१० प्रतिशत लाभांश प्रस्ताव गरेको विन्ध्यवासिनी हाइड्रोको साधारणसभा आह्वान

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २ गते बिहान ११ बजे बानेश्वर स्थिति आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो । बैंकले शेयरधनीलाई भर्चुअल माध्यमबाट उपस्थित हुन आग्रह गरेको छ ।सभामा आर्थिक वर्ष ७७/७८ को आर्थिक प्रतिवेदनमाथि छलफल गरि स्वीकृत गर्ने , लेखापरीक्षण प्रतिवेदन र अन्य वित्तीय विवरणमाथि छलफल गरि पारित गर्ने, आर्थिक वर्ष ७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, आईपिओ निष्काशन सम्बन्धि आवश्यक निर्णय गर्ने, संचालक समितिले गरेका निर्णय अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित हुने छन् । त्यस्तै कम्पनीले आर्थिक वर्ष ७७/७८ सम्मको संचित मुनाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।कम्पनीले २०७६ माघ १ गते नै आईपिओ निष्काशनको अनुमति माग गर्दै माघ १ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो । कम्पनीले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता शेयर निष्काशन गर्ने तयारी गरेको हो । जस मध्ये १० लाख कित्ता आयोजना प्रभावित स्थानीयलाई र बाँकि १५ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको छ । शेयर निष्काशनको लागि कम्पनीले सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ । कम्पनीले कास्कीमा ८.८ मेगावाटको रुदीखोला ए आयोजनाको निर्माण सकिसकेको छ भने लमजुङमा ६.६ मेगावाटको रुदीखोला बि आयोजनाको निर्माण अन्तिम चरणमा पुर्याएको छ । 

