महेन्द्रनगर । अखिल (छैठौं) ले शुक्रबार साँझ देशब्यापी रुपमा मसाल जुलुसको आयोजना गरेको थियो । सोही कार्यक्रम अनुसार कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा पनि छैठौंले मसाल जुलुस प्रदर्शन गर्यो ।
भाँसिस्थित पूर्वपश्चिम राजमार्गमा विद्यार्थीहरुले मसाल जुलुश प्रदर्शन गरेर चोकमा कोणसभा गर्न लाग्दा प्रहरीले हस्तक्षेप गरेको थियो । मसाल जुलुशलाई सम्बोधन गर्न लाग्दा अखिल (छैठौं) का जिल्ला सचिव पुष्कर भट्टलाई प्रहरीले नियन्त्रणमा लियो । दुई जना प्रहरीले दुईहातमा समातेर नियन्त्रणमा लिँदासमेत भट्टले कोणसभामा सम्बोधन गरिरहेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।
सचिव भट्टले संक्षेपमै भएपनि अखिल (छैठौं) ले मसाल जुलुश आयोजना गर्नुको कारण स्पष्ट पार्दै प्रहरी दमनको विरोध गर्नुभएको थियो।
त्यसपछि प्रहरीले उहाँलाई समातेर गाडीमा हाल्छन् । भट्टले गाडीमै पनि प्रहरी हस्तक्षेप विरुद्ध नारा लगाइरहनुहुन्छ । त्यसपछि प्रहरी जवानले ३-४ लाठी हान्दै लौरीले शरीरमा घोच्छन् । विद्यार्थी नेता भट्टलाई केहीबेर गाडीमै घुमाएर प्रहरीले छाडिदिन्छ ।
शुक्रबार साँझ युगदर्शनले सम्पर्क गर्दा भट्टले आफ्नो शरीरको विभिन्न भागमा प्रहरीले हानेको चोट लागेर सुम्ला उठेको बताउनुभयो । प्रहरीले कोणसभामा संक्षेपमा कुरा राख्न दिएर आन्दोलनप्रति सहयोग नै गरेपनि गाडीमा राखेर कुट्नु अन्याय भएको भट्टले बताउनुभयो ।
यसैबीच अखिल (छैठौं) केन्द्रीय समितिले कञ्चनपुरमा भएको प्रहरी दमनको विरोध गरेको छ । अध्यक्ष वीमल पोख्रेलले विज्ञप्ति प्रकाशित गरी कञ्चननपुर लगायत विभिन्न ठाउँमा भएको प्रहरी दमनको विरोध गर्नुभएको छ ।
यो हेर्नुहोस्ः देशव्यापी मसाल जुलुसमाथि प्रहरी हस्तक्षेपको अखिल (छैठौं) द्वारा विरोध
यस्तै, अखिल (छैठौं) कञ्चनपुरले पनि घटनाको निन्दा गर्दै विज्ञप्ति प्रकाशित गरेको छ । जिल्ला अध्यक्ष महेश भट्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको अप्रजातान्त्रिक र असंवैधानिक कदम प्रतिनिधि सभा विघटनको विरोधमा अखिल (छैठौं) को केन्द्रीय कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला समितिले कञ्चनपुर जिल्लाको भाषी बजारमा मसाल जुलुस पछिको कोणसभालाई सम्बोधन गर्न क्रममा जिल्ला सचिव पुष्कर भट्टमाथि अमानवीय तरिकाले प्रहरीले गरेको कुटपिटको घोर आपत्ति तथा भत्सर्ना गर्दछौँ ।’
यसैगरी राष्ट्रिय जनमोर्चा कञ्चनपुरले पनि विद्यार्थी नेता भट्टमाथि भएको कुटपिटको भर्त्सना गरेको छ । कार्यक्रमस्थलमै पुगेका राजमो कञ्चनपुरका सहसचिव ...