भदौ २१, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक ३ दशमलव ९० प्रतिशतले बढेको छ ।
घटेर कारोबार शुरु भएको बजार अपरान्ह १ : ३० बजेपछि बढ्न शुरु गरेको हो । यो समाचार तयार पार्दाको समय अपरान्ह २ :१४ बजेसम्ममा नेप्से परिसूचक ३ दशमलव ९० प्रतिशत अर्थात् ११० दशमलव शून्य ५ अंकले बढेको छ ।
अर्थमन्त्री जनार्दन शर्मासँग सोमवार भएको टेलिफोन वार्तामा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर धितो ऋणको व्यवस्था सच्याउने प्रतिबद्धता गरेलगत्तै शेयरबजार बढ्न थालेको हो ।
उक्त अवधिसम्ममा एचआईडीसीएललगायतका पाँच ओटा कम्पनीको शेयरमूल्य सर्किट लेभलमा वृद्धि भएको छ भने सानिमा लाइफ इन्स्योरेन्सलगायत नौ ओटा कम्पनीको शेयर मूल्य नौ प्रतिशतभन्दा बढीका दरले वृद्धि भएको छ ।
आइतवार शेयर बजार नकारात्मक सर्किटपछि सुधारिएर २ हजार ८१८ दशमलव ७२ विन्दुमा बन्द भएको थियो । बजार घट्दा लगानीकर्ता आत्तिएका थिए ।