सम्बन्धित सामग्री

पाँच वाणिज्य बैंकले घोषणा गरे लाभांश: एनआईसी एशिया बैंकको सबैभन्दा बढी

काठमाडौं। गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हालसम्म पाँच वाणिज्य बैंकले लाभांश प्रस्ताव गरेका छन् । माछापुच्छ्रे, एभरेष्ट, सानिमा, सिटिजन्स बैंक इन्टरनेशनल र एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष (आव) को अन्त्यसम्मको सञ्चित मुनाफाबाट लाभांश सार्वजनिक गरेका हुन् । यस वर्ष माछापुच्छ्रे बैंकले कुल १४ प्रतिशत, एभरेष्ट बैंकले २० दशमलव ५३ प्रतिशत, सानिमा बैंकले १४ दशमलव ७० प्रतिशत, सिटिजन्स बैंक इन्टरनेशलले ५ दशमलव ७९ प्रतिशत र एनआईसी एशिया बैंकले ३० दशमलव ५३ प्रतिशत लाभांश दिन लागेका छन् ।  माछापुच्छ्रे बैंकले १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । एभरेष्ट बैंकले १० प्रतिशत बोनस र १० दशमलव ५३ प्रतिशत नगद, सानिमा बैंकले ९ प्रतिशत बोनस शेयर र ५ दशमलव ७० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सिटिजन्स बैंकले भने यस वर्ष करसमेत ५ दशमलव ७९ प्रतिशत नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको छ । अघिल्ला २ आव लाभांश वितरणमा नेपाल राष्ट्र बैंकले रोक लगाएको एनआईसी एशिया बैंकले भने २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ  गत आव लाभांश वितरण नगरेको माछापुच्छ्रे बैंकले यस वर्ष वाणिज्य बैंकमध्ये सबैभन्दा पहिला लाभांश पारित गर्न लागेको छ । माछापुच्छ्रेले असोज १८ गते वार्षिक साधारणसभा बोलाइसकेको छ । हालसम्म लाभांश घोषणा गरेका पाँच बैंकमध्ये यसअघि एनआईसी एशिया बैंकले २ आव र माछापुच्छ्रे बैंकले गत आव लाभांश वितरण गरेको थिएन । यसअघि आव २०७७/७८ को मुनाफाबाट माछापुच्छ्रे बैंकले १३ दशमलव ३० प्रतिशत बोनस शेयर र शून्य दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । एनआईसी एशिया बैंकले यसअघि आव २०७६/७७ को मुनाफाबाट १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । दुई आव लगानीकर्ताको हात खाली भएको एनआईसी एशिया बैंकले अघिल्लो वर्षभन्दा बढी लाभांश प्रस्ताव गरेको हो । गतवर्षभन्दा यस वर्ष सानिमा बैंकको लाभांशसमेत बढी छ । गत वर्ष १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९८ प्रतिशत नगद लाभांश वितरण गरेको सानिमा बैंकले यस वर्ष ३ दशमलव ७२ प्रतिशत विन्दु बढी लाभांश वितरण गर्न लागेको हो । एभरेष्ट र सिटिजन्स बैंक इन्टरनेशनलको लाभांश भने यस वर्ष घटेको छ । गतवर्ष १३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ७ दशमलव ६८ प्रतिशत लाभांश वितरण गरेको एभरेष्ट बैंकले शून्य दशमलव १५ प्रतिशत विन्दुले कम लाभांश वितरण गर्न लागेको हो । त्यस्तै गतवर्ष करसमेत ९ प्रतिशत नगद लाभांश वितरण गरेको सिटिजन्स बैंकले यस वर्ष ३ दशमलव २१ प्रतिशत विन्दुले कम लाभांश वितरण गर्न लागेको हो ।  लाभांशले बढेन लगानीकर्ताको उत्साह  बैंकहरूको लाभांश प्रस्ताव सार्वजनिक भए पनि लगानीकर्तामा भने उत्साह देखिएको छैन् । सिटिजन्स बैंकको लाभांश सार्वजनिक भएकै दिन आइतवार शेयरमूल्य प्रतिकित्ता १० रुपैयाँ ५० पैसाले घटेको छ । त्यस्तै भदौ २८ गते लाभांश प्रस्ताव गर्ने निर्णय गरेको एनआईसी एशिया बैंक र सानिमा बैंकको लाभांश सार्वजनिक पछिको पहिलो कारोबार दिन शेयर मूल्य घटेको छ । एनआईसी एशिया बैंकको शेयरमूल्य प्रतिकित्ता ५ रुपैयाँले र सानिमा बैंकको प्रतिकित्ता १२ रुपैयाँ ४० पैसाले घटेको हो ।  एभरेष्ट बैंकले भदौ २७ गते लाभांश वितरणको प्रस्ताव गरेको थियो । २८ गते सार्वजनिक बिदा परेकाले बजार खुला भएको थिएन । लाभांश प्रस्तावपछि पहिलो कारोबार दिन एभरेष्ट बैंकको शेयरमूल्य भने प्रतिकित्ता १५ रुपैयाँ ७० पैसाले बढेको छ । माछापुच्छ्रे बैंकले भने भदौ १३ गते लाभांश प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव गरेको दिन प्रतिकित्ता २७५ रुपैयाँ ९० पैसा रहेको बैंकको शेयरमूल्य भदौ ३१ गतेको कारोबारमा अन्तिम मूल्य प्रतिकित्ता २६८ रुपैयाँ कायम भएको छ । लाभांश प्रस्तावपछि माछापुच्छ्रे बैंकको शेयरमूल्य प्रतिकित्ता ७ रुपैयाँ ९० पैसाले घटेको छ । कम्पनीहरूको शेयरमूल्य लगानीकर्ताको माग र आपूर्तिका आधारमा बढ्ने घट्ने हुन्छ । समग्र बजार घटेको दिन पनि माग बढी भएका कम्पनीको शेयरमूल्य बढ्ने गर्छ । पछिल्लो साता बजार बढेकै थियो । यो अवस्थामा पनि लाभांश सार्वजनिक भएका कम्पनीहरूको शेयरमूल्य घटेको अवस्थालाई हेर्दा लाभांशप्रति लगानीकर्ता सन्तुष्ट नभएको पुष्टि हुन्छ ।

