‘अधिक भन्सार महशुलले स्वदेशी पेन्ट महँगो’

असार २, वीरगञ्ज  । सरकारले औसत औद्योगिक कच्चा पदार्थको भन्सार दर ५ प्रतिशतमा सीमित गर्ने नीति लिए पनि स्वदेशी पेन्ट उद्योगले अधिकांश कच्चा पदार्थमा अधिक महशुल तिरिरहेका छन् ।  पेन्ट उद्योगले कुल १९३ प्रकारका कच्चा पदार्थ प्रयोग गर्दैआएकामा तीमध्ये अधिकांशमा बढी महशुल तिर्न बाध्य भएको उद्योगीहरूले बताए ।  उद्योगीले २३ ओटा कच्चा पदार्थमा ५ प्रतिशत भन्सार महशुलको सहुलियत पाएका छन् । रङरोगनमा स्वदेशी उद्योग आत्मनिर्भर भइसके पनि सरकारले प्रोत्साहनको नीति नलिएको केएनपी जापान प्रालिका सञ्चालक अशोककुमार वैदले बताए ।  बहुराष्ट्रिय कम्पनी केएनपी जापानले तयार पारेको आकडाअनुसार पेन्ट उद्योगले प्रयोग गर्ने ८८ प्रतिशत कच्चा पदार्थमा ५ प्रतिशतभन्दा बढी भन्सार महशुल तोकिएको छ । ४१ प्रतिशत कच्चा पदार्थमा १५ देखि ३० प्रतिशतसम्म महशुल तिर्नु परेको गुनासो सञ्चालक वैदले गरे ।  पेन्ट उद्योगले प्रत्येक वर्ष बजेट तयारीका क्रममा सरकारलाई कच्चा पदार्थमा भन्सार दर घटाउन आग्रह गर्दै आएका छन् । सरकारले अहिलेसम्म यस्तो माग सम्बोधन नगरेको सञ्चालक वैदले बताए । ‘यो वर्ष पनि लिखित रुपमै आग्रह गरेका थियौं । तर, आगामी वर्ष २०७८/ ७९ को बजेटले यो विषयलाई समाधान गरेन,’ उनले आर्थिक अभियानसित भने । वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले पेन्ट उद्योगका केही कच्चा पदार्थको आयातमा यस्तो समस्या देखिएको बताए । कच्चा पदार्थका उत्पादकलाई उत्पादनको एनालाइसिस रिपोर्ट पठाउन भनिएको र त्यसको अध्ययन गरेपछि आवश्यक प्रक्रिया थालिने प्रमुख भन्सार अधिकृत पौडेलले बताए ।  विगतमा एक्रेलिक इमल्सन कम भन्सारमा जाँचपास भएको थियो । महालेखा परीक्षकको कार्यालयले त्यसलाई बेरुजु ठहर गरेपछि भन्सार पछि हट्नु परेको भन्सार विभागका एक अधिकारीले बताए । भन्सारले एक्रेलिक इमल्सनको महशुललाई १० बाट २० प्रतिशत पुर्‍याएको छ । भन्सारले ५ प्रतिशत महशुल तोकेको टिटानियम डाइअक्साइडमा भन्सारले १५ प्रतिशत महशुल लिने गरेको उद्योगीले बताए ।  भन्सारले यो कच्चा पदार्थ आयातमा बढी महशुल तोकेर धरौटीमा जाँचपास गराउन दबाब दिने गरेको आयातकर्ताको गुनासो छ । कच्चा पदार्थमा ५ प्रतिशतभन्दा बढी महशुल लिन नहुने उद्योगीको माग छ ।  कच्चा पदार्थमा लिइएको उच्च महशुलका कारण उत्पादनको लागत बढी भएको र यसको अन्तिम भार उपभोक्तामाथि परेको उद्योगीको तर्क छ ।   

सम्बन्धित सामग्री

वैज्ञानिकले बनाए दुनियाँकै हलुका पेन्ट, डेढ किलोले पूरै विमान पोत्न सकिने

वैज्ञानिकहरुले संसारको सबैभन्दा हलुका पेन्ट तयार गरेका छन् । उक्त पेन्टको सबैभन्दा खास विशेषता भनेको यसको केवल १ किलो ३६० ग्रामबाट पूरै बोइंग ७४७ विमान पेन्ट गर्न सकिन्छ । साथै यो पेन्टबाट ऊर्जाको पनि बचत हुन्छ र यो पेन्टलाई कुनै पनि रङमा बनाउन सकिन्छ । साथै सो पेन्ट कुनै वस्तुमा लगाएपछि सदियौंसम्म टिक्ने दाबी गरिएको […]

महिला हिंसाविरुद्ध ‘पेन्ट मि रेड’ (तस्बिरहरु)

