नारायणगढ–मुग्लिङ सडक अझै खुलेन : यात्रु र चालक अलपत्र

काठमाण्डाै - नारायणगढ–मुग्लिङ सडक अझै खुलेको छैन । निरन्तर पहिरो खसेकाले बन्द सडक खुलाउन समस्या भएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो । लगातारको पानीले पहिरो जाँदा चार–पाँच दिनयता सडक खुल्ने र लगत्तै बन्द हुने गरेको छ । निरन्तरको पानीले सडक खण्डको सेती दोभान, चारकिलो र पाँचकिलोमा ठूलो पहिरो खसेको छ ।  चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार अहिले पहिरो हटाउन चारवटा मेसिन र प्राविधिकहरु खटिएका छन् । दिउँसोसम्म पहिरो पन्छाएर सडक खुलाउने गरी प्रयास भ...