बजेट असंवैधानिक र अप्रजातान्त्रिक : राष्ट्रिय जनमोर्चा

१६ जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चाले संसद विघटन गरेर निर्वाचन तोकिसकेको सरकारले पूर्ण बजेट ल्याउनु असंवैधानिक र अप्रजातान्त्रिक भएको बताएको छ । यसरी बजेट ल्याउनुलाई सरकारको स्वेच्छाचारी शैली भन्दै राष्ट्रिय जनमोर्चाले यसले गणतन्त्र, संविधान, कानुन, प्रजातान्त्रिक …

सम्बन्धित सामग्री

प्रतिगामी कदम सच्याउन संसद पुनर्स्थापना पहिलो सर्त : नेपाली

दिनेस रैदास, दाङ । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले सरकारले गरेको असंवैधानिक र प्रतिगामी कदम सच्याउन संसद पुनर्स्थापना हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा राजपुर एरिया समितिले आइतबार दाङको जङ्ग्रहवामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै कार्यकारी अध्यक्ष तथा पूर्व सभासद नेपालीले नेकपा नेतृत्वको ओली सरकारले गरेको संसद् विघटनको कदम प्रतिगामी र असंवैधानिक भएकोले विघटित संसद पुनःस्थापना हुनुपर्नेमा जोड दिनुभयो । त्यसका लागि सबै गणतन्त्रवादी एकजुट भएर संयुक्त संघर्षमा आउन आह्वान गर्नुभयो । उहाँले राजपुर गाउँपालिका दाङको धेरै भूगोल ओगटेको प्राकृतिक रुपमा साधनस्रोत सम्पन्न र उर्वरा भूमि भएको हुँदा हुँदै पछिल्लो समयमा जिम्मेवार निकाय र व्यक्तिहरूबाट चुरे विनाश हुनु राप्ती नदी वरदानको रुपमा भएता पनि सिँचाइ सुविधा नहुँदा किसानहरुले समयमा खेती गर्न नपाउनु दुर्भाग्य भएको बताउनुभयो । त्यसकालागि स्थानीय गाउँपालिका प्रदेश तथा संघीय सरकारले साविक गोबरडिहा र गंगापरस्पुरको सिमानामा मुहान बनाई राप्ती नदीमा सिंचाई नहर योजना अगाडि बढाउन यस क्षेत्रका किसानहरु प्रतिवद्ध हुन पर्ने राप्ती नदीको दुवैतर्फ व्यवस्थित तटबन्धन हुनुपर्ने, सीमा नाका र चुरे क्षेत्रमा दशककोदेखि बसोबास गर्दै आएका भूमिहीन स्थानीय बासिन्दाहरुलाई व्यवस्थित बसोबास गराई लालपुर्जा उपलब्ध गराउनुपर्ने माग गर्नु भयो । अखिल नेपाल युवा संघको पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोखरेलले संसद विघटन पछाडि देशका प्राप्त उपलब्धीहरू गुम्ने खतरा रहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक अप्रजातान्त्रिक र अलोकतान्त्रिक कदमका विरुद्धमा एकजुट भएर संघर्ष गर्नुपर्ने बताउनु भयो । कार्यक्रम राजमोका जिल्ला उपाध्यक्ष महेश रिजाल र अखिल (छैठौं) का केन्द्रीय सदस्य खगेन्द्रा विष्ट, राजमो एरिया कमिटिका सदस्य लक्ष्मीप्रसाद बुढा, अखिल नेपाल महिला संघका दाङ जिल्ला सदस्य सीमा रोका लगायतले सम्बोधन गर्नुभएको थियो। ‘विघटित संसदको पुर्नस्थापना गरौं, संघीयताको विरोध गरौं, गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गरौं’ भन्ने मूल नाराका साथ सम्पन्न विरोध सभाको अध्यक्षता राजमो राजपुर एरिया समितिको कोषाध्यक्ष राम फकिरे रैदासले गर्नुभएको थियो । एरिया सदस्य राजकुमार विश्वकर्मा (कमल) को स्वागत तथा समितिका सहसचिव मनकुमार राणाले ‘विघटित संसदको पुर्नस्थापना गरौं, संघीयताको विरोध गरौं, ...