रुरु जलविद्युतको लाभांश घोषणा, साधारणसभा पनि आह्वान

रुरु जलविद्युत परियोजना लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।जस अनुसार कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट चुक्ता पुंजीको १० प्रतिशत बोनस शेयर जारी गर्ने र सो को कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीमा वितरण हुने छ ।  कम्पनीले कार्तिक ४ गते शुक्रबार साधारणसभा आह्वान गरेको छ । कम्पनीले बानेश्वर स्थित थापागाउँ ब्यान्क्वेटमा सभा आह्वान गरेको हो । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।यस्ता छन् सभामा पेश हुने अन्य प्रस्ताव:क) साधारण प्रस्ताव : १) संचालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने । २) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.ब. २०७८/०७९ अवधिको वित्तिय विवरण उपर छलफल गरि पारित गर्ने सम्बन्धमा । ३) लेखा परीक्षण समितिको सिफारिस अनुसार आ.व.२०७९ ०८० को लागी लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने । ४) संचालक समितिले प्रस्ताव गरे बमोजिम आ व. २०७८/७९ अवधिको मुनाफाबाट चुक्ता पुँजीको ०.५२६३ % (प्रतिशत) नगद लाभांश (बोनस शेयरको कर प्रयोजनका लागी) वितरण प्रस्ताव पारित गर्ने । ५) संचालक समितिको सेवा सुविधा सम्बन्धमा । ख) विशेष प्रस्ताव : १) बोनस शेयर जारी गर्ने प्रयोजनका लागी कम्पनीको जारी तथा चुक्ता पूँजी लाई आवश्यकता अनसार वृद्धि गरी प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने । २) आ.व. २०७८/०७९ अवधिको मुनाफा बाट १०% (दश प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने । ३) नियामक निकायहरुको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने । ग) विविध ।

हाथवे इन्भेष्टमेन्टको साधारणसभा आह्वान, १० प्रतिशत लाभांश प्रस्ताव

शेयर बजारमा लगानी गरिरहेको हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले साधारणसभा आह्वान गरेको छ  । कम्पनीले असोज २८ गते लैनचौर स्थित होटेल एम्बासडरमा सभा आह्वान गरेको हो ।सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्। कम्पनीको संचालक समितिले  चुक्ता पूँजीको १० प्रतिशतका दरले नगद लाभांश प्रदान गर्ने प्रस्ताव गरेको छ। त्यस्तै सभामा सञ्चालक समितिको तर्फवाट अध्यक्षज्यूद्वारा प्रस्तुत चौधौं वार्षिक प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको २०७८/७९ साल आषाढ मसान्तको वासलात, सोहि मितिमा समाप्त आ.व. २०७८/७९ को आयव्यय हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरी पारित गर्ने प्रस्ताव पेश हुने छ। त्यस्तै कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व. २०७९/८० को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छ। विशेष प्रस्ताव अन्तर्गत कम्पनीले खरिद तथा लगानी गरेको रकम अनुमोदन गर्ने प्रस्ताव रहेको छ । कम्पनीले सर्वसाधारणमा आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले प्रति कित्ता अंकित मुल्य ५० रुपैयाँले हुने १४ करोड ६२ लाख ५० हजार बराबरको २९ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्न लागेको छ ।

मेडिकेयर हस्पिटलले आईपिओ निष्काशन गर्ने, ३०.७४ प्रतिशत लाभांश प्रस्ताव

मेडिकेयर हस्पिटल लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपिओ निष्कासन गर्ने प्रस्ताव सहित असोज २२ गते शनिवार साधारणसभा आह्वान गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ९० प्रतिशत हकप्रद जारी गर्ने र त्यसपछि कायम पुँजीको १० प्रतिशत शेयर सर्वसाधारणलाई जारि गर्ने प्रस्ताव सभामा लैजान लागेको हो । कम्पनीको सभामा आईपिओ निष्काशन गर्नको लागि नियमावली र प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र थप संशोधन गर्नु परे संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुने छ ।त्यस्तै सभामा लाभांश प्रस्ताव पेश हुने छ । संचालक समितिको सिफारिस बमोजिम २०७९ साल आषाढ मसान्तमा समाप्त भएको आर्थिक बर्षको मुनाफा रकमबाट कम्पनीको चुक्ता पूँजीको कर सहित १०.५२६३ (दश दशमलव पाँच दुइ छ तीन) प्रतिशतका दरले शेयरधनीलाई नगद लाभांश तथा हालको चुक्ता पूँजीको २०.२२६८ (बीस दशमलव दुइ दुइ छ आठ) प्रतिशत बोनस शेयर जारी गर्ने र उक्त जारी गर्दा शेयरधनीले तिर्नुपर्ने कर शेयरधनीको तर्फबाट अस्पतालले व्यहोर्ने गरी बोनस शेयर वितरण गर्न स्वीकृत प्रदान गर्ने प्रस्ताव सभामा पेश हुने छ  । कम्पनीको शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना संचालकहरुको निर्वाचन गर्ने तथा वित्तीय विवरणहरु पारित गर्ने प्रस्ताव पनि सभामा पेश हुने छन् ।कम्पनीले चाबहिलमा रहेको हस्पिटलबाट विभिन्न स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।

यी २ फाइनान्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आज पुस २१ गते बुधबार २ वटा फाइनान्स कम्पनीको लाभांश सुरक्षित गर्ने अनतिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेका गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । आज पुस २१ गते सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सले २०७७/०७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ८६ करोड ४० लाख रहेको छ ।  साधारण सभाबाट पारित भए पश्चात् उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीले पुस २९ गते साधारणसभा डाकेको छ ।  श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले आर्थिक बर्ष २०७७-०७८ बाट आफ्ना सेयरधनिहरुलाई हाल कायम चुक्तापुंजीको ११ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश मध्ये ७।७० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ३।३० प्रतिशत नगद लाभांश रहेको छ। फाइनान्सले हाल कायम चुक्तापुंजीको ७।७० प्रतिशतले हुन आउने ६ करोड ८५ लाख रुपैयाँ बराबरको बोनस सेयर र ३।३० प्रतिशतले हुन आउने २ करोड ९३ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छहो। साधारण सभाबाट पारित भए पश्चात् उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीले पुस २९ गते साधारणसभा डाकेको छ ।

बुटवल पावरको लाभांश घोषणा, पुस २६ मा साधारणसभा

बुटवल पावरले लाभांश घोषणा गरेको छ । कम्पनीले मङ्सिर २८ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफा बाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।जस अनुसार कम्पनीले हाल कायाम चुक्ता पुँजीको १० प्रतिशत बोनस र १० प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले आगामी पुस २६ गते साधारणसभा आह्वान गर्ने निर्णय गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ११ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट भने १० प्रतिशत बोनस र १५ प्रतिशत नगद गरि कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

आईसिएफसि फाइनान्सको साधारणसभा आह्वान, यस्ता छन् ६ बुँदे प्रस्ताव

आईसिएफसि फाइनान्स ICFC Finance  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीलेपुस ५ गते सोमबार आम्रपाली ब्यान्क्वेटमा सभा आह्वान गरेको हो  ।सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको  १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ४ प्रतिशत नगद लाभांश गरि कुल १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि उक्त लाभांश शेयरधनीमा वितरण हुनेछ ।  बैंकको हालको चुक्ता पूँजी १ अर्ब २ करोड ४२ लाख ६५ हजार ८ सय रुपैयाँ छ ।कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २३ गतेदेखि पुस ५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ  । मङ्सिर २२ गतेसम्म अकायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्  । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु ; सामान्य प्रस्ताव१. आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने । ३. संचालक समितिबाट प्रस्ताव गरे बमोजिम कम्पनीको चुक्ता पाजीको ४ प्रतिशतका दरले हुने नगद लाभांश रु.४,०९,७०,६३२/- ( अक्षेरुपी चार करोड नौ लाख सत्तरी हजार छ सय बत्तिस मात्र ) (बोनश शेयर तथा नगद लाभांशको कर प्रयोजनको लागि समेत) वितरण गर्न स्वीकृत गर्ने। ४. लेखापरीक्षण समितिको सिफारीस बमोजिम आ.व. २०७८/७९ को लागि बाह्य लेखा परीक्षक नियुक्त तथा निजको पारीश्रमिक निर्धारण गर्ने (कम्पनी ऐन, २०६३ को दफा १११ (३) बमोजिम बाहालवाला लेखापरीक्षक एस.ए.आर एण्ड एसोसिएट्स पुनःनियूक्ति हुन योग्य हुनुहुन्छ । .विशेष प्रस्ताव १. संचालक समितिबाट प्रस्ताव गरे बमोजिम कम्पनीको चुक्ता पुँजीको १० प्रतिशतका दरले हुने रु.१०,२४,२६,५८०/-( अक्षेरुपी दश करोड चौबिस लाख छब्बिस हजार पाँच सय असि मात्र ) बराबरको बोनश शेयर वितरण गर्न स्वीकृत गर्ने र बोनश शेयर जारी गर्दा वित्तिय संस्थाको प्रस्तावित जारी तथा चुक्ता पुँजीको भिन्न अंकलाई रु. १००/- ले बिभाजन हुने पुर्ण अंकमा समायोजन गरी जारी तथा चुक्ता पुँजी बृद्धि गर्ने र सोही अनुसार प्रबन्धपत्र संशोधनलाई स्वीकृत गर्ने । २. कम्पनीको प्रबन्धपत्रको प्रस्तावित संशोधनमा नियमनकारी निकायवाट कुनै फेरवदल सुझाव भएमा सो अनुसार आवश्यक फेरवदल गर्न संचालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने ।

