वैकल्पिक विधिको परीक्षा माग गर्दै तालाबन्दी

२७ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा वैकल्पिक विधिबाट गर्नुपर्ने माग गर्दै आएको सीएसआईटी एसोसिएसन अफ नेपालले विज्ञान तथा प्रविधि संकायका डिन प्रा.डा. विनिल अर्यालको कार्यकक्षमा तालाबन्दी गरेको छ । बीएस्सी सीएसआईटी अध्ययनरत विद्यार्थीले वैकल्पिक विधिबाट परीक्षा हुनुपर्ने, कोरोना संक्रमणका कारण गम्भीर अवस्थाका विद्यार्थीलाई अर्को परीक्षा मिति तोकिनुपर्ने माग राखेको महासचिव आशिष गिरीले बताए । […]

सम्बन्धित सामग्री

शिक्षकको माग गर्दै विद्यालयमा तालाबन्दी

सल्यान : शिक्षकको माग गर्दै सल्यानको बालकन्या माविका विद्यार्थीले विद्यालयमा तालाबन्दी गरेका छन्। जिल्लाको बागचौर नगरपालिका–७ टाट्केस्थित उक्त विद्यालयमा शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीले विद्यालमा तालाबन्दी गरेका हुन्।वैशाखदेखि कक्षा १ देखि ५ सम्म अंग्रेजी र कक्षा १ देखि १० सम्म गणित विषय विगत एक महिनादेखि पठनपाठन नभएपछि बाध्य भएर विद्यालयमा तालाबन्दी गर्नुपरेको विद्यार्थीहरूको भनाइ छ।प्राथमिक तहमा चार महिनादेखि र माध्यमिक तहमा एक महिनादेखि अंग्रेजी र गणित विषयको शिक्

वडाध्यक्षको राजीनामा माग गर्दै वडा कार्यालयमा तालाबन्दी

सल्यान : वडाध्यक्षको राजीनामा माग गर्दै सुर्खेतको सिम्ता गाउँपालिका ३ को वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन्।वडाध्यक्ष लोक बहादुर शाहीले सामाजिक आचरण र अनैतिक कार्य गरेको भन्दै आग्रिगाउँका स्थानीयले वडाध्यक्षको राजीनामा माग गर्दै वडा कार्यालयमा मंगलबार तालाबन्दी गरेका हुन्।तालाबन्दी पछि स्थानीयले जारी गरेको विज्ञप्तिमा वडाध्यक्ष जस्तो पदीय जिम्मेवारीलाई बिर्सिएर नैतिकहीन र कानुनी राज्यको बर्खिलाप हुने गरी कार्य गरेका वडाध्यक्षको राजीनामा माग गरिएको उल्लेख गरिएको छ।जनताको प्रतिनिधिल

बक्यौता भुक्तानीकाे माग गर्दै पूर्वाधार विकास कार्यालय जनकपुरधाममा तालाबन्दी

जनकपुरधाम – बाँकी बक्यौता भुक्तानीको माग गर्दै उपभोक्ता समितिका पदाधिकारीहरुले पुर्वाधार विकास कार्यालय जनकपुरधाममा तालाबन्दी गरेका छन। २०७८/७९ मा सम्पन्न भइसकेका योजनाहरुको बक्यौता भुक्तानी हुन नसकेपछि उपभोक्ता समितिका पदाधिकारीहरुले बक्यौता भुक्तानीको माग गर्दै पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरी आन्दोलनमा उत्रेका छन्। आन्दोलनको पहिलो चरणमा उनीहरुले कर्मचारीहरुलाई भित्रै थुनेर कार्यालयमा तालाबन्दी गरेका हुन्। उपभोक्ता समितिका आशुतोष […]

रकम भुक्तानी माग गर्दै तालाबन्दी

जनकपुरधाम । शीतभण्डार निर्माणको रकम भुक्तानी गर्न माग गर्दै किसानले मधेश प्रदेशको कृषि तथा सहकारी मन्त्रालयको लेखा शाखा तथा खाद्य शाखामा तालाबन्दी गरेका छन् । तालाबन्दीपछि उनीहरू मन्त्रालयमै धर्नामा बसेका छन् । प्रदेश सरकारले २०७६ जेठ २९ गते शीतभण्डार निर्माणका लागि कृषक समूहसँग सम्झौता गरेको थियो । कृषक समूहले शीतभण्डार निर्माण शुरू गरिसकेका छन् । […] The post रकम भुक्तानी माग गर्दै तालाबन्दी appeared first on राजधानी राष्ट्रिय दैनिक.

