कांग्रेसबाट खाण गृहमन्त्री र कार्की कानूनमन्त्री बन्दै

काठमाडौं। नेपाली कांग्रेसले बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाउने तयारी गरेको छ। कांग्रेसका प्रमुख सचेतक खाण गृहमन्त्री र केन्द्रीय सदस्य कार्की कानूनमन्त्री बन्न लागेका पार्टी स्रोतले जनाएको छ। यस्तै देउवा सरकारमा माओवादीबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बन्दैछन्। प्रधानमन्त्री देउवासहित चारै मन्त्रीले केहीबेरमा राष्ट्रपतिबाट सपथ लिने जनाइएको छ।

सम्बन्धित सामग्री

गृहमन्त्री खाण र माओवादी अध्यक्ष प्रचण्डबीच भेट

गृहमन्त्री बालकृष्ण खाण र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रचण्ड निवास खुमलटारमा भएको भेटमा समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको छ। भेटमा पाँच दलीय गठबन्धनलाई निरन्तरता...

गृहमन्त्री खाण दीपक बोहोरासँग पराजित

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाण दीपक बोहोरासँग पराजित भएका छन् । रुपन्देही ३ मा बाम गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खाण एमालेका दीपक बोहोरासँग पराजित भएका हुन् ।  २६८१ मतले पछि पर्दै खाण पराजित भएका हुन् । बोहराले ३६,७१७ मत ल्याउन सफल भए भने खाणले केबल ३४,०३६ मत पाए ।

गृहमन्त्री खाण र राप्रपाका बोहराबीच को अगाडि ?

काठमाडौं, मंसिर ९ । नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाण ३६६ मतले पछाडि परेका छन् । शुक्रबार बिहानको पछिल्लो परिणामअनुसार राप्रपाका दीपक बोहराले गृहमन्त्री खाणलाई पछाडि पारेका हुन् । राप्रपाका बोहराले २५३५९ मतसहित अग्रता लिएका छन् । गृहमन्त्री खाणले २४९९३ मतसहित पच्छाइरहेका छन् । रुपन्देही-३ मा खाण र बोहराबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

गृहमन्त्री खाण र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाण र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बिहान भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा भएको भेटमा राष्ट्रिय राजनीति र समसामयिक विषयवस्तुबारे कुराकानी...

गृहमन्त्री खाण र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । नेपालका लागि भारतीय राजदूत बनेर भर्खरै नेपाल आउनुभएका राजदूत श्रीवास्तवले गृहमन्त्री खाणसँग पहिलोपटक भेटघाट गर्नुभएको हो । गृह मन्त्रालयमा आज बिहान भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुढृढ र प्रगाढ बनाउनेबारे कुराकानी भएको गृहमन्त्री खाणका प्रेस संयोजक मधुसुधन भट्टराईले जानकारी …

ओलीसँग भेटपछि के भन्छन् गृहमन्त्री खाण ?

प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले भेट गरेका छन् । अध्यक्ष ओलीको निवास भक्तपुर बालकोटमा भएको भेटमा नागरिकता विधेयक चालू संसद्मा दलीय सहमतिमा अगाडि बढाउने विषयमा कुराकानी भएको गृहमन्त्री खाणले बताए ।‘नागरिकता विधेयक सदनमा अगाडि बढाउने र दलीय सहमतिमा पास गर्ने प्रयासस्वरुप म र कानुन मन्त्री प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट

रुपन्देही आउँदै गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाण सोमवार गृहजिल्ला रुपन्देही आउँदै छन् । गृहमन्त्री भएपछि उनी पहिलोपटक गृहजिल्ला रुपन्देही आउन लागेका हुन् ।  खाण स्व. कांग्रेस नेता प्रेम खरेलको शोक सभामा सहभागी हुन तिलोत्तमा आउन लागेको कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिए । उनी १० बजे भैरहवा विमानस्थलमा झर्नेछन् ।  कांग्रेस केन्द्रीय सदस्य एवं प्रभावशाली नेता खाण बधाई तथा सम्मान कार्यक्रमसमेत राखिएको छ । उनको सम्मानमा पार्टी कार्यालय भैरहवामा बिहान १० बजे सम्मान तथा भेटघाट कार्यक्रम राखिएको रज्जाकले बताए ।

मन्त्री बनेपछि पहिलो पटक गृहमन्त्री खाण गृह जिल्ला रुपन्देही जाँदै

काठमाडौंः गृहमन्त्री बालकृष्ण खाण आज गृह जिल्ला रुपन्देही जाने भएका छन्। २९ असारमा गृहमन्त्री भएपछि खाण पहिलो पटक गृह जिल्ला जान लागेका हुन्। बिहान ९ बजेर ४५ मिनेटमा बुद्ध एयरबाट भैरहवा जाने निजी सचिव नरेन्द्र केसीले जानकारी दिए । आजै साँझ पाँच बजेर ५० मिनेटमा भैरहवाबाट काठमाडौँ फर्कनु अगाडि गृहमन्त्री खाणले…

गृहमन्त्री खाण र नेकपाका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता

१८ भदौ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरवारस्थित गृहमन्त्रालयमा गृहमन्त्री खाण र प्रकाण्डबीच भेटवार्ता भएको हो । भेटमा सरकारसँग भएको ३ बुँदे सहमतीको कार्यान्वयन, नेकपाका बन्दी नेता/कार्यकर्ताको रिहाइ, दार्चुला घटना, एमसीसी र वर्तमान राजनीतिक परिस्थितिबारे छलफल भएको प्रकाण्डले बताएका […]

गृहमन्त्री खाण र मुख्यमन्त्री राउतबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाण र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा मङ्गलबार साँझ भएको भेटवार्तामा कोभिड नियन्त्रणका लागि सङ्घीय सरकार र प्रदेश सरकार सहकार्य गरेर अगाडि बढ्नेबारे छलफल भएको हो ।     भेटमा गृहमन्त्री खाणले कोभिड–१९ नियन्त्रणका लागि प्रदेश २ मा पर्याप्त मात्रामा खोप उपलब्ध भए पनि प्रयोग नभएको भन्दै प्रदेश २ का जनतालाई खोप लगाउनका लागि प्रदेश सरकारले उत्प्रेरित गर्न मुख्यमन्त्री राउतसँग आग्रह गरेका थिए ।गृहमन्त्री ख