पोखरामा पनि अखिल (छैठौं) ले बाल्यो मसाल

गणेश अधिकारी, पोखरा । अखिल (छैठौं) केन्द्रीय समितिको पूर्व निर्धारित कार्यक्रम अनुसार आज कास्कीमा पनि मसाल जुलुस प्रदर्शन गरिएको छ । देशभर मसाल जुलुस प्रदर्शनको कार्यक्रम अन्तर्गत लेखनाथको ताल्चोकमा मसाल जुलुससहित विरोध सभा सम्पन्न भएको छ । केपी ओलीकोे नेतृत्वको सरकारले अप्रजातान्त्रिक, असंवैधानिक, निरंकुश र प्रतिगामी उदेश्यसहित संसद विघटन गर्ने कदमको भत्र्सना गर्दै विद्यार्थीहरु हातमा मसाल बोकेर सडकमा निस्किएका थिए । कार्यक्रममा अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारी तथा राष्ट्रिय जनमोर्चा कास्कीका जिल्ला सचिव आकाश गौतम, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य विक्रम थापा, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का केन्द्रीय सदस्य नामबहादुर बाठा मगरले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन अखिल (छैठौं) केन्द्रीय सदस्य प्रताप पौडेलले गर्नु भएको थियो ।