काठमाडौँका सडकमा होलीलक्षित सवारी चेकजाँच बढाइयो

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँका सडकमा होलीलक्षित सवारी चेकजाँच बढाएको छ । ट्राफिक प्रहरीले होलीमा हुनसक्ने दुर्घटना न्यूनीकरण गर्न सवारी चेकजाँच बढाएको जनाएको छ । होलीमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने सम्भावना धेरै हुने भएकाले ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । विगतका वर्षहरुमा होली मनाउने सिलसिलामा धेरै दुर्घटना हुने गरेको थियो । […]