काठमाडौँ– नेपाल बार एसोसिएसन परिसरमा कानुन व्यवसायीहरूबीच हात हालाहाल भएको छ । सर्वोच्चको इजलासका बिषयमा विवाद हुँदा अधिवक्ता भूमिनन्द चुडाल र कानुन व्यवसायी विराट न्यौपानेबीच हात हालाहाल भएको हो । उनीहरुबीचको झगडा थप बढ्न थालेपछि बारमा रहेका कानून व्यवसायीहरुले छुट्याउनुपरेको थियो । कानुन व्यवसायी विराट न्यौपानेले आफुले हातपात गरेको र जिम्मा आफुले लिने बताए । […]