काठमाडौँ- वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ यात्रा सोमबारबाट सुरु भएको छ । जात्राको पहिलो दिन ललितपुरको पुल्चोकस्थित मच्छिन्द्रबहालमा रहेको रथलाई तानेर गाःवहालमा पुर्याइएको छ । रथ तान्नुअगाडि गुरुको पल्टनबाट सलामी दिइएको थियो । मच्छिन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर आषाढ शुक्...
आजबाट रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु हुँदैछ । आज पुल्चोकबाट रथ तान्न सुरु गरिनेछ । रातो मच्छिन्द्रनाथको रथयात्रालाई ललितपुरको सबैभन्दा लामो जात्रा मान्ने गरिन्छ । रथलाई जात्रा अवधिभर ललितपुरको टोल टोल घुमाउने प्रचलन रहेको छ । सर्वसाधारणले यस जात्रामा आफन्तलाई बोलाएर भोज गरी जात्रा मनाउने गर्दछन् । यो जात्रा वैशाख महिनाको शुक्लपक्ष अन्तर्गत प्रतिपदादेखि असार शुक्ल चौथीसम्म करिब दुई महिना मनाउने गरिन्छ ।रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्राको रुपमा मानिन्छ । रथयात्राले गर्द