१५ असोज, काठमाडौं । सरकारले असोज ११ र १२ गतेको भारी वर्षासँगै आएको बाढी र पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा …
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ११ र १२ गतेको अविरल वर्षा, बाढी, पहिरो र डुबानका पीडितलाई राहत रकम वितरण कार्य प्रारम्भ सुरु भएको तथा खोज, उद्धारको कार्य दुईदिनभित्र गरिसकिने जनाएका छन्। प्रधानमन्त्री ओलीले घाइतेहरुको निःशुल्क उपचार गरिने र विपद्पछि फैलनसक्ने सम्भावित रोगको रोगथाम र नियन्त्रणका लागि आवश्यक प्रबन्ध गरिएको बताए। क्षतिग्रस्त भएका […]
१५ असोज, काठमाडौं । शुक्रबार र शनिबार आएको भीषण वर्षाले मुलुकको कृषि क्षेत्रमा करिब ६ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संकलन गरेको विवरण अनुसार बाली, पशुपन्छी …
काठमाडौं।वैशाखयता विपद्का घटनाबाट ६० करोड ५ लाख ६ हजार ९४२ रुपैयाँ बराबरको आर्थिक क्षति भएकोछ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी क्षति आगलागीले ४५ करोड ४७ लाख ६४ हजार ६१२ रुपैयाँको गरेको छ।बाढी, पहिरो,आगलागी, अविरल वर्षा, चट्याङ, सर्पदंश, डढेलो, हवाहुरी र जनावरको आक्रमणबाटसो क्षति भएको हो। उक्त अवधिमा १ हजार २६२ वटा विपद्का घटना भएका थिए।