केहीबेर खुलेको नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि बन्द

काठमाण्डाै - पहिरो हटाएर केहीबेर खुलाइएको नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि बन्द भएको छ । बिहान केही बेर खुलेको सडक फेरि बन्द भएको प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण  पहिरो खसिरहेकाले सडक खुलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले बताउनुभयो ।  सडक बन्द हुँदा नारायणगढ–मुग्लिङ सडक खण्ड हुँदै आवतजावत गर्ने गाडी बीच बाटोमै रोकिएका छन् भने गाडीको लामो लाम लागेको छ । यसैबीच, पूर्वपश्चिम राजमार्गको नारायणगढ-बुटवल सडक खण्ड पनि बन्द भएको छ।नवलपरासी बर्दघाट...