कालीमाटी गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि आफ्नै पाठ्क्रम पढाउने भएको छ । स्थानीय पाठयक्रममा स्थानीय कला, संस्कृति, साहित्य, भाषा, रीतिरिवाज, धर्म, कृषि, वन समावेश छ । स्थानीय पर्यटकीय स्थल, भौगोलिक पहिचान, जातीय विविधता पहिचानलगायत पाठ्यक्रममा समेटिएको पालिकाले जनाएको छ । स्थानीय पाठ्यक्रमको नाम ‘कालीमाटी गाउँपालिकाको सेरोफेरो’ छ ।