नेकपा एमालेका सचिव रघुवीर महासेठले आगामी निर्वाचनमा एमाले फेरि देशको ठुलो पार्टी बन्ने दाबी गरेका छन् । नेता महासेठले एमाले ठुलो दल बनेपछि तराई मधेश समृद्धि कार्यक्रमलाई निरन्तरता दिने समेत बताए । उनले तराई मधेस समृद्धिको कार्यक्रमलाई तत्कालीन एमाले सरकारले अघि बढाए पनि वर्तमान सरकारले बेवास्ता गरेको बताए ।एमाले नगराइन नगरपालिका अधिवेशनलाई सम्बोधन गर्दै उनले आगामी दिनमा एमालेले तराई मधेशको समृद्धिलाई प्राथमिकतामा राखेर काम गर्ने दाबी समेत गरे । सचिव महासेठले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण