नयाँ वर्ष नजिकिएसँगै सौराहामा चहलपहल शुरु, अधिकांश होटल भरिभराउ

चितवन । नयांँ वर्ष नजिकिएसँगै चितवन (Chitwan)को सौराहामा पर्यटकको चहलपहल बढ्न थालेको छ । नयांँ वर्षको आगमनसँगै सौराहा (Sauraha)मा केही सातादेखि रुम बुकिङ्ग गर्ने पर्यटकको संख्या पनि बढ्दै गएको छ । अघिल्ला वर्षहरूमा भन्दा अहिले पर्यटकको चहलपहल बढेको पर्यटन व्यवसायीहरू बताउँछन् । बुधवारसम्म अधिकांश होटलहरू (Hotels) ८० प्रतिशत हाराहारीमा बुकिङ्ग (Booking) भइसकेको उनीहरूको भनाई छ ।  रोयल टाइगर लक्जरी, सौराहाका सञ्चालक राज अधिकारी सौराहामा यो हप्तादेखि नै पर्यटकको चहलपहल बढ्दै गएको बताउँछन् । आन्तरिक एवं बाह्य पर्यटकको आगमन पनि क्रमशः बढ्दै गएको अधिकारीले बताए । ‘अघिल्लो वर्षभन्दा अहिले चाडै नै रुम प्याक हुन थालेको छ,’ अधिकारीले भने, ‘पर्यटकको संख्यामा पनि वृद्धि भएको पाएका छौं ।’  उनका अनुसार बिहीवारसम्म उनको होटलका सबै रुम बुकिङ्ग (Room Booking) भइसक्ने छ । ‘आजसम्म ८० प्रतिशत रुम प्याक भइसकेका छन्,’ उनले भने, ‘सम्भवतः भोलिसम्म सबै सकिन्छ ।’ होटलमा सांस्कृतिक कार्यक्रमसहित अन्य सेवासुविधा र होटलको साजसज्जामा पनि थप गरिएकाले पनि पर्यटक भरिभराउ भइसकेको उनले बताए ।  कोरोना (Covid 19)को प्रभाव मत्थर हुँदै जांँदा सौराहामा अघिल्लो वर्षभन्दा यो वर्ष बाह्य पर्यटक (Tourist) पनि बढ्न थालेका हुन् । विशेषगरी सौराहामा जंगल गतिविधिको लागि चाइनिज पर्यटकहरू उल्लेखनीय मात्रमा आएको व्यवसायीहरू बताउँछन् ।  जंगल सफारी लज, सौराहाका सञ्चालक सुमन घिमिरे बुधवार नै सबै रुमहरू प्याक भइसकेको बताए । ‘अहिले अलि चाँडो रुम प्याक भयो,’ घिमिरेले भने, ‘एक त नयाँ वर्षको दिन शुक्रवार र शनिवार पनि बिदा छ । अर्को कुरा नेपालीको घुम्ने बानीको विकास पनि भएको छ ।’  अघिल्ला वर्षहरूमा एक रात बस्ने पर्यटकहरू धेरै भए पनि यो वर्ष बिहीवारदेखि नै नयांँ वर्ष मनाउने आउने पर्यटक बढेको बताए ।  विदेशी पर्यटकहरू पनि आउन थालेपछि यो नयाँ वर्षमा पर्यटकको संख्या थप बढ्ने अपेक्षा पर्यटन व्यवसायीको छ । व्यवसायीले सौराहाका मुख्य चौकहरूमा विभिन्न जातजातिका झाँकीसहित कार्यक्रमसमेत गर्ने भएका छन् । पर्यटकहरूलाई छूट र सहुलियतभन्दा सेवाहरू थप गरी सन्तुष्ट पार्ने उद्देश्य रहेको क्षेत्रीय होटल संघ, सौराहाका निवर्तमान अध्यक्ष दीपक भट्टराई बताउँछन् । ‘हामीले अहिले केही छूट सहुलियत त दिन्छौं नै । तर, योभन्दा पनि सेवा र सन्तुष्ट दिने विषयमा केन्द्रित छौं,’ उनले भने । पर्यटकको बसाई लम्ब्याउन र पटक पटक फर्कने वातावरण बनाउन व्यवसायीहरू केन्द्रित रहेको उनको भनाई छ ।  अन्य समय सौराहामा पर्यटकहरू सुस्ताए पनि नयाँ वर्ष (New Year), सिजन र भ्यालेन्टाइन डे (Valentine Day)मा चाप बढ्ने गरेको छ । जनवरीदेखि मार्चसम्मको अवधिमा नेपालमा साँढे दुईलाख पर्यटक भित्रिसकेका छन् । त्यसको न्यूनतम १० प्रतिशत पर्यटक सौराहा आउने गर्दछन् । सौराहा आउने पर्यटकमध्ये २० प्रतिशत विदेशी पर्यटक हुने व्यवसायीहरू बताउँछन् ।  क्षेत्रीय होटल संघ, सौराहाका अध्यक्ष गंगा गिरी अघिल्लो वर्षभन्दा यस वर्ष पर्यटक आगमन सन्तोषजनक भएको बताउँछन् । ‘हामी त्यति हतोत्साहित पनि छैनौं, उत्साहित पनि छैनौं,’ उनले भने, ‘तर, सन्तोषजनक र आशावादी भने छौं ।’ देशमा आर्थिक मन्दी भए पनि नेपाली संस्कृतिमा घुम्ने बानीको विकास भएकोले आन्तरिक पर्यटकको संख्यामा भने वृद्धि हुँदै गएको उनको भनाई छ ।  सौराहामा १३० को हाराहारीमा पर्यटकस्तरीय होटल छन् भने सयको हाराहारीमा रेष्टुरेण्ट एण्ड बार छन् । सौराहामा एकैदिन साढे ६ हजारभन्दा बढी पर्यटकलाई सेवा दिने क्षमता छ । 

