सयपत्री हाइड्रोको साधारणसभा आह्वान , आईपिओ निष्काशन पनि एजेण्डामा

सयपत्री हाइड्रोपावर लिमीटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २३ गते शुक्रबार चाबहिल स्थित आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो । सभामा आईपिओ निष्काशन गर्ने बारेको विशेष प्रस्ताव पेश हुने कम्पनीले जनाएको छ । कम्पनीले ३ लाख कित्ता आइपिओ निश्काशन गर्ने तयारी गरेको छ । कम्पनीले पहिलो चरणमा बाग्लुङ जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आर्इपिओ जारी गर्न लागेको हो। एक सय रुपैयाँ अंकित दरका कुल ३ करोड रुपैयाँ बराबरको तीन लाख कित्ता आर्इपिओ निष्काशनको लागि अनुमति माग गर्दै साउन २३ गते धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपिओ निष्काशन गर्ने छ  । कम्पनीले  २० प्रतिशतले हुन आउने ६ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गर्ने तयारी गरेको छ । स्थानीय र सर्वसाधारण गरी कम्पनीले कुल ९ करोडको ९ लाख कित्ता आईपिओ निष्काशन  गर्ने छ । त्यस्तै साधारण प्रस्ताव अन्तर्गत आर्थिक वर्ष ७७/७८ को संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान प्रतिवेदन लगायतका अन्य वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष ७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने , ६ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छ ।कम्पनीले बाग्लुङ्गमा निर्माण गरेको २.५ मेगावाटको दरमखोला ए साना जलविद्युत आयोजनाले बिद्युत उत्पादन थालेको १ बर्ष भएको छ ।

सम्बन्धित सामग्री

आईपिओ निष्कासनको समय सर्दै

सरकारी स्वामित्वमा रहको कोटेश्वरस्थित जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीले सर्वसाधरणका लागि प्रथामिक शेयर (आईपिओ) निष्काशनको तयारी गरेको वर्ष दिन नाग्दा पनि निष्काशन गर्न सकेको छैन । कम्पनीमा जडिबुटी मौज्दात रहँदा देखिएको घाटा, कर्मचारीको अभाव लगायतका कारण आइपिओ निष्काशनको भाका सारिदै लगिएको हो । ३ वर्षसम्म नाफामा गएपछि सर्वसाधरणका लागि आईपिओ निष्कासन गर्नुपर्ने प्रावधान अनुसार कम्पनीले […]

ओम मेगाश्री फर्मास्यूटिकल्सले आईपिओ निष्काशन गर्ने

ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले शेयर निष्काशन गर्नको लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । सम्झौतामा ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्।  गैर आवसीय नेपाली, औषधी व्यवसायमा विज्ञता हासिल भएका व्यक्ति तथा विशेषज्ञ डाक्टरहरु आवद्ध तथा EU Pharma Technical Support रही ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको औषधी उत्पादन गर्ने उद्योग भरतपुर २९, चितवनमा रही कम्पनीले युरोपियन Good manufacturing practices (GMP) Standards अनुसार औषधी उत्पादन गर्ने र नेपाल सरकार औषधी व्यवस्था विभागमा जम्मा ५६ प्रकारका औषधी उत्पादनको लागि प्रया शुरु गरेकोमा हाल ३१ प्रकारका विभिन्न औषधीहरु उत्पादन गर्नको लागि अनुमती प्राप्त भईसकेको र बाँकी उत्पादन स्वीकृतिको प्रकयामा रहेको कम्पनीले जनाएको छ ।

अपर सोलु हाइड्रोको आईपिओ आज बाँडफाँड हुदै

काठमाडौं, असार ३० । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले निष्काशन गरेको आईपिओ आज बाँडफाँड हुदै छ । बिक्रि प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान ९ बजे क्यापिटलको कार्यालय मै शेयर बाँडफाँड गर्न लागेको हो। कम्पनीले असार २० गतेदेखि असार २३ गतेसम्म आईपिओ निष्काशन गरेको थियो ।  कम्पनीले सर्बसाधारणलाई १९ लाख ५७ हजार ५ सय कित्ता शेयर […]

सिक्लेस हाइड्रोपावरले साउन ६ गतेदेखि आईपिओ निष्काशन गर्ने

सिक्लेस हाइड्रोपावरले साउन ६ गतेदेखि आयोजना प्रभावितलाई आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा १,२ र ३ का स्थानीयलाई आईपिओ निष्काशन गर्न लागेको हो ।कम्पनीले यी क्षेत्रका स्थानीयलाई ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने छ । यस निष्काशनमा स्थानीयले छिटोमा साउन २० गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा भदौ ५ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि  विक्री प्रबन्धकमा  बिओके क्यापिटल रहेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि २० करोड बराबरको २० लाख कित्ता आईपीओ निष्काशनको लागि अनुमति पाएको छ। स्थानीयलाई आईपिओ निष्काशन गरेपछि कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ  ।कम्पनीले मादी गाउँपालिकाको मद्क्यु खोलामा १३ मेगावाटको आयोजना निर्माणसम्पन्न गरि २०७४ साल चैत्र २९ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ ।

रसुवागढी हाइड्रोले पायो आयोजना प्रभावितलाई आईपिओ निष्काशन अनुमति

रसुवागढी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र  बोर्डले आज जेठ ३१ गते कम्पनीले शेयर निष्काशनको लागि अनुमति पाएको हो । रसुवागढीले आयोजना प्रभावित स्थानीयको लागि ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १ सय कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो ।  शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले सर्वसाधारणलाई आईपिओ निष्काशन गरिसकेपनि आयोजना प्रभावित स्थानीयलाई पनि आईपिओ निष्काशन गरेको थिएँन । कम्पनीले १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ  ।  रसुवागढीले पुस २३ गते बोर्डमा आवेदन दिएको थियो ।

यस्ता कम्पनीले अनिवार्य आईपिओ निष्काशन गर्नु पर्ने

केहि निश्चित कम्पनीहरुले अनिवार्य रुपमा आईपिओ निष्काशन गर्नु पर्ने भएको छ।  आगामी आर्थिक वर्ष ७९/८० को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । उनले १ अर्ब भन्दा बढी पुँजी भएको, वार्षिक ५ अर्ब भन्दा बढी कारोबार गर्ने कम्पनी र राज्यबाट सहुलियत पाउने कम्पनीले अनिवार्य रुपमा आईपिओ निष्काशन गर्नु पर्ने व्यवस्था गर्ने घोषणा गरेका हुन् । त्यस्तै सरकारले विदेशिएका नेपाली श्रमिकको लागि आईपिओमा आरक्षण दिने भएको छ ।  मन्त्री शर्माले उनका अनुसार विदेशमा रहेका नेपाली श्रमिकको लागि आईपिओमा १० प्रतिशत आरक्षण दिने घोषणा गरेका हुन् ।  त्यस्तै एनआरएनलाई नेपालको पुँजीबजारमा लगानी गर्न कानुनी प्राबधान गरिने उनले बताए ।  मन्त्री जनार्दन शर्माले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट सार्वजनिक गरिरहेका छन् । हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर बजेट सार्वजनिक गर्ने संवैधानिक अभ्यास छ ।

