काठमाडौं : नियमितरूपमा फोहोर उठ्न छाडेपछि महानगरका मुख्य चोक तथा गल्ली दुर्घन्धित हुन थालेका छन्। कलंकी, कालीमाटी, टेकु, अनामनगर, बानेश्वर, थापागाउँ, कोटेश्वरलगायत स्थानका सडकमा लामो समयदेखि फोहोर थुप्रिएको हो। महानगरपालिकाले भने सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले मुख्य चोकमा फोहोर थुप्रिन थालेको जनाएको छ। कामपाका प्रवक्ता नवीन मानन्धरले तोकिएको समयमा पनि सडक मर्मतको काम पूरा नभएका कारण फोहोर व्यवस्थापनमा समस्या भएको जानकारी दिए।बाटो मर्मतक