सम्बन्धित सामग्री

सुनसान छ धम्पुस

पोखरा हेम्जा हुँदै पुगिन्छ, सुन्दर पर्यटकीय क्षेत्र धम्पुस । अन्नपूर्ण पदयात्राको प्रवेशद्वार मानिने यो क्षेत्र हिजोआज सुनसान छ । होटल व्यवसायी असिम गुरुङ निराश छन् । नयाँ वर्षमा होटल भरिभराउ हुने आशा यस वर्ष पनि पूरा भएन ।

कोरोना महामारीपछि पहिलो पटक पोखराका होटल भरिभराउ

काठमाडौं । नयाँ वर्ष २०८० को अवसरमा पोखरामा करिब शत प्रतिशत होटल भरिएको तथ्यांक सार्वजनिक भएको छ । नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको फेवा महोत्सव र नयाँ वर्ष मनाउन पोखरा पुग्ने आन्तरिक पर्यटकका कारण होटल तथा लजहरु करिब शत प्रतिशत भरिएको पोखरा होटल तथा रेष्टुराँ ब्यावसायी संघले जनाएको छ । कोरोना महामारीपछि पहिलो पटक […]

मधेस प्रदेशमा पर्यटक आगमनमा २५४ प्रतिशतले वृद्धि

जनकपुरधाम – अंग्रेजी नयाँ वर्षको सुरुवातसँगै अहिले जनकपुरधाम भरिभराउ छ। भारतको विभिन्न स्थानबाट दर्जनाँै गाडीमा भारतीय पर्यटक आउँदा यहाँको धर्मशाला तथा होटल भरिभराउ भएको छ। भारतको बिहार, युपी, आगरालगायत स्थानबाट पर्यटक नयाँ वर्ष मनाउन जनकपुरधाम आउने गरेका छन्। तर यहाँ घुम्न आए पनि उनीहरू सीमित स्थानमा घुमेर फर्कने गरेका छन्। मधेस प्रदेशको पर्यटकीय स्थलको प्रचारप्रसार […]

अंग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटकले चितवनका होटल भरिभराउ

चितवन, पुस १६ । इस्वी सम्वत् २०२३ को पूर्व सन्ध्यामा यहाँस्थित पर्यटकीय क्षेत्रका होटल भरिन सुरु गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जको सौराहा, पटिहानी, मेघौलीलगायतका क्षेत्रका ठूला होटल भरिएका छन् । साना होटल पनि साँझसम्म भरिने व्यवसायी बताउँछन् । अङ्ग्रेजी नयाँ वर्षका अघिल्ला दुई दिन सार्वजनिक बिदा परेकाले घुम्न रुचाउनेका लागि उपयुक्त समय बनेको छ […]

आन्तरिक पर्यटकका कारण कुश्माका होटल भरिभराउ, व्यवसायी उत्साहित

पर्वत । केही वर्ष पहिले सरकारी कामका लागि कुश्मा आउने बाहेक आन्तरिक तथा बाह्य पर्यटक देख्नै मुस्किल हुने पर्वतमा पछिल्लो समय पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । केही वर्ष यता बनेका अग्ला र लामा पुलका कारण केही आन्तरिक तथा बाह्य पर्यटक आउनेगरेको होटल व्यवसायीको भनाइ छ । पछिल्लो समय साहसिक पर्यटकीय पूर्वाधार निर्माण भएसँगै […]

बन्दीपुरमा पाँच हजार पर्यटक

नयाँ वर्ष मनाउन बन्दीपुरमा पर्यटकको लर्को लागेपछि बन्दीपुरका होटल भरिभराउ भएका छन् । कोरोना भाइरसको सङ्क्रमणले गर्दा लामो समय पर्यटकको मुख देख्न नपाएका होटलका सञ्चालक नेपाली नयाँ वर्षसँगै आन्तरिक पर्यटक भरिएपछि उत्साहित भएका हुन् । बन्दीपुर पर्यटन विकास समितिका पूर्वअध्यक्ष बैस गुरुङले नयाँ वर्षमा एकै दिन पाँच हजारभन्दा धेरै पर्यटक आएकाले बन्दीपुरका होटल भरिभराउ भएको जानकारी दिनुभयो । नयाँ वर्षमा पर्यटक खचाखच भएर होटल बुक हुन थालेपछि उत्साहित बनेको उहाँले बताउनुभयो । नयाँ वर्षमा आन्तरिक पर्यटकको आगमन हुन थालेपछि चहलपहल सुरु भएको छ । रात बस्ने आन्तरिक पर्यटक बढेकाले पूरै होटल भरिएको गुरुङ बताउनुहुन्छ । बन्दीपुरका अधिकांश होटलमा अहिले पर्यटक बसेका छन् । रेस्टुरेन्टमा खाजा खाने पर्यटक पनि छन् । टुँडीखेलस्थित हेरिटेज गेस्ट हाउस एन्ड रेस्टुरेन्टका सञ्चालक सङ्गीता प्रधानले पर्यटक आउन थालेपछि व्यवसायले गति लिन थालेको जानकारी दिनुभयो । बन्दीपुर पर्यटन विकास समितिका अनुसार बन्दीपुर साना र ठूला गरी ८० वटा होटल तथा रेस्टुरेन्ट छन् । नेवा गेस्ट हाउसका सञ्चालक क्षेत्रीय होटल सङ्घ बन्दीपुरका अध्यक्ष विपिन प्रधान सबैजसो होटल नयाँ वर्ष सुरु हुनु एक साता अगाडिदेखि बुक हुन थालेको बता

अङ्ग्रेजी नयाँ वर्षसँगै आन्तरिक पर्यटकले धुलिखेलका होटल भरिभराउ

अङ्ग्रेजी नयाँ वर्ष सन् २०२१ को आगमनसँगै आन्तरिक पर्यटकले धुलिखेलका होटल भरिभराउ भएका छन् । कोरोना भाइरस सङ्क्रमणको प्रभावले लामो समयदेखि प्रायः सुनसान बनेको काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेलका होटलमा नयाँ वर्ष मनाउन आउनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि अहिले धुलिखेल आउन चाहनेका लागि होटलमा बास बस्न कोठाको अभाव रहेको होट...

नयाँ वर्षमा कालिञ्चोकका होटल भरिभराउ

दोलखा-अग्रेजी नयाँ वर्षमा पर्यटकहरु आगामन बढेसँगै दोलखाका होटल भरिभराउ हुन थालेका छन् । लकडाउनका कारण लामो समयदेखि बन्द होटलहरु नयाँ वर्ष लागेकाले यस वर्षकै पहिलो पटक होटल व्यवसायीको मुहारमा खुशीयाली छाएको हो ।नयाँ वर्ष मनाउनका लागि काठमाडौंबाट युवायुवतीहरु र तराई क्षेत्रबाट भारतीयहरु समेत कालिञ्चोक क्षेत्र पुगेका छन् । कुरीमा रहेका सबै होटल एक हप्ता अघिदेखि […]

रारा पर्यटन वर्ष घोषणापछि होटल भरिभराउ

कनकासुन्दरी– ६ का जुप्रे बुढा झण्डै एक दशक पहिले देखि होटल व्यवसाय गर्दै आएका छन्् । पहिला चिया चाउचाउ मात्रै बेचेरै मासिक पाँच हजार जति कमाई गर्थे । तर रारा पर्यटन वर्ष घोषणा पछि होटलको कमाई मनग्य हुन थालेको उनले बताए । त्यस्तै कनकासुन्दरी ५ का विरचन्द्र रावत ७ वर्ष पहिले होटल चलाउथे ।

पर्यटकीय याम सुरू भएसँगै होटल भरिभराउ, पचहत्तर प्रतिशत होटल बुकिङ

पर्यटकीय याम सुरू भएसँगै होटल भरिभराउ हुन थालेका छन् । होटल एशोसिएशन अफ नेपाल (हान)का अनुसार अहिले ७५ प्रतिशत होटल बुकिङ भइसकेका छन् । अघिल्लो वर्ष यही याममा ६० प्रतिशत मात्र बुकिङ भएकामा कतिपय रद्द पनि भएका थिए । होटल बुकिङको अवस्था र अहिलेसम्मको पर्यटक आगमनलाई आँकलन गर्दा सन् २०१७ मा नौ लाखभन्दा बढी पर्यटक…