काठमाडौँ : उच्च अदालत पाटनले विवाह दर्ताको पुनरावेदन निवेदन सुनुवाइ गर्दागर्दै रोकेको छ। न्यायाधीश धीरबहादुर चन्द र हरिप्रसाद पौडेलको इजलासले सरकारी वकिललाई खबर गर्न बिर्सेको भन्दै बिहीवार सुनुवाइ हुँदाहुँदै बीचमै रोकेको हो।पुनरावेदन निवेदनको पक्षबाट वरिष्ठ अधिवक्ता केदार दाहालले बहस सक्नेबित्तिकै एमिकस क्युरीको राय सुन्ने समयमा सुनुवाइ रोकिएको हो।अधिवक्ता दाहालभन्दा अगाडि निवेदकका पक्षबाट अधिवक्ताहरू रौनिक अर्याल, पुकार दाहाल र अनुराग देवकोटाले बहस सकेका थिए।संविधानको धारा १२ मा लैंगिक पहिचान अ