नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले निकट भविष्यमा नै पौने १४ लाख कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुन आउने १३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणमा जारी गर्ने भएको हो । कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटललाई नियुक्त गरेको छ । शुक्रबार एक कार्यक्रमकाबीच क्यापिटलकातर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिईओ) परमेश्वर पन्त र नेपाल वेयरहाउजिङ्ग कम्पनीकातर्फबाट प्रमुख कार्यकारी अधिकृत जय मुकुन्द खनालले सम्झौता पत्रमा हस्ताक्षर