दुई छाक जुटाउन धौ–धौ पर्नेलाई २१ करोड कर छलीको मुद्दा
अर्काको खेतमा ज्यालादारी गरेर जीविका चलाउने दक्षिणी मोरङको एउटा मुसहर टोलका लखन र रामधारी माथि २१ करोड राजस्व हिनामिना गरेको भनेर पाटन उच्च अदालतमा मुद्दा दायर भएपछि यो विपन्न बस्तीमा भुइँचालो गएको छ ।
एजेन्सी । दक्षिण भारतीय अभिनेता थालापथी विजयले कर छलीको मुद्दामा मद्रास उच्च अदालतबाट राहत पाएका छन् । विजय कर छलीको मुद्दामा आयकर विभागसँग केही समय देखि कानूनी लडाइँ लडिरहेका थिए। यो मुद्दा विजयको फिल्म ‘पुली’ को लागि प्राप्त शुल्कसँग सम्बन्धित छ। जसमा आयकर विभागले उनको घरमा छापा मारेर प्राप्त गरेको १५ करोड भारतीय रुपैयाँको हिसाब […]
३१ जेठ, काठमाडौं । राजस्व अनुसन्धान विभागले पछिल्लो ८ महिनाको अवधिमा राजस्व चुहावट र विदेशी विनिमय अपचलनमा २८१ जनाविरुद्ध ११३ मुद्दा दर्ता गरेको छ । उनीहरुमाथि जरिवानासहित रु २१ अर्ब ७१ करोड बिगो कायम गरी मुद्दा चलाइएको विभागले जानकारी दिएको छ । राजस्व चुहावटतर्फ मात्रै जरिवानासहित रु २० अर्ब ६१ करोड ३० लाख ८६ हजार […]
उनीहरुमाथि जरिवानासहित २१ अर्ब ७१ करोड बिगो कायम गरी मुद्दा चलाइएको विभागले जानकारी दिएको छ। राजस्व चुहावटतर्फ मात्रै जरिवानासहित २० अर्ब ६१ करोड ३० लाख ८६ हजार बिगो कायम गरी २०३ जनाविरुद्ध राजस्व चुहावटमा ६९ मुद्दा दर्ता भएको छ। जसमा सात राष्ट्रसेवक कर्म...
काठमाडौं । राजस्व अनुसन्धान विभागले भारतीय नागरिक अमितकुमार अग्रवालविरुद्ध कर छलीको मुद्दा दायर गरेको छ । भारत पश्चिम बंगाल, सिलगुडी थाना स्थायी ठेगाना भई हाल काठमाडौंको ताहाचलमा बसोबास गर्ने ३२ वर्षे अग्रवालविरुद्ध विभागले ७ करोड ६० रुपैयाँको मुद्दा दायर गरेको हो । विभागका अनुसार अग्रवालको विमला ईण्टरनेशनल फर्मले राजस्व चुहावट गर्ने मनसायले बिजक जारी नगरी […]
२ चैत, काठमाडौं । नक्कली भ्याट बिल जारी गरेर कर छली गरेको आरोपमा राजश्व अनुसन्धान विभागले सौगात इन्टरनेशनलका सञ्चालकसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले सौगात इन्टरनेशनलका सञ्चालकद्वय दिपककुमार देउजा र मोहनप्रसाद भट्टराई एवं लेखापरीक्षक सुनिलमान शाक्यविरुद्ध मुद्दा दायर गरेको हो । विभागले फर्मका सञ्चालकद्वय देउजा र भट्टराईसँग कुल १६ करोड ४३ लाख […]
काठमाडौं । राजस्व अनुसन्धान विभागले बोटलर्स नेपाल लिमिटेडविरुद्ध कर छलीको मुद्दा दायर गरेको छ । कोकाकोलाको उत्पादक कम्पनी बोटलर्सविरुद्ध विभागले शुक्रबार उच्च अदालत पाटनमा ७ अर्ब ४३ करोडको पूँजीगत लाभ कर छली मुद्दा दायर गरेको हो । विभागले उच्च अदालत पाटनमा ७ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ बराबरको कर तथा बिगो दावी मुद्दा दायर […]
काठमाण्डाै – सरकारले बोटलर्स नेपालविरुद्ध सात अर्ब ४३ करोड रुपैयाँभन्दा धेरै बिगो दाबी गर्दै पुँजीगत लाभ कर छलीको मुद्दा दायर गरेको छ ।
राजस्व अनुसन्धान विभागले आज शुक्रवार उच्च अदालत पाटनमा बाेटलर्सविरुद्ध सात अर्ब ४३ करोड ६३ लाख आठ सय २२ रुपैयाँ बराबरको कर तथा बिगो दाबी मुद्दा दायर गरेको विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिनुभयो ।
बोटलर्स नेपालविरुद्ध पुँजीगत लाभकर छलीमा विभागले अनुसन्धान गर्दै आएको थियो । बोटलर्स नेपाल लिमिटेडको आधाभन्दा बढी स्वामित्व एउटा कम्पनीबाट अर्कोमा हस्तान्तरण गर्दा प...
वास्तविक कारोबार नगरी कर छली गरेको आरोपमा ब्रिङ मिडिया डिस्ट्रिब्युसन प्रालिविरुद्ध राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।
उक्त कम्पनीका सञ्चालक चन्द्रबहादुर अधिकारीसहित व्यवस्थापनक सुरेन्द्र केसी र सुमन क्षेत्रीले व्यावसायिक रुपमा गरेको सम्झौताअनुसार प्राप्त हुने आयलाई लुकाएर वास्तविक कारोबार नदेखाएर मूल्य अभिवृद्धि कर र आयकर छली गरेको विभागले बताएको छ ।
स्टार इण्डिया प्रालि भारतका आधिकारिक विक्रेता जुपिटर मिडिया प्रालिका प्रोपाइटर अञ्जली अरोरा समेतको मिलेमतोमा म...
चितवन रत्ननगर–८ देवौलीस्थित शिव शक्ति खाद्य उद्योग प्रालिका सञ्चालक दिनेशकुमार अग्रवालसहित तीन जनाको मिलेमतोमा रु नौ करोड बढीको राजस्व छली भएको खुलेको छ । अनुसन्धानमा करोडौँ कर छली गरेको पाइएकाले राजस्व अनुसन्धान विभागले आज उनीहरुविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागका अनुसार कैफियत गरेर रु नौ करोड २७ लाख ३७ हजार बिगो बराबरको राजस्व छली गरेकाले जरिवाना र कैद सजाय माग दाबीसहित मुद्दा दायर गरिएको हो । विभागले सञ्चालकद्वय दिनेशकुमार र सीमा अग्रवाल तथा थपलिया ट्रेड सप