काठमाण्डाै - ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ भत्काउने काम थालिएको छ ।
बुधवार रातो मच्छिन्द्रनाथको मूर्तिलाई बुङ्गमती लगिएपछि हिजोबाट रथ भत्काउने काम थालिएको रथ निर्माणमा संलग्न दिलकुमार बाराहीले बताउनुभयो ।
विगतका वर्षहरुमा जावलाखेलमा भोटो देखाएर खटमा राखेर मूर्तिलाई बुङ्गमती लगेपछि जावलाखेलमा रथ भत्काउने गरिन्थ्यो । तर यसपालि पनि गएको वर्षमाझैँ कोरोना भाइरसको सङ्क्रमण जोखिमका कारण रथजात्रा छोट्याएसँगै पुल्चोकमा रथ भत्काउने काम थालिएको हो ।
रथ निमार्णका लागि तिथिको आधार लिएर बनाउनु पर्ने समयसीम...