हिमालयन रि इन्स्योरेन्सले प्रिमियममा आईपिओ निष्काशन गर्ने

हिमालयन रि इन्स्योरेन्स कम्पनीले प्रिमियममा आईपिओ निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीको संचालक समितिको बैठकले प्रिमियम मूल्यमा आईपिओ निष्काशन गर्ने निर्णय गरेको हो ।संचालक समितिले गरेको प्रिमियममा आईपिओ निष्काशन गर्ने निर्णय अनुमोदन गर्न कम्पनीले विशेष साधारणसभा डाकेको छ। कम्पनीले जेठ २७ गते शुक्रबार काठमाडौँको ठमेल स्थित अलोफ्ट होटेलमा विशेष साधारणसभा आह्वान गरेको हो ।सभामा २ वटा विशेष प्रस्ताव पेश हुने छ । पहिलो प्रस्ताव सर्बसाधारणको लागि प्रिमियममा आईपिओ निष्काशन गर्ने रहेको छ । त्यस्तै दोस्रो प्रस्तावको रुपमा 'प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य गर्न संचालक समितिलाई आवश्यक सम्पूर्ण अधिकार प्रत्यायोजन गर्ने बारे । संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै फेरवदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनुसार गर्न संचालक समितिलाई अख्तियारी दिने' रहेको छ  ।  कम्पनीको चुक्ता पुंजी १० अर्ब रहेको छ ।  जस मध्ये संस्थापकहरुको ७ अर्ब र सर्वसाधारणको ३ अर्ब रहने छ । अर्थात् कम्पनीले ३ अर्बको आईपिओ निष्काशन गर्ने छ  । यस कम्पनीले केपी ओली सरकारको पालामा लाईसेन्स पाएको हो । हिमालयन रि मा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा,  महासंघकाका पूर्व अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्ष भवानी राणा, नेपाल परिसंघका अध्यक्ष सतीशकुमार मोर, शंकर ग्रुपका साहिल अग्रवाल र सुलभ अग्रवाल, केएल दुगड ग्रुपका विकास दुगड, एमभि दुगड ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्ता लगायतका व्यक्तिहरुको लगानी रहेको छ। कम्पनीको अध्यक्ष शेखर गोल्छा रहेका छन्  । बीमा समितिले नयाँ पुनर्बीमा कम्पनीको लागि प्रस्ताव माग गर्दा अन्नपूर्ण रिइन्स्योरेन्स, काठमाडौं रिइन्स्योरेन्स, जेन्युन रिइन्स्योरेन्स,  प्रुडेन्सियल रिइन्स्योरेन्स, र हिमालयन रिइन्स्योरेन्सले प्रस्ताव पेश गरेका थिए । त्यस मध्ये हिमालयनले लाईसेन्स पाएको हो ।

हिमालयन हाइड्रोले पायो आईपिओ निष्काशन अनुमति

हिमालयन हाइड्रोपावर लिमिटेडले आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज बैशाख ४ गते कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो ।  बोर्डबाट अनुमति पाएसंगै कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि कुल २२ करोड पचास लाख रुपैंया बराबरको  २२ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। कम्पनीले कास्कीमा  ११.८८ मेगावाटको नामर्जुन मादी आयोजना निर्माण सम्पन्न गरि विजुली उत्पदन गरिरहेको छ ।

थप २ कम्पनीले पाए आईपिओ निष्काशन अनुमति

थप २ कम्पनीले आईपिओ निष्काशन अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले २ वटा हाइड्रोपावर कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।जस अनुसार बिन्धवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र दोर्दीखोला जलविद्युत कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो । बिन्धवासिनी हाइड्रोले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि २५ करोड बराबरको २५ लाख कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो। शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । त्यस्तै दोर्दीखोला जलविद्युत कम्पनीले २९ करोड ५१ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको २९ लाख ५१ हजार ९ सय २९ कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति पाएको हो । शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

उपकार लघुवित्तले पायो आईपिओ निष्काशन अनुमति

उपकार लघुवित्तले आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले चैत्र ७ गते सोमबार कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो ।कम्पनीले  प्रति शेयर १०० अंकित दरका २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २ सय ५० कित्ता आइपिओ निष्काशन गर्न  अनुमति पाएको हो  ।  कम्पनीले आईपिओ निष्काशन गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ।कम्पनीको मुख्य कार्यालय बाँकेमा रहेको छ ।