काठमाडौँ – महिला हिंसाविरुद्ध साक्षर युथ कम्युनिटीले ‘पेन्ट मि रेड’ क्याम्पेन चलाएको छ।‍ शनिबार ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रमा साक्षर युथ कम्युनिटीको आयोजनामा उक्त कार्यक्रम गरिएको हो। कार्यक्रममा मुखमा पट्टी बाँधिएकी एक युवतीले आफ्नो शरीरमा रातो रङ पोतेकी हुन्छिन्। उनलाई अन्य व्यक्तिहरुले पनि रातो रंग पोतिरहेको देख्न सकिन्थ्यो। युवतीको शरीरमा रातो रङ पोतेर बलात्कारको सांकेतिक […]

कच्चा पदार्थमा लाग्ने भन्सारशुल्क घटाउन नेपाल पेन्ट उद्योग संघको माग

नेपाल पेन्ट उद्योग संघले पेन्टका लागि आवश्यक पर्ने मुख्य कच्चा पदार्थ र तयारी वस्तुको मूल्य एउटै भएको उल्लेख गर्दै कर घटाउन माग गरेको छ ।

पार्क मर्मत र वाल पेन्ट गरी फागु खेले भरतपुरका युवाले (तस्बिरसहित)

भरतपुरका युवाहरुले रंगको पर्व फागुको अवसरमा पार्क मर्मत तथा वाल पेन्ट गरेका छन्। फागु पूर्णीमालाई उत्सवमय बनाउन भरतपुर–१० को जनस्वास्थ्य कार्यालय अगाडी रहेको पार्कमा सरसफाई, मर्मत तथा भित्ता रंगरोगन गरेर...

आफ्नो घरमा भगवान गणेशको चित्र पेन्ट गरेकी यी नायिकाको चर्चा

चर्चित वेब सिरीज मनी हाइस्टमा भूमिका निभाउने स्पेनिस नायिका स्तर एस्बो यतिखेर चर्चामा छिन् । उनले आफ्नो घरमा भगवान गणेशको प्रतिमा पेन्ट गराएपछि उनको चर्चा चलेको हो । एक भिडियोमा रहेको भगवान गणेशको साथ यी नायिकाको तस्वीर इन्टरनेटमा भाइरल भइरहेको छ ।  केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले इस्तर एस्बोको तस्वीर शेयर गर्दै यो भारतको लागि गर्वको विषय भएको समेत प्रतिक्रिया दिएका छन् ।   Proud moment for India ❤️ Spanish actress @EstherAcebo to international fame for her role as Mónica Gazta...

केएनपीको ब्यूटी गोल्ड वासेवल पेन्ट बजारमा, यस्तो छ विशेषता

जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपीले असोज १५ गतेदेखि नेपाली बजारमा आफ्नो नयाँ प्रोडक्ट केएनपी ब्यूटी गोल्ड वासेवललाई सार्वजनिक गरेका छ । विशेष गरी नेपालका घरलाई लक्षित गरेर लन्च गरिएको यस पेन्टलाई प्रयोग गरेपछि सजिलैसँग भित्तामा लागेका दागहरूलाई सफा गर्न सकिने कम्पनीले जनाएकाे छ । कम्पनीकाे अनुसार यस एन्टी ब्याकटेरीयल केएनपी ब्यूटी गोल्ड वासेवलमा ग्राहकहरुले कम रङ्गमा धेरै क्षेत्रफल पेन्ट गर्न सक्नेछन् । पेन्टमा हुने भिओसी (हानिकारक केमिकल) अत्याधिक रुपमा कम भएको र कम गन्ध रहेको यस पेन्टल...

नेपालमा कति वटा छन् पेन्ट उद्योग?

काठमाडौं। उद्योग विभागले नेपालमा ६५ वटा पेन्ट (घरमा लगाइने रंग) उत्पादन गर्ने उद्योग रहेको बताएको छ। विभागले नेपाल आत्मनिर्भर बन्न सक्ने औद्योगिक वस्तुको प्रतिवेदन निकाल्दै यस्तो बताएको हो। प्रतिवेदनअनुसार नेपालको पहिलो पेन्ट उद्योग पशुपति पेन्ट प्रालि हो। यो कम्पनी सन् १९८४ मा सुनसरीमा स्थापना भएको थियो। यसपछि सन् १९८३ देखि एसियन पेन्टले नेपालमा रंग उत्पादन सुरु गरेको विभागले जनाएको छ।

ढुंगामा पेन्ट गरेर ट्राफिक सचेतना जगाउँदै ललितपुर महानगर

ललितपुर महानगरपालिकाले ढुंगामा पेन्ट गरेर ट्राफिक सचेतना शुरु गरेको छ । आजभोली ललितपुरका मुख्य सडकको बिच भागको बगैँचामा ढुंगामा पेन्ट गरिएका ‘स