नारायणगढ–मुग्लिङ सडकको पहिरो हटाउन सुरु

डाेलराज रानाभाट चितवन। नारायणगढ – मुग्लिङ सडक खण्डको पहिरो हटाउन सुरु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार गएराति ८ बजेपछि ठूलो पहिरो खसेर सडक दुइतर्फी अवरुद्ध रहेको छ । आज विहानैदेखि पहिरो पन्छाउन सुरु गरिएको हो । भरतपुर महानगरपालिका २९ सेती दोभान र पाँचकिलोमा पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको हो । […]

सम्बन्धित सामग्री

पहिरोले अबरुद्ध नारायणगढ-मुग्लिङ सडक खुल्यो

पहिरोले आइतबार बिहानदेखि अबरुद्ध नारायणगढ-मुग्लिङ अपराह्नदेखि खुलेको छ। आइतबार बिहान इच्छाकामना गाउँपालिका ६ स्थित कालीखोला र ५ किलोमा पहिरो खसेपछि सार्वजनिक सवारी ठप्प भएका थिए। दिनभरिजसो बन्द भएको नारायणगढ-मुग्लिङ सडक अपराह्नदेखि खुलेको प्रहरीले जानकारी दिएको छ।

सुख्खा पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिङ सडक सञ्चालनमा

सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको नारायणगढ-मुग्लिङ सडक खण्ड सञ्चालनमा आएको छ।

नारायणगढ- मुग्लिङ सडक अवरुद्ध

काठमाडौंः वर्षाको कारण नारायणगढ- मुग्लिङ सडक अवरुद्ध भएको छ। चितवनको भरतपुर महानगरपालिका-२९ अठार किलो र केराबारीस्थित नारायणगढ-मुग्लिङ सडक खण्डमा अविरल वर्षाको कारण शुक्रवार बिहान पहिरो जाँदा सडक अवरोध भएको हो। बिहानैदेखि सडक अवरुद्ध भएकाले  प्रहरीले स्थानीय निकायहरू सँगको समन्वयमा सडक खुलाउन आवश्यक पहल गरिरहेको छ। केही समयदेखि वर्षाको कारण यो सडक…

नारायणगढ - मुग्लिङ सडक खण्डमा सुख्खा पहिरो, सडक अवरुद्ध

काठमाडौं : चितवनको इच्छाकामना गाउँपालिका वडा ६ स्थित नारायणगढ-मुग्लिङ सडक खण्डमा सुख्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ। शुक्रवार बिहान पौने ९ बजे सुख्खा पहिरो खस्दा बाटो दुईतर्फी रुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय चितवनले जनाएको छ। नाम्सीपुल छेवैमा सुख्खा पहिरो खसी दुईतर्फी बाटो बन्द भएकोले सवारी साधन तथा यात्रुहरु…

सुख्खा पहिरो खस्दा एक जना घाइते

नारायणगढ मुग्लिङ सडक खण्डमा माथिबाट सुख्खा पहिरो खस्दा एक जना घाइते भएका छन्।

केहीबेर खुलेको नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि बन्द

काठमाण्डाै - पहिरो हटाएर केहीबेर खुलाइएको नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि बन्द भएको छ । बिहान केही बेर खुलेको सडक फेरि बन्द भएको प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण  पहिरो खसिरहेकाले सडक खुलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले बताउनुभयो ।  सडक बन्द हुँदा नारायणगढ–मुग्लिङ सडक खण्ड हुँदै आवतजावत गर्ने गाडी बीच बाटोमै रोकिएका छन् भने गाडीको लामो लाम लागेको छ । यसैबीच, पूर्वपश्चिम राजमार्गको नारायणगढ-बुटवल सडक खण्ड पनि बन्द भएको छ।नवलपरासी बर्दघाट...

नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि बन्द

काठमाण्डौ - नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि बन्द भएको छ । हिजो बिहान पहिरो पन्छाएर सडक खुलाइए पनि हिजो रातिदेखि फेरि सडक बन्द भएको चितवन प्रहरीले जनाएको छ ।  सडक बन्द हुँदा नारायणगढ–मुग्लिङ सडक खण्ड हुँदै आवतजावत गर्ने गाडी बीच बाटोमै रोकिएका छन् । वर्षा सुरु भएसँगै नारायणगढ–मुग्लिङ सडक खण्डमा दिनहुँजसो पहिरो जाने र सडक बन्द हुने भइरहेको छ । यो सडक खण्डमा पर्ने चितवनको सेती दोभानमा पहिरो पन्छाउन समस्या भएको हो । पूर्व र पश्चिमलाई काठमाण्डौसम्म जोड्ने मुख्य यो सडकमा हुँदै दैनिक १० हजारसम्म सा...

नारायणगढ–मुग्लिङ सडक खण्डमा पहिरो खस्ने क्रम रोकिएन

काठमाण्डाै - नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि बन्द भएको छ । हिजो बेलुकीपख पहिरो पन्छाएर सडक खुलाइए पनि फेरि बन्द भएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो । काठमाण्डौ प्रवेश गर्ने मुख्य सडकको रुपमा रहेको नारायणगढ–मुग्लिङ सडक खण्ड झन्डै एक हप्तायता पहिरोले लगातार अवरुद्ध हुँदै आएको छ । वर्षा सुरु भएसँगै नारायणगढ–मुग्लिङ सडक खण्ड दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुनेक्रम चलिरहेको छ । पहिरो पन्छाएर जाममा परेका गाडीले पार गर्न नपाउँदै फेरि अर्को पहिरो जाने समस्या बढ...

नारायणगढ–मुग्लिङ सडक अझै खुलेन : यात्रु र चालक अलपत्र

काठमाण्डाै - नारायणगढ–मुग्लिङ सडक अझै खुलेको छैन । निरन्तर पहिरो खसेकाले बन्द सडक खुलाउन समस्या भएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो । लगातारको पानीले पहिरो जाँदा चार–पाँच दिनयता सडक खुल्ने र लगत्तै बन्द हुने गरेको छ । निरन्तरको पानीले सडक खण्डको सेती दोभान, चारकिलो र पाँचकिलोमा ठूलो पहिरो खसेको छ ।  चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार अहिले पहिरो हटाउन चारवटा मेसिन र प्राविधिकहरु खटिएका छन् । दिउँसोसम्म पहिरो पन्छाएर सडक खुलाउने गरी प्रयास भ...

नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि बन्द, डोजरमार्फत पहिरो हटाउने काम हुँदै

काठमाण्डाै - नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि बन्द भएको छ । गएराति १० बजे यो सडक खण्ड अन्तर्गतको चितवनको सेती दोभानमा ठूलो पहिरो खस्दा सडक बन्द भएको हो। उज्यालो भएसँगै डोजरको सहायताले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो खसिरहेकाले हटाउन समय लाग्ने छ । पानी परिरहेकाले सडकमाथिबाट लेदो माटोसहितको पहिरो खसिरहेको उहाँले बताउनुभयो । यस्तै, मुग्लिङ-नारायणगढ सडक खण्डका अन्य केही ठाउँमा पनि स–साना पहिरो गएको छ । ती ठ...