माग पूरा गराउन विश्वविद्यालय तालाबन्दी नगरिदिनु : मन्त्री पौडेल

३१ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कुनै माग राखेर विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले शैक्षिक र विश्वविद्यालय प्रशासनसँगको मागलाई लिएर तालाबन्दी नगर्न आग्रह गरेका हुन् । ‘विश्वविद्यालयमा तालाबन्दी गरेर माग प्रस्तुत नगर्न अनुरोध गर्न चाहन्छु । शैक्षिक माग, […]

त्रिविको तालाबन्दी खोल्न माग गर्दै अनेरास्ववियुको प्रदर्शन

२६ जेठ, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा लगाएको ताला खोल्न माग गर्दै प्रदर्शन गरेको छ । कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयबाहिर अनेरास्ववियुका कार्यकर्ताले तालाबन्दी खोल्न माग गर्दै प्रदर्शन गरेका हुन् । नेपाली कांग्रेसको विद्यार्थी संगठनले त्रिभुवन विश्विद्यालयमा तालाबन्दी गरेको साढे ४ महिना भन्दा बढी समय भइसकेको छ । तर अहिलेसम्म तालाबन्दी नखुल्दा विश्वविद्यालयको […]

त्रिविका प्राध्यापकहरू आन्दोलित, तालाबन्दी हटाउन माग

काठमाडौं, ५ फागुन । त्रिभूवन विश्व विद्यालयका प्राध्यापकहरू नेपाल विद्यार्थी संघले लगाएको तालाबन्दीको बिरोधमा उत्रिएका छन् । त्रिविमा उपकुलपतिको कार्यकक्षमा नेविसंघले ताला लगाएको २ सय दिन बितिसकेको भन्दै तालाबन्दी हटाउन माग गर्दै प्राध्यापकहरूले बिरोध प्रदर्शन गरेका हुन् । नेविसंघले विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा सुधार गर्नुपर्ने माग गर्दै तालाबन्दी गर्दै आएको छ । त्रिविका प्राध्यापकहरु […]

कल्याणपुर नगरपालिकामा चौथोपटक तालाबन्दी

हरहिसाबको माग गर्दै स्थानीयवासीले सिरहाको कल्याणपुर नगरपालिकामा चौथो पटक पुनः तालाबन्दी गरेका छन् । नगरपालिकाबाट भएको कामकाज र त्यसमा भएको खर्चको हरहिसाब पटकपटक माग गर्दै आए पनि सुनुवाइ नभएपछि पुनः तालाबन्दी गरेको स्थानीयवासीले बताएका छन् ।कार्यवाहक नगरप्रमुख रोहिणीकुमारी यादवलाई पटकपटक हिसाबकिताब सार्वजनिक गर्न माग गर्दै आए पनि आलटाल गरेकाले पुनः तालाबन्दी गरेको स्थानीयवासी प्रदीप साहले जानकारी दिए । जिल्लाका अधिकांश स्थानीय तहले नगरसभाबाट हरहिसाब सर्वाजनिक गरिसके पनि कल्याणपुरले अझै नगरसभा गर्

तलब वृद्धिको माग गर्दै नगरपालिका कार्यालयमा तालाबन्दी

बैतडी : तलब वृद्धिको माग राख्दै बालविकास सहकर्ता र विद्यालय कर्मचारीहरुले  पाटन नगरपालिकामा तालाबन्दी गरेका छन्।संघीय सरकारले बजेटमा बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको न्यूनतम तलब १५ हजार हुनुपर्ने र त्यसमा सात हजार रुपैयाँ स्थानीय सरकारले थप्नुपर्ने उल्लेख गरे पनि नगरपालिकाले कार्यान्वयन नगरेकाले तालाबन्दी गरेको उनीहरूले बताएका छन्।बालविकास सहजकर्ता अनिता महराका अनुसार सुरुमा बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलबमा वृद्धि गरे पनि पछि काटिएकाले तालाबन्दी गर्नु परेको बताए। माग पूर

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा परीक्षा स्थगनको माग गर्दै तालाबन्दी

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा परीक्षा स्थगनको माग गर्दै विद्यार्थीले आज तालाबन्दी गरेका छन् । कोरोना भाइरस सङ्क्रमणमा विश्वविद्यालयले जबर्जस्ती परीक्षा सञ्चालन गर्न लागेको भन्दै विद्यार्थी सङ्गठनले केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रकको कार्यालयलगायतमा तालाबन्दी गरेका हुन् । विश्वविद्यालयका पदाधिकारीसित पटक–पटक गरिएका छलफल सार्थक नभएपछि तालाबन्दी गर्नुपरेको  अनेरास्ववियुका विश्वविद्यालय कमिटी अध्यक्ष रोहित गजुरेलले बताए ।