‘डब्ल्यूटीओ चेयर्स प्रोग्राम’का अनुसन्धानको निष्कर्ष प्रस्तुत

काठमाडौं । विश्व व्यापार संगठनको ‘डब्ल्यूटीओ चेयर्स प्रोग्राम–नेपाल’को आर्थिक सहयोगमा अनुसन्धानकर्ताहरूले तयार पारेको अनुसन्धानको निष्कर्ष प्रस्तुत गरिएको छ । आइतवार काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम)मा आयोजित कार्यक्रममा काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार डा. अच्युत वाग्ले, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेल र विभिन्न प्राध्यापक तथा शिक्षाविद्को उपस्थितिमा उनीहरूले आफ्नो अनुसन्धानको निष्कर्ष प्रस्तुत गरेका हुन् ।  सन् २०२२ मा डब्ल्यूटीओ चेयर्स प्रोग्रामले नेपालमा व्यापार तथा उद्यम व्यवसायसँग सम्बन्धित चारओटा अनुसन्धानका लागि अनुदान प्रदान गरेको थियो । कुसोमका सहायक प्राध्यापक सबिना बानियाँ क्षेत्री र दिपेश कार्कीले नेपालका चितवन र इलाममा जलवायु परिवर्तन, लैंगिक गतिशीलता र नगदे बाली उत्पादनको जटिलताबारे अनुसन्धान गरेका थिए । उनीहरूको अनुसन्धानले यी क्षेत्रहरूमा नगदे बाली उत्पादनका लागि कृषकले सामना गर्नुपरेका विविध चुनौतीहरू उजागर गरेका छन् । यसैगरी विनायक मल्ल, माल्गोरजाता कुक्जारा, सविनविक्रम पन्त र ठाकुरप्रसाद देवकोटाले गरेको अनुसन्धानले नेपालको हिमाली क्षेत्रको पर्यटनमा जलवायु परिवर्तनले गहिरो असर पारेको देखाएको छ । उनीहरूको अनुसन्धानमा बढ्दो अप्रत्याशित र अनियमित मौसमले पर्यटन व्यवसायमा ठूलो चुनौती सृजना गरेको उल्लेख छ । ‘जलवायु परिवर्तनको प्रतिकूल प्रभावले स्थानीय जीवजन्तु र वनस्पतिमा ह्रास ल्याएको छ, अप्रत्याशित रूपमा औसममा आउने परिवर्तनले यात्रा योजना अवरुद्ध हुने गरेका छन्, हिमाली क्षेत्रमा लामखुट्टे र यसअघि नदेखिएका रोगकीराको प्रकोपले चिन्ता थपेको छ,’ अनुसन्धानमा भनिएको छ, ‘मानिसहरू जलवायु परिवर्तनको वर्तमान प्रभावसँग जुधिरहेका मात्र छैनन्, वातावरणीय चुनौतीको सामना गर्दै आफ्नो भविष्यप्रति निकै चिन्तित छन् ।’ यसैगरी डा. राजेश शर्मा र प्रजोल जोशीले गरेको अध्ययनमा नेपालका निर्यातमुखी फर्मले दिगो व्यावसायिक अभ्यास (एसबीपी)लाई आफ्नो रणनीतिमा समेट्नुपर्ने ठहर गरेको छ । एसबीपीको कार्यान्वयनले उत्पादनमा विविधीकरण, बजारमा सहजीकरण र वित्तीय कार्यसम्पादन मार्फत प्रतिस्पर्धात्मक अग्रता प्रदान गर्न सक्ने अनुसन्धानको निष्कर्ष छ । यस्तै दीपशिका गुरुङले काठमाडौंका महिला लघु उद्यमीहरूको अवस्थाबारे अनुसन्धान गरेकी थिइन् । उनको अनुसन्धानले महिला लघु उद्यमीहरूको व्यावसायिक शीप प्रवर्द्धनका लागि सूचना तथा सञ्चार प्रविधि (आईसीटी)को प्रयोगको उच्च आवश्यकता देखाएको छ । साथै इन्टरनेट र सूचनाप्रविधिको प्रयोगले यस्ता व्यवसायमा ठूलो परिवर्तन ल्याएको निष्कर्ष उक्त अनुसन्धानको छ । कुसोमले यस वर्ष स्नातक, एमफिल र पीएचडी तथा स्वतन्त्र अनुसन्धानकर्तालाई विभिन्न ६ विषयमा अनुसन्धानका लागि प्रस्ताव आह्वान गरेको छ । कुसोमले डब्लुटीओ चेयर्स प्रोग्रामअन्तर्गत अनुसन्धानका लागि अनुदान दिन लागेको हो । यसका लागि यही सेप्टेम्बर १५ सम्मको समयसीमा तोकेर प्रस्ताव आह्वान गरिएको हो । प्रत्येक अनुसन्धानका लागि रू. २ लाख अनुदान समेत प्रदान गरिनेछ । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पौडेलले ‘डब्ल्यूसीपी–नेपाल रिसर्च ग्रान्ट २०२३’ का लागि आफ्नो अनुसन्धान विषयका कागजपत्र पेश गर्न अनुसन्धानकर्तालाई आग्रह गरे । अनुसन्धानको नतीजाले समाज र सिंगो देशका लागि ठूलो फाइदा हुने पनि उनले बताए ।

