अमेरिका प्रवेशमा भन्सार छुट पाएका ७७ वस्तुमध्ये १९ वस्तुको निर्यात सम्भावना उच्च रहेको देखिएको छ । लगेज, ह्यान्ड ब्याग, ट्राभल ब्याग, कार्पोट, सल, स्कार्फ, ब्लाङ्केट, टोपी, कपासको कपडालगायत वस्तुको माग त्यहाँ बढी रहेको वाणिज्य सचिव चन्द्रकुमार घिमिरेले बताए ।