प्रदेश १ को राजधानी विराटनगरमा चार दशकयता कुनै पनि राजनीतिक दलले लगातार प्रभाव जमाउन सकेका छैनन् । यहाँ पञ्चायतकालको अन्तिम प्रधानपञ्च ध्रुवनारायण श्रेष्ठ थिए । उनी जनपक्षीय उम्मेदवारका रूपमा निर्वाचित भएका थिए । त्यतिबेला उपप्रधानपञ्चमा कांग्रेस समर्थक राजेन्द्र गुप्ता विजयी भएका थिए ।