फर्स्ट माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था First Microfinance Laghubitta Bittiya Sanstha  को लाभांश सुरक्षित गर्ने आज मङ्सिर २ गते बिहिबार अन्तिम दिन रहेको छ ।  कम्पनीले साधारणसभा प्रयोजनार्थ  मङ्सिर ५ गतेको लागि बुक क्लोज मिति तय गरेकोले आज मङ्सिर ४ गतेसम्म कायम सेयरधनिहरुले बार्षिक साधारणसभामा भाग लिन तथा स्वीकृत लाभांश प्राप्त गर्नेछन्।  लघुवित्तले मङ्सिर १८ गतेको लागि १२ औं साधारणसभा आब्हान गरेको छ। लघुवित्तको संचालक समितिले आर्थिक बर्ष २०७७-०७८ मा १०।५३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ। भदौ १९ गते बसेको संचालक समितिले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।यस अवधिमा लघुवित्तको चुक्तापुंजी ८७ करोड ६८ लाख ११ हजार २०० रहेको छ। १० प्रतिशत बोनस सेयर वितरणपश्चात लघुवित्तको चुक्तापुंजी ९५ करोड नाघ्नेछ।

आरविवि मर्चेन्ट बैंकिङको साधारणसभा आह्वान, १० प्रतिशत लाभांश प्रस्ताव

आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक ३० गते राष्ट्रिय बाणिज्य बैकको केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो । कम्पनीको साधारणसभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले आ.व. २०७७/०७८ को नाफाबाट कम्पनीको चुक्ता पूँजीको १०% नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ।त्यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव. २०७७/७८ को कम्पनीको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात र २०७७/०४/०१ देखि मिति २०७८/०३/३१ सम्मको नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, आव. २०७८/७९ को वाह्य लेखापरीक्षणको लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।त्यस्तै सभामा कम्पनीको नियमावली संशोधन प्रस्ताव उपर छलफल गरी पारित गर्ने विशेष प्रस्ताव पेश हुने छ ।

