सीके राउत नेतृत्वको जनमत पार्टी बुधबारको राष्ट्रियसभा निर्वाचनलाई बिथोल्ने प्रयासस्वरुप तोडफोडमा उत्रिएपछि मधेस प्रदेश सरकार आक्रोशित बनेको छ । मधेस प्रदेश सरकारका प्रवक्ता शैलेन्द्र प्रसाद साहले बुधबार साँझ विज्ञप्ति जारी गरी तोडफोड एवम् हिंसाजन्य गतिविधि प्रति मधेश प्रदेश सरकारको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । साहले संघातिक आक्रमण एवम् सवारी साधनमा गरिएको तोडफोड घटनाको वास्तविक छानविन गरी सम्बन्धित जनप्रतिनिधि एवम् चिकित्सकलाई क्षतिपूर्ति उपलब्ध गराउनका साथै दोषी उपर कार्वाही गर्न सरकारको तर्फबाट तालुक निकायलाई निर्देशन दिएका...