चीनका ‘जेफ बेजोस’ माथि लागेको मिटुको मुद्दा अदालत बाहिर सुल्झिएपछि हंगामा

यो चीनको सबैभन्दा ठूलो मिटु ट्रायल हुन सक्थ्यो, जुन विश्वको अर्को छेऊ अमेरिकाको मिनेसोटा राज्यमा चल्थ्यो । यो आरोप चीनका ‘जेफ बेजोस’ भनेर चिनिने ४९ वर्षीय अर्बपतिमाथि लगाइएको थियो । आरोप लगाउने चिनियाँ मूलकी २५ वर्षीया विद्यार्थी थिइन् जसले आफूमाथि यौन दुर्व्यवहार भएको दाबी गरेकी थिइन् ।यो मुद्दा एक खुला अदालतमा चल्थ्यो । यस्तो हुनु लगभग चीनमा असम्भव छ । ट्रायल मिनेसोटाको हेनेपिन काउन्टीमा चल्थ्यो, जहाँ कथित रूपमा अपराध भएको थियो । तर अदालतमा कारबाही सुरु हुनु पूर्वसन्ध्यामा मुद्दाले