर क्षतिको विवरण संकलन गरेको हो । फालेलुङमा २१ करोड ३७ लाख ८५ हजार रुपैंयाँ बराबरको क्षति भएको अनुगमन समिति संयोजक रणजीत आङबुहाङले जानकारी दिए । बाढीले सो गाउँपालिकाभित्रको दुई वटा मोटरेवल […]
The post फालेलुङमा २१ करोड बढीको क्षति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ । सरकारले बाढीपीडित किसानलाई राहत दिनका लागि कार्यविधि तयार गरेको छ । असोज ३१ गतेदेखि लगातार चार दिनसम्म परेको पानीले गर्दा धनजनमा क्षति पुर्याएको छ । त्यसमा सबभन्दा बढी क्षति कृषिमा गरेको छ । कृषि मन्त्रालयको प्रारम्भिक क्षति विवरणअनुसार धानमा मात्र ११ अर्ब रुपियाँभन्दा बढीको क्षति भएको छ । सरकारले साढे पाँच अर्ब रुपियाँ […]
मनसुन सकिएर हिउँद लाग्ने बेला अनि देश नै दशैंमा झुमिरहेका बेला भएको बेमौसमी वर्षाका कारण मुलकभर ७ अर्ब बढीको धानखेती क्षति भएको छ । त्यस्तै बाढी र पहिरोले राजमार्गहरुमा एक अर्ब ५ करोडको क्षति भएको छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले कात्तिक १ गतेयता परेको वर्षाका कारण आएको बाढी र पहिरोले १ अर्ब ५ …
७ कात्तिक, काठमाडौं । बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोले कात्तिक १ गतेयता राष्ट्रिय राजमार्गमा मात्रै १ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले संसदको विकास तथा प्रविधि समितिमा आइतबार प्रस्तुत प्रारम्भिक क्षतिको विवरण अनुसार बेमौसमी वर्षापछि आएको बाढी पहिरोले १ अर्ब ५ करोड रुपैयाँ बराबरको क्षति पुगेको हो । […]
काठमाडौं, भदौ २३ । लगातारको वर्षात्ले गर्दा देशका विभिन्न स्थानमा आएको बाढीका कारण पुष्प व्यवसायमा ५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । किसानले फूलखेती गरेका नर्सरीहरूमा बाढी पसेपछि फूलखेती नष्ट भएको छ । काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, इटहरी, बुटवल, चितवनलगायत अधिकांश स्थानमा लगातारको वर्षात् र बाढीले गर्दा फूलखेती र नर्सरीहरूमा क्षति पुग्न गएको हो […]
काठमाडौं । लगातारको वर्षात्ले गर्दा देशका विभिन्न स्थानमा आएको बाढीका कारण पुष्प व्यवसायमा ५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । किसानले फूलखेती गरेका नर्सरीहरूमा बाढी पसेपछि फूलखेती नष्ट भएको छ ।
काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, इटहरी, बुटवल, चितवनलगायत अधिकांश स्थानमा लगातारको वर्षात् र बाढीले गर्दा फूलखेती र नर्सरीहरूमा क्षति पुग्न गएको हो । वर्षात् र बाढीले गर्दा देशभर केकति क्षति भयो भन्ने कुराको यकिन विवरण आउन समय लाग्ने भए पनि करीब ५ करोड रुपैयाँसम्मको क्षति भएको अनुमान गरिएको प्mलोरीकल्चर एशोसिएशन अफ नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले आर्थिक अभियान दैनिकलाई जानकारी दिए ।
उनका अनुसार काठमाडौंको वाग्मती र धोबीखोलामा सोमवार आएको बाढीका कारण किसानले फूलखेती गरेका टनेल र नर्सरी डुबानमा पर्दा २० लाख फूलका बिरुवा मरेका छन् । बाढीका कारण काठमाडौंमा मात्र करीब ४० लाख रुपैयाँ भन्दा बढीको क्षति हुन पुगेको छ । बाढीका कारण दशैं र तिहारका लागि भनेर लगाइएका धेरै फूलका बिरुवाहरू नष्ट भएका छन् ।