वाणिज्य बैंकहरूको लाभांश : यस वर्ष शेयरधनीले पाएनन् दशैं खर्च

पूँजीबजारका लगानीकर्ताले चालू आर्थिक वर्षको लागेसँगै आफ्नो लगानीको प्रतिफल गणना शुरू गर्छन् । सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्ष अन्त्यसम्मको मुनाफाका आधारमा लाभांश वितरण गर्ने हुँदा लगानीकर्ताले कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपस्किृत वित्तीय विवरणलाई नै आधार मानेर आफ्नो लगानीको प्रतिफल गणना गर्छन् । वर्षभरिको लगानी प्रतिफल भिœयाउने समय भएकाले पनि अन्य बेलाभन्दा यो बेला लगानीकर्ता अझ बढी संयमित भएर कारोबारमा सहभागी भएको पाइन्छ । यतिबेला कतिपय सूचीकृत कम्पनीहरूले गत वर्षको मुनाफाबाट धमाधन लाभांश प्रस्ताव गरिरहेका छन् भने कतिपयले प्रस्तावित लाभांश पारित गरिसकेको अवस्था छ । गत वर्षको मुनाफाबाट हालसम्म सिनर्जी पावर, अरुण काबेली पावर, रुरु जलविद्युत् परियोजना, अपि पावर, ङादी ग्रुप र नेपाल ल्युब आयल लिमिटेडले वार्षिक साधारणसभा सम्पन्न गरी लाभांश प्रस्ताव पारित गरिसकेका छन् । यी कम्पनीसँगै धेरैजसो म्युचुअल फण्डहरूले लाभांश प्रस्ताव गरी बाँडफाँटसमेत गरिसकेका छन् । प्रविधिको विकाससँगै पछिल्ला केही वर्षदेखि वार्षिक साधारणसभा सम्पन्न भएको दिनदेखि नै कतिपय कम्पनीले नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गर्ने गरेका छन् । शेयर बजारमै लगानी गरी यसैबाट प्राप्त हुने प्रतिफललाई आम्दानीको स्रोत बनाएका लगानीकर्ताले भने दशैंअघि नै साधारणसभा सम्पन्न गरी लाभांश वितरण गरे आफूहरूलाई चाडपर्वमा सहज हुने जानकारी दिएका छन् । ३ दशकभन्दा बढी समय पूँजीबजारमै सक्रिय लगानीकर्ता डम्बरुबल्लब घिमिरेले यो वर्ष कुनै पनि वाणिज्य बैंकहरूले दशैंअघि वार्षिक साधारणसभा सम्पन्न नगर्दा खर्च जोहो हुन नसकेको गुनासो गरे । केही वर्षअघि कतिपय वाणिज्य बैंकहरूले दशैं, तिहारलाई लक्षित गरी लाभांश वितरण गरेको स्मरण गर्दै उनले यस वर्ष यो सम्भावना टरेको बताए । अर्का लगानीकर्ता इन्द्रकृष्ण श्रेष्ठ पनि दशैंअघि केही वाणिज्य बैंकहरूले लाभांश दिने आस रहे पनि त्यो निराशामा बदलिएको बताउँछन् । सूचीकृत कम्पनीहरूले चालू आर्थिक वर्षको ६ महीनाभित्र वार्षिक साधारणसभा सम्पन्न गरिसक्नुपर्ने व्यवस्था भएपछि कतिपय बैंकहरूले शेयरधनीलाई चाडपर्व लक्षित गरी समयमै लाभांश दिने गरेको उनी सुनाउँछन् । सूचीकृत सबै कम्पनीमा लगानी रहेकाले कुनै न कुनैबाट दशैंअघि लाभांश पाए खर्च टर्ने उनले बताए । यो समाचार तयार गर्दासम्म सूचीकृत २६ मध्ये ७ वाणिज्य बैंहरूले लाभांश प्रस्ताव सार्वजनिक गरिसकेका छन् । सिटिजन्स बैंक इन्टरनेशनल, माछापुच्छ«े बैंक, सानिमा बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र हिमालयन बैंकले यस वर्ष दशैंअघि नै लाभांश प्रस्ताव सार्वजनिक गरिसकेका छन् । यीमध्ये माछापुच्छे« बैंकले कात्तिक २६ गते वार्षिक साधारणसभाको मिति तय गरेको छ । माछापुच्छ्रे बैंकले उक्त सभा प्रयोजनका लागि कात्तिक ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक कलोजको आधारमा कात्तिक ४ गते बिहीवारसम्म कायम शेयरधनी मात्र बैंकको लाभांश प्राप्त गर्न योग्य हुनेछन् । त्यस्तै, सिटिजन्स बैंक इन्टरनेशनलले साधारणसभाको मिति हालसम्म तय नगरे पनि असोज २२ गते आगामी वार्षिक साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तोकेको छ । बुक क्लोजको आधामा असोज २० गतेसम्म कायम शेयरधनीले सिटिजन्स बैंकको प्रस्तावित लाभांश प्राप्त गर्नेछन् । हालसम्म लाभांश सार्वजनिक गरेका वाणिज्य बैंकमध्ये हिमालयन बैंकले सबैभन्दा बढी लाभांश प्रस्ताव गरेको छ । हिमालयन बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २१ दशमलव ३६ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ४ दशमलव ६४ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । हिमालयन बैंकसँगै मर्जर प्रक्रियामा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले पनि यो वर्ष कुल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले ११ दशमलव २४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ४ दशमलव ७६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । यस वर्ष सानिमा बैंकले १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांशसहित कुल १७ दशमलव ८९ प्रतिशत, सिटिजन्स बैंकले १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ३ दशमलव शून्य ८७ प्रतिशत नगद लाभांशसहित कुल १६ प्रतिशत, माछापुच्छ«े बैंकले १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांशसहित कुल १४ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ३ दशमलव शून्य ६ प्रतिशत नगद लाभांशसहित कुल १३ दशमलव शून्य ६ प्रतिशत र कुमारी बैंकले ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत २ दशमलव ६७ प्रतिशत नगद लाभांश गरी कुल ८ दशमलव ६७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । हालसम्म सार्वजनिक वाणिज्य बैंकहरूको लाभांशमध्ये कुमारी बैंकको लाभांश सबैभन्दा कम रहेको छ । यस वर्ष वाणिज्य बैंकहरूको लाभांश प्रस्ताव र साधारणसभाको मिति तयमा ढिलाइ हुनुको मुख्य कारण भदौ १५ गतेसम्मको नाफा गणना रहेको छ । यसअघि आर्थिक वर्ष सम्पन्न भएको मितिसम्म कायम मुनाफाबाट लाभांश वितरण गर्न सक्ने व्यवस्था रहेकामा यस वर्षदेखि भदौ १५ गतेसम्मको मुनाफालाई गणना गरेर लाभांश वितरण गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।