बाढीले सौराहाको पर्यटकीय क्षेत्रमा ५ करोडभन्दा बढीको क्षति

असार २४, चितवन  । देशकै प्रमुख  पर्यटकीय गन्तव्य मध्ये सौराहामा गत साता आएको बाढीले पाँच करोडभन्दा बढीको क्षति भएको छ । क्षेत्रीय होटल संघ चितवनले संकलन गरेको विवरणअनुसार बाढीका कारण सौराहाका होटल तथा रेस्टुरेन्टहरुमा ५ करोडभन्दा बढीको धनमाल क्षति भएको हो । कोरोना महामारीको मारमा परेका  व्यवसायीहरु बाढीका कारण झन पीडित बनेका छन् । असार १७ गते बूढीराप्तीमा आएको बाढी पसेर यहाँका डेढ दर्जन होटल तथा रेस्टुरेन्ट डुबानमा परेको संघका अध्यक्ष दिपक भट्टाईले जानकारी दिए  । उनका अनुसार  अधिकांश होटलहरुका रूममा पानी पसेको छ । बाढीले बगाएर ल्याएको लेदो माटो जमेर होटलको संरचना र सोन्दर्यसमेत  बिग्रिएको छ । सौराहाको  सपना भिलेज, होटल सेभेन स्टार, टिफिन हाउस, होटल पार्क इन, मृगकुञ्ज होटल, पब्जी रेस्टुरेन्ट, अर्थ लाइट, होटल ल्यान्डमार्क, होटल ग्रीन पार्क, होटल जंगल लज, होटल जंगल क्राउन, बाघमारा वाइल्डलाइफ, होलिडे सफारी, जंगल नेपाल रिसोर्ट, वेन्डिज लज, चितवन रिसोर्ट, सौराहा किचन र होटल मोनालिसा डुबानमा परेका थिए । डुबानमा परेकामध्ये सपना भिलेज, टिफिन हाउस, होटल पार्क इन, मृगकुञ्ज होटल, पब्जी रेस्टुरेन्ट, वेन्डिज लजमा सबैभन्दा बढी क्षति भएको भएको संघले बताएको छ । सपना भिलेजमा बाढीले ल्याएको लेदो माटो फालेर अझै सकिएको छैन । बाढीका कारण सपना भिलेजमा मात्र २० लाख रुपैयाँ बराबरको क्षति भएको सञ्चालक ध्रुव गिरीले बताए  । होटलका रूममा रहेका ओछ्यान काम नलाग्ने भएका छन् भने होटल सञ्चालनका लागि प्रयोग हुने कफी मेसिन, वासिङ मेसिन, फ्रिज, छ ओटा पानी तान्ने मोटर बिग्रिएको र कुर्सी–टेबल बाढीले बगाएको गिरीको भनाइ छ  ।  अन्य होटलहरुको बाहिरी र भित्री संरचनामा आशिंक क्षति पुरयाएको व्यवसायीअरुले बताएका छन् । हालसम्म पनि बाढीको जोखिम रहेको र बाढी नघटेकाले थप नोक्सान हुँदै गएको उनीहरुको भनाइ छ ।   

सम्बन्धित सामग्री

फालेलुङमा २१ करोड बढीको क्षति

पाँचथर । २ असारमा मुसलधारे वर्षासँगै आएको बाढी, पहिरोले जिल्लाको फालेलुङ गाउँपालिकामा मात्र २१ करोड बढीको क्षति गरेको छ । गाउँपालिकाले अनुगमन समिति बनाएर क्षतिको विवरण संकलन गरेको हो । फालेलुङमा २१ करोड ३७ लाख ८५ हजार रुपैंयाँ बराबरको क्षति भएको अनुगमन समिति संयोजक रणजीत आङबुहाङले जानकारी दिए । बाढीले सो गाउँपालिकाभित्रको दुई वटा मोटरेवल […] The post फालेलुङमा २१ करोड बढीको क्षति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पूर्वी नेपालको बाढीले ३० आयोजनामा साढे आठ अर्ब क्षति

पूर्वी नेपालमा आएको बाढीले अहिलेसम्म ३० जलविद्युत् आयोजनामा साढे आठ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ । असार १ र २ गते ताप्लेजुङ, पाँचथर, संखुवासभा र भोजपुर...

