धनगढी : सुदूरपश्चिममा प्रदेश सरकार गठनमा एमालेभित्रको विवाद अड्चन बनेको छ। सरकारका दुई मन्त्रालय रिक्त रहेको अवस्थामा एमालेभित्रको विवादका कारण प्रदेश सरकारको विकल्प खोज्ने सन्दर्भमा अड्चन सिर्जना भएको हो।सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई साविककै अवस्थामा ब्युँताउने फैसला गरेपछि केन्द्रदेखि प्रदेशमा सरकार बनाउने र ढाल्ने सन्दर्भमा राजनीतिक कोर्स तिब्र हुन थालेको छ। सुदूरपश्चिम प्रदेशमा एमाले माधव समूहका नेता भीम रावलले नै पार्टीको संस्थापन पक्षलाई कडा चुनौती दिँदै आएका छन्।