काभ्रेपलाञ्चोकमा वर्षात्का कारण २५ रोपनी जमीनमा लगाएको फूलखेतीमा असर पर्दा ५० हजार फूलका बिरुवा नष्ट भएका छन् । अहिलेसम्म काठमाडौंको मात्र क्षतिको पूर्ण विवरण आएको र बाँकी जिल्लाको पनि विवरण संकलन भइरहेको एशोसिएशनले जानकारी दिएको छ । ललितपुर र भक्तपुरमा पनि काठमाडौंकै अनुपातमा क्षति भएको हुन सक्ने बताइएको छ ।
कोरोना महामारीका कारण ठूलो नोक्सानी बेहोरिरहेका पुष्प व्यवसायी तथा किसानहरूलाई लगातारको वर्षात्पछि आएको बाढीले झनै मर्का पारेको एशोसिएशनको भनाइ छ ।
अघिल्लो वर्षको बन्दाबन्दीको समयमा दैनिक १ करोड रुपैयाँको नोक्सानी बेहोरेका पुष्प व्यवसायको व्यापार हालसम्म पनि ३० प्रतिशतको हाराहारीमा मात्र चलेको श्रेष्ठ बताउँछन् ।
नेपालमा पुष्प व्यवसाय ४३ जिल्लामा पैििलएको छ । यो व्यवसायमा ७ सयभन्दा बढी व्यवसायीका साथै प्रत्यक्ष र अप्रत्यक्ष गरी ४० हजार मान्छेले रोजगारी पाएका छन् । एशोसिएशनको तथ्याङ्कअनुसार देशभरिमा ६ अर्बको लगानी भएको छ ।
काठमाडौं।वैशाखयता विपद्का घटनाबाट ६० करोड ५ लाख ६ हजार ९४२ रुपैयाँ बराबरको आर्थिक क्षति भएकोछ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी क्षति आगलागीले ४५ करोड ४७ लाख ६४ हजार ६१२ रुपैयाँको गरेको छ।बाढी, पहिरो,आगलागी, अविरल वर्षा, चट्याङ, सर्पदंश, डढेलो, हवाहुरी र जनावरको आक्रमणबाटसो क्षति भएको हो। उक्त अवधिमा १ हजार २६२ वटा विपद्का घटना भएका थिए।
असार २४, चितवन । देशकै प्रमुख पर्यटकीय गन्तव्य मध्ये सौराहामा गत साता आएको बाढीले पाँच करोडभन्दा बढीको क्षति भएको छ ।
क्षेत्रीय होटल संघ चितवनले संकलन गरेको विवरणअनुसार बाढीका कारण सौराहाका होटल तथा रेस्टुरेन्टहरुमा ५ करोडभन्दा बढीको धनमाल क्षति भएको हो । कोरोना महामारीको मारमा परेका व्यवसायीहरु बाढीका कारण झन पीडित बनेका छन् ।
असार १७ गते बूढीराप्तीमा आएको बाढी पसेर यहाँका डेढ दर्जन होटल तथा रेस्टुरेन्ट डुबानमा परेको संघका अध्यक्ष दिपक भट्टाईले जानकारी दिए । उनका अनुसार अधिकांश होटलहरुका रूममा पानी पसेको छ । बाढीले बगाएर ल्याएको लेदो माटो जमेर होटलको संरचना र सोन्दर्यसमेत बिग्रिएको छ ।
सौराहाको सपना भिलेज, होटल सेभेन स्टार, टिफिन हाउस, होटल पार्क इन, मृगकुञ्ज होटल, पब्जी रेस्टुरेन्ट, अर्थ लाइट, होटल ल्यान्डमार्क, होटल ग्रीन पार्क, होटल जंगल लज, होटल जंगल क्राउन, बाघमारा वाइल्डलाइफ, होलिडे सफारी, जंगल नेपाल रिसोर्ट, वेन्डिज लज, चितवन रिसोर्ट, सौराहा किचन र होटल मोनालिसा डुबानमा परेका थिए ।
डुबानमा परेकामध्ये सपना भिलेज, टिफिन हाउस, होटल पार्क इन, मृगकुञ्ज होटल, पब्जी रेस्टुरेन्ट, वेन्डिज लजमा सबैभन्दा बढी क्षति भएको भएको संघले बताएको छ । सपना भिलेजमा बाढीले ल्याएको लेदो माटो फालेर अझै सकिएको छैन । बाढीका कारण सपना भिलेजमा मात्र २० लाख रुपैयाँ बराबरको क्षति भएको सञ्चालक ध्रुव गिरीले बताए ।
होटलका रूममा रहेका ओछ्यान काम नलाग्ने भएका छन् भने होटल सञ्चालनका लागि प्रयोग हुने कफी मेसिन, वासिङ मेसिन, फ्रिज, छ ओटा पानी तान्ने मोटर बिग्रिएको र कुर्सी–टेबल बाढीले बगाएको गिरीको भनाइ छ ।
अन्य होटलहरुको बाहिरी र भित्री संरचनामा आशिंक क्षति पुरयाएको व्यवसायीअरुले बताएका छन् । हालसम्म पनि बाढीको जोखिम रहेको र बाढी नघटेकाले थप नोक्सान हुँदै गएको उनीहरुको भनाइ छ ।