बाढीले २३ सिँचाइ नहर बगाउँदा ४ करोड बढीको क्षति

जुम्लामा बाढीले २३ वटा सिँचाइ नहर बगाउँदा चार करोड बढीको क्षति भएको छ । कात्तिक पहिलो साता भएको अविरल बेमौसमी वर्षापछि आएको बाढीले जुम्लाका २३ वटा नयाँ तथा पुराना सिँचाइ नहर बगाउँदा चार करोड बढीको क्षति भएको हो ।बाढीले विशेष गरी तातोपानी र तिला गाउँपालिकाका सिँचाइ नहर(कुलो)मा क्षति गरेको पाइएको छ । जसका कारण हिउँदे […]

जगन्नाथ गाउँपालिकामा बाढीपहिरोले साढे चार करोडभन्दा बढीको क्षति

बाजुरा । बेमौसमी वर्षासँगै जुड्डीखोलामा आएको बाढीपहिरोका कारण जगन्नाथ गाउँपालिकामा करोडांैको नोक्सान भएको छ । अविरल वर्षाका कारण बाीिपहिरो जाँदा र गाउँपालिकाको तल पट्टी भएको कर्णाली नीि ने जमिन कटाउन गर्दा जगन्नाथमा करोडाैँको क्षति भएको छ । वर्षाले जगन्नाथ गाउँपालिकाको कामकाज हुदै आइरहेको कार्यलयसमेत बगाएको थियो । बाढीले गाउँपालिकामा चार करोड ५० लाखभन्दा बढीको क्षति गरेको […] The post जगन्नाथ गाउँपालिकामा बाढीपहिरोले साढे चार करोडभन्दा बढीको क्षति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

जगन्नाथ गाउँपालिकामा बाढीपहिरोले साढे चार करोडभन्दा बढीको क्षति

बाजुरा– बेमौसमी वर्षासँगै जुड्डीखोलामा आएको बाढीपहिरोका कारण जगन्नाथ गाउँपालिकामा करोडौको नोक्सान भएको छ । अविरल वर्षाका कारण बाढीपहिरो जाँदा र गाउँपालिकाको तल पट्टी भएको कर्णाली नदीले जमिन कटाउन गर्दा जगन्नाथमा करोडौँको क्षति भएको छ । वर्षाले जगन्नाथ गाउँपालिकाको कामकाज हुदै आइरहेको कार्यलयसमेत बगाएको थियो । बाढीले गाउँपालिकामा चार करोड ५० लाखभन्दा बढीको क्षति गरेको गाउँपालिका […]

बाढीले धानबाली सखाप : लुम्बिनी प्रदेशमा साढे चार अर्ब रुपैयाँ भन्दा बढीको क्षति

लुम्बिनी प्रदेशमा कृषितर्फ चार अर्ब भन्दा बढीको क्षति भएको छ । केही दिनदेखि भएको अविरल वर्षाका कारण कृषिमा भएको क्षति बारे कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गराएको जानकारी अनुसार लुम्बिनीमा चार अर्ब ५१ करोड ४२ लाख ५४ हजार ८० रुपियाँ बराबरको क्षति भएको हो । मन्त्रालयका अनुसार त्यहाँका किसानलाई ३२ करोड रुपैयाँ बराबरको राहत प्याकेज दिनुपर्ने हुन्छ ।लुम्बिनी प्रदेशमा ४२ हजार ४२७ हेक्टरमा बाढीले क्षति पुर्याएको छ । काटिएको धान ३६ हजार ४८० हेक्टर क्षेत्रमा राखिएको छ, त्यसमध्ये ६५ प्रतिशत अर्थात २३ ह

बाढीले दरखोला लघुजलविद्युत् आयोजना बगायो

म्याग्दीको धवलागिरी गाउँपालिका–२ मा रहेको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृह बाढीले बगाएको छ । सोमबार अविरल वर्षासँंगै आएको बाढीले ४५ किलोवाट क्षमताको लघुजलविद्युत् परियोजनाको नहर, बाँध र विद्युत्गृह बाढीले बगाएको हो । पावर हाउस भएको ठाउँमा खोला बगेको छ ।पहिरो र बाढीका कारण लघुजलविद्युत् परियोजना बगाउँदा करिब एक करोड ५० लाख बढीको क्षति भएको गाउँपालिकाका […]

बाढीबाट पुष्प व्यवसायमा ५ करोडभन्दा बढीको क्षति

काठमाडौं, भदौ २३ । लगातारको वर्षात्ले गर्दा देशका विभिन्न स्थानमा आएको बाढीका कारण पुष्प व्यवसायमा ५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । किसानले फूलखेती गरेका नर्सरीहरूमा बाढी पसेपछि फूलखेती नष्ट भएको छ । काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, इटहरी, बुटवल, चितवनलगायत अधिकांश स्थानमा लगातारको वर्षात् र बाढीले गर्दा फूलखेती र नर्सरीहरूमा क्षति पुग्न गएको हो […]

बाढीबाट पुष्प व्यवसायमा ५ करोडभन्दा बढीको क्षति

काठमाडौं । लगातारको वर्षात्ले गर्दा देशका विभिन्न स्थानमा आएको बाढीका कारण पुष्प व्यवसायमा ५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । किसानले फूलखेती गरेका नर्सरीहरूमा बाढी पसेपछि फूलखेती नष्ट भएको छ । काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, इटहरी, बुटवल, चितवनलगायत अधिकांश स्थानमा लगातारको वर्षात् र बाढीले गर्दा फूलखेती र नर्सरीहरूमा क्षति पुग्न गएको हो । वर्षात् र बाढीले गर्दा देशभर केकति क्षति भयो भन्ने कुराको यकिन विवरण आउन समय लाग्ने भए पनि करीब ५ करोड रुपैयाँसम्मको क्षति भएको अनुमान गरिएको प्mलोरीकल्चर एशोसिएशन अफ नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले आर्थिक अभियान दैनिकलाई जानकारी दिए । उनका अनुसार काठमाडौंको वाग्मती र धोबीखोलामा सोमवार आएको बाढीका कारण किसानले फूलखेती गरेका टनेल र नर्सरी डुबानमा पर्दा २० लाख फूलका बिरुवा मरेका छन् । बाढीका कारण काठमाडौंमा मात्र करीब ४० लाख रुपैयाँ भन्दा बढीको क्षति हुन पुगेको छ । बाढीका कारण दशैं र तिहारका लागि भनेर लगाइएका धेरै फूलका बिरुवाहरू नष्ट भएका छन् । काभ्रेपलाञ्चोकमा वर्षात्का कारण २५ रोपनी जमीनमा लगाएको फूलखेतीमा असर पर्दा ५० हजार फूलका बिरुवा नष्ट भएका छन् । अहिलेसम्म काठमाडौंको मात्र क्षतिको पूर्ण विवरण आएको र बाँकी जिल्लाको पनि विवरण संकलन भइरहेको एशोसिएशनले जानकारी दिएको छ । ललितपुर र भक्तपुरमा पनि काठमाडौंकै अनुपातमा क्षति भएको हुन सक्ने बताइएको छ । कोरोना महामारीका कारण ठूलो नोक्सानी बेहोरिरहेका पुष्प व्यवसायी तथा किसानहरूलाई लगातारको वर्षात्पछि आएको बाढीले झनै मर्का पारेको एशोसिएशनको भनाइ छ । अघिल्लो वर्षको बन्दाबन्दीको समयमा दैनिक १ करोड रुपैयाँको नोक्सानी बेहोरेका पुष्प व्यवसायको व्यापार हालसम्म पनि ३० प्रतिशतको हाराहारीमा मात्र चलेको श्रेष्ठ बताउँछन् । नेपालमा पुष्प व्यवसाय ४३ जिल्लामा पैििलएको छ । यो व्यवसायमा ७ सयभन्दा बढी व्यवसायीका साथै प्रत्यक्ष र अप्रत्यक्ष गरी ४० हजार मान्छेले रोजगारी पाएका छन् । एशोसिएशनको तथ्याङ्कअनुसार देशभरिमा ६ अर्बको लगानी भएको छ ।

बाढीले माछापोखरी र बङ्गुरको खोर बगाउँदा आठ लाख बढीको क्षति

कञ्चनपुर । अनौखी खोला र धारापानी नदीको बाढीले शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका शङ्कर साउदको माछापोखरी र बङ्गुरको खोर बगाएको छ । दुई दिनअघि आएको बाढीले माछापोखरी र बङ्गुरको खोर बगाउँदा रु आठ लाख बढीको क्षति भएको छ । खोरमा पालिएका बङ्गुर र माछापोखरीमा रहेका माछा बाढीले बगाएपछि क्षति व्यहोर्नु परेको साउदले बताउनुभयो । “ऋण निकालेर माछापालन […]