जग्गा किनबेचका क्रममा उठेको राजस्व हिनामिना गरेको अभियोगमा मातलपोत कार्यालय पर्साका तत्कालीन दुई जना मालपोत प्रमुखसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले विशेष अदालतबाट सफाई पाउनुभएकाे छ । अध्यक्ष उपाध्यायले अदालत काठमाडौंबाट सफाई पाउनुभएकाे हाे । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट गाउँपालिकाकाे अध्यक्षमा निर्वाचित हुनुभएका उपाध्यायलाई राजस्व हिनामिना र सार्वजनिक सम्पत्तिको हानी नोक्सानी गरेको भनेर विशेष अदालतमा मुद्दा दायर भएको थियो । २०७४ […]
मालपोत राजस्व हिनामिना गर्ने पर्सा मालपोतका तत्कालीन नायब सुब्बा र लेखापालदेखि अपुताली जग्गामा भ्रष्टाचार गर्ने मालपोत कार्यालय बर्दियाका तत्कालीन प्रमुखलगायत विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अर्काको खेतमा ज्यालादारी गरेर जीविका चलाउने दक्षिणी मोरङको एउटा मुसहर टोलका लखन र रामधारी माथि २१ करोड राजस्व हिनामिना गरेको भनेर पाटन उच्च अदालतमा मुद्दा दायर भएपछि यो विपन्न बस्तीमा भुइँचालो गएको छ ।
रौतहट : रौतहटका दुईवटा स्थानीय तहले अझै बजेट ल्याउन सकेका छैनन्। जिल्लाका फतुवा विजयपुर नगरपालिका र दुर्गा भगवती गाउँपालिकाले अझै बजेट सार्वजनिक गर्न नसकेका हुन्।फतुवा विजयपुरका नगर प्रमुखलाई भ्रष्टाचार मुद्दा दायर भएपछि नगर सभा प्रभावित भएको हो। राजस्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरप्रमुख गोपाल राय यादवसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेका थियाे।उनी अहिले निलम्बनमा छन्। उपप्रमुख अमवेया खातुनलाई कार्यवाहक जिम्मेवारी दिइएको छ। अब चाँडै नगर सभा
राजस्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयरसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले नदीजन्य वस्तुबाट प्राप्त राजस्व हिनामिनामा संलग्न भएको आरोपमा रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपाल राय यादव र तत्कालीन उपमेयर कान्ती देवीसहित २१ जनाविरुद्ध करिब साढे १ करोड रुपैयाँ बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
काठमाडौँ । राजस्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयरसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले नदीजन्य वस्तुबाट प्राप्त राजस्व हिनामिनामा संलग्न भएको आरोपमा रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपाल राय यादव र तत्कालीन उपमेयर कान्ती देवीसहित २१ जनाविरुद्ध करिब साढे १ करोड रुपैयाँ बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर […]