काठमाडौँ– कानून व्यवसायी र सुरक्षाकर्मीबीच भएको धकेलाधकेलमा दुई कानून व्यवसायी घाइते भएकोप्रति नेपाल बार एशोसिएशनले आपत्ति जनाएको छ । सोमबार सार्वोच्च अदालत परिसरमा प्रहरी र कानूनव्यवसायीहरुबीच भएको धकेलाधकेलमा बारका उपाध्यक्ष अधिवक्ता सुरेन्द्र थापा मगर र काठमाडौँ जिल्ला अदालत बार इकाई कार्यसमितिका सदस्य अधिवक्ता वीरेन्द्र पाठक घाइते भएका छन् । प्रहरीको बुट प्रहारबाट पाठकको खुट्टामा चोट […]