सम्बन्धित सामग्री

माओवादी महाधिवेशनको पाँचौ दिन, बाँकी १४ समूहको निष्कर्ष प्रस्तुति शुरू

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको पाँचौं दिन बिहीवार पनि समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्न शुरू भएको छ । महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको ‘एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको प्रतिवेदनमा २५ समूह बनाएर छलफल भएको थियो ।  बुधवारबाट समूहको निष्कर्ष प्रस्तुत गर्न थालिएको थियो । बुधवार जम्मा ११ वटा समूहले मात्रै निष्कर्ष सुनाउन भ्याएका थिए । बिहीवार बाँकी १४ वटा समूहको निष्कर्ष प्रस्तुत हुँदैछ । बुधवार समूहका निष्कर्ष प्रस्तुत गर्नेहरूले प्रचण्ड...

समूहगत छलफलको निष्कर्ष

नेकपा (माओवादी केन्द्र) को जारी राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नु भएको राजनीतिक तथा वैचारिक प्रतिवेदनमा भएको समूहगत छलफलको निष्कर्ष राख्न थालिएको छ ।बुधबार ११ वटा समूहहरूले अध्यक्ष दाहालले प्रस्तुत गर्नुभएको दस्तावेजमाथि आफ्नो समुहले बनाएको साझा धारणा बन्दसत्रमा प्रस्तुत गरेका थिए । विभिन्न समुहमा बाँडिएका प्रतिनिधिहरूले अध्यक्ष दाहालको दस्तावेजमाथि सुझाव तथा टिप्पणी राखेका […]

समूहगत छलफलको निष्कर्ष- एमसीसी खारेज नै गर्नुपर्छ, श्रम नगर्ने असभ्य हुन्

नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत भएका प्रतिवेदनमाथिको छलफलको बुधबार समूहगत निष्कर्ष प्रस्तुत गर्ने कार्यतालिका छ । महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए । प्रचण्डको राजनीतिक प्रतिवेदन र गुरुङको विधान मस्यौदामाथि मंगलबार विभिन्न २५ वटा समूहमा छलफल भएको थियो । समूहगत छलफलपछि बुधबार समूहका नेताले आफ्नो समूहको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम छ । हरेक समूहलाई निष्क

प्रचण्डको प्रतिवेदनमा छलफल सकियो,  बन्दसत्रमा निष्कर्ष प्रस्तुत हुँदै

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदनमाथि छलफलको समय सकिएको छ । समूहगत छलफल सकिएपछि नेपाल प्रज्ञा प्रतिष्ठानमा माओवादी केन्द्रको बन्दसत्रमा समूह नेताले प्रतिवेदनमाथि सुझाव र निष्कर्ष प्रस्तुत गर्न थालेका छन् ।  शुरूमा मंगलवार मात्रै छलफलको समय दिइएको भए पनि पछि समूहमा छलफलको लागि समय लाग्ने भएपछि बुधवार दिउँसो १२ बजेसम्मको लागि समय थप गरिएको थियो ।  प्रचण्डको प्...

माओवादी महाधिवेशनः आज समूहगत छलफलको निष्कर्ष सुनाइँदै

काठमाडौँ – माओवादी महाधिवेशनमा आज समूहगत छलफलको निष्कर्ष प्रस्तुत गरिने भएको छ। सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा मंगलबार छलफल गरेपछि आएका निष्कर्षलाई बन्दसत्रमा पेश गरिने भएको हो। दिउँसो १ बजेदेखि निष्कर्ष सुनाउने तयारी गरिएको छ। २५ वटा समूह बनाएर माओवादी केन्द्रको आठौँ महाधिवशेनमा अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन र देव गुरुङको विधान […]

माओवादी महाधिवेशन : आज समूहगत छलफलको निष्कर्ष प्रस्तुत गरिने

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आठौं महाधिवेशनअन्तरगत बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि बुधबार समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । समूहगत छलफल सकिएपछि अपरान्ह १ बजेबाट महाधिवेशन स्थल प्रज्ञा भवनमा समूहका प्रमुखले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्नेछन् । प्रत्येक समूह प्रमुखलाई प्रस्तुतिका लागि १५ मिनेटको समय दिइएको माओवादीले जनाएको छ ।प्रचार प्रसार उपसमितिका अनुसार प्रतिवेदनमाथि छलफलका लागि विभाजन गरिएका २५ मध्ये अधिकांश समूहको छलफल सकिएको र बाँकी समूह

बन्दसत्रमा प्रस्तुत प्रतिवेदनको समूहगत निष्कर्ष बुधबार पेश गरिने

काठमाडौँ– नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरिएका प्रतिवेदनमाथि हुने समूहगत छलफलको निष्कर्ष बुधबार पेश गरिने भएको छ । आइतबारदेखि जारी महाधिवेशनको दोस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका छन् । अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र गुरुङको विधान मस्यौदामाथि मंगलबार […]