झिम्रुक-६ मा पार्टी प्रवेश गराउँदै संगठन निर्माण सुरु, १० टोली परिचालन

प्युठान । राष्ट्रिय जनमोर्चा झिम्रुक गाउँपालिकाको –६ मा अगुवा कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न भएको छ । कार्यक्रममा राजमोका केन्द्रीय प्रतिनिधी वासुदेब पोख्रेलले देशको तात्कालिन राजनीतिक परिस्थितीको बारेमा प्रशिक्षण दिनुभएको थियो । त्यस्तै, झिम्रुक गाउँपालिकाका अध्यक्ष तिलक जिसीले गाउँपालिकाले गरेको विकास निमार्णका बारेमा जानकारी गराउनु भएको थियो भने अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव वीरबहादुर जिसीले प्रशिक्षण भेलाको उद्यश्य बारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा नेकपा माओवादीका पुराना नेता शिवबहादुर केसी सो पार्टी परित्याग गरी राजमोमा प्रवेश गर्नुभएको थियो । उहाँलाई नेता पोख्रेलले अविर लगाएर पार्टीमा स्वागत गर्नु भएको थियो । भेलाले प्रत्येक टोल–टोलमा संगठन विस्तार गर्नको लागि १० वटा टोली बनाएको छ । त्यस्तै यही माघ २४ गते ओली सरकारले गरेको संसद विघटन असंवैधानिक र अप्रजातान्त्रिक भएको भन्दै विरोध सभा गर्ने भएको छ । भेलामा दिलीप बिकको अध्यक्षता, भरत ढकालको स्वागत तथा हेमराज भट्टराईको सञ्चालन रहेको थियो भने ६ न.वडा अध्यक्ष निमानसिंह जिसीको पनि उपस्थिती थियो । यो पनिः झिम्रुकको वडा नं ४ मा संगठन निर्माण गर्न १० टोली परिचालन प्युठान झिम्रुकमा राष्ट्रिय जनमोर्चाको भेला

पोखरामा विरोधसभा तथा प्रशिक्षण सम्पन्न

गणेश अधिकारी/पोखरा ।। राष्ट्रिय जनमोर्चा कास्कीले आफ्नो एकमहिने कार्यक्रमअन्तर्गत आज माघ ३ गते रामबजार एरियामा प्रक्षिणात्मक भेला सम्पन्न गरेको छ । राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका अध्यक्ष शङ्कर बराल र अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य बिक्रम थापाले कार्यक्रममा प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणपछि केपी ओली सरकारले चालेको असंवैधानिक, अप्रजातान्त्रिक, अधिनायकवादी र प्रतिगामी तबरले प्रतिनिधि सभा विघटन, सङ्घीयता खारेजी, भ्रष्टाचार अन्त्यको माग राखी रामबजारमा विरोधसभासमेत सम्पन्न भएको थियो । सभालाई नेकपा (मसाल) कास्कीका प्रवक्ता चन्द्रबहादुर केसी, अखिल नेपाल जनजाति सम्मेलनका गण्डकी प्रदेशका अध्यक्ष दिपक गुरुङ र अखिल नेपाल महिला सङ्घकी कास्की जिल्लाध्यक्ष जमुना केसीले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन बिक्रम थापाले गर्नु भएको थियो ।

विद्यार्थीको मसाल जुलुसमाथि प्रहरी हस्तक्षेपः ‘गाडीमा राखेर लौरीले घोचे’

महेन्द्रनगर । अखिल (छैठौं) ले शुक्रबार साँझ देशब्यापी रुपमा मसाल जुलुसको आयोजना गरेको थियो । सोही कार्यक्रम अनुसार कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा पनि छैठौंले मसाल जुलुस प्रदर्शन गर्यो । भाँसिस्थित पूर्वपश्चिम राजमार्गमा विद्यार्थीहरुले मसाल जुलुश प्रदर्शन गरेर चोकमा कोणसभा गर्न लाग्दा प्रहरीले हस्तक्षेप गरेको थियो । मसाल जुलुशलाई सम्बोधन गर्न लाग्दा अखिल (छैठौं) का जिल्ला सचिव पुष्कर भट्टलाई प्रहरीले नियन्त्रणमा लियो । दुई जना प्रहरीले दुईहातमा समातेर नियन्त्रणमा लिँदासमेत भट्टले कोणसभामा सम्बोधन गरिरहेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । सचिव भट्टले संक्षेपमै भएपनि अखिल (छैठौं) ले मसाल जुलुश आयोजना गर्नुको कारण स्पष्ट पार्दै प्रहरी दमनको विरोध गर्नुभएको थियो। त्यसपछि प्रहरीले उहाँलाई समातेर गाडीमा हाल्छन् । भट्टले गाडीमै पनि प्रहरी हस्तक्षेप विरुद्ध नारा लगाइरहनुहुन्छ । त्यसपछि प्रहरी जवानले ३-४ लाठी हान्दै लौरीले शरीरमा घोच्छन् । विद्यार्थी नेता भट्टलाई केहीबेर गाडीमै घुमाएर प्रहरीले छाडिदिन्छ । शुक्रबार साँझ युगदर्शनले सम्पर्क गर्दा भट्टले आफ्नो शरीरको विभिन्न भागमा प्रहरीले हानेको चोट लागेर सुम्ला उठेको बताउनुभयो । प्रहरीले कोणसभामा संक्षेपमा कुरा राख्न दिएर आन्दोलनप्रति सहयोग नै गरेपनि गाडीमा राखेर कुट्नु अन्याय भएको भट्टले बताउनुभयो । यसैबीच अखिल (छैठौं) केन्द्रीय समितिले कञ्चनपुरमा भएको प्रहरी दमनको विरोध गरेको छ । अध्यक्ष वीमल पोख्रेलले विज्ञप्ति प्रकाशित गरी कञ्चननपुर लगायत विभिन्न ठाउँमा भएको प्रहरी दमनको विरोध गर्नुभएको छ । यो हेर्नुहोस्ः देशव्यापी मसाल जुलुसमाथि प्रहरी हस्तक्षेपको अखिल (छैठौं) द्वारा विरोध यस्तै, अखिल (छैठौं) कञ्चनपुरले पनि घटनाको निन्दा गर्दै विज्ञप्ति प्रकाशित गरेको छ । जिल्ला अध्यक्ष महेश भट्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको अप्रजातान्त्रिक र असंवैधानिक कदम प्रतिनिधि सभा विघटनको विरोधमा अखिल (छैठौं) को केन्द्रीय कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला समितिले कञ्चनपुर जिल्लाको भाषी बजारमा मसाल जुलुस पछिको कोणसभालाई सम्बोधन गर्न क्रममा जिल्ला सचिव पुष्कर भट्टमाथि अमानवीय तरिकाले प्रहरीले गरेको कुटपिटको घोर आपत्ति तथा भत्सर्ना गर्दछौँ ।’ यसैगरी राष्ट्रिय जनमोर्चा कञ्चनपुरले पनि विद्यार्थी नेता भट्टमाथि भएको कुटपिटको भर्त्सना गरेको छ । कार्यक्रमस्थलमै पुगेका राजमो कञ्चनपुरका सहसचिव ...

पोखरामा पनि अखिल (छैठौं) ले बाल्यो मसाल

गणेश अधिकारी, पोखरा । अखिल (छैठौं) केन्द्रीय समितिको पूर्व निर्धारित कार्यक्रम अनुसार आज कास्कीमा पनि मसाल जुलुस प्रदर्शन गरिएको छ । देशभर मसाल जुलुस प्रदर्शनको कार्यक्रम अन्तर्गत लेखनाथको ताल्चोकमा मसाल जुलुससहित विरोध सभा सम्पन्न भएको छ । केपी ओलीकोे नेतृत्वको सरकारले अप्रजातान्त्रिक, असंवैधानिक, निरंकुश र प्रतिगामी उदेश्यसहित संसद विघटन गर्ने कदमको भत्र्सना गर्दै विद्यार्थीहरु हातमा मसाल बोकेर सडकमा निस्किएका थिए । कार्यक्रममा अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारी तथा राष्ट्रिय जनमोर्चा कास्कीका जिल्ला सचिव आकाश गौतम, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य विक्रम थापा, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का केन्द्रीय सदस्य नामबहादुर बाठा मगरले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन अखिल (छैठौं) केन्द्रीय सदस्य प्रताप पौडेलले गर्नु भएको थियो ।

कञ्चनपुरमा राजमोको विरोधसभा

पुष्कर भट्ट/महेन्द्रनगर । राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयको निर्देशनअनुसार प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अप्रजातान्त्रिक कदमको विरुद्ध देशव्यापी रूपमा आयोजित विरोध कार्यक्रमअन्तर्गत आज पुस २० गते कञ्चनपुर जिल्ला महेन्द्रनगरको मदनचोकमा कोणसभा सम्पन्न भएको छ । कार्यक्रमलाई राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य तथा सुदूर पश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टले सम्बोधन गर्नुभएको थियो । सो अवसरमा सम्बोधन गर्दै उहाँले प्रतिनिधि सभा विघटन गर्ने कदम असंवैधानिक, अप्रजातान्त्रिक र अधिनायकवादी भएको बताउनुभयो । राजमो नेता भट्टले जननिर्वाचित सरकारको प्रमुखले प्रतिनिधि सभा विघटन गर्ने कार्य गम्भीर गल्ती भएकाले त्यसलाई तत्कालै सच्याउँदै संसद पुनः स्थापना गरिनुपर्ने माग गर्नुभयो । कार्यक्रममा राजमो जिल्लाध्यक्ष रामबहादुर कार्कीले समेत आफ्नो भनाइ राख्नुभएको थियो । कार्यक्रममा नेकपा (मसाल) का जिल्ला प्रवक्ता लक्ष्मी बडु, तराई–मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, अखिल (छैठौं) महासचिव महेशराज जोशी, रक्तिमका जिल्ला संयोजक ललित चन्द, वामपन्थी नेता जनक कुँवर, राजमोका जिल्ला सचिव अभिमान थापा, राजमो नगर सदस्य पदम साउद युवा नेता हरि शर्मालगायत नेताहरूको सहभागिता रहेको थियो । राष्ट्रिय जनमोर्चाका जिल्ला सहसचिव लालबहादुर कुँवरले सञ्चालन गर्नुभएको थियो ।