भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले सार्वजनिक कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसहित उनका कार्यकर्तालाई लक्षित गर्दै हिंसात्मक चेतावनी दिएपछि मन्त्री यादवको तीव्र आलोचना शुरू भएको छ ।
माघ ५ गते बलिदानी दिवसको अवसरमा रौतहटको गौरमा जनता समाजवादी पार्टीले आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले गौर नरसंहार जस्तै घटना दोहोरिने चेतावनी दिएकी थिइन् ।
जनमत पार्टीले अहिले तराई–मधेशका विभिन्न जिल्लामा किसानका विविध माग राखेर आन्दोलन गर्दै आएको छ ।
त्यसक्रममा हिजो बुधबार उक्त कार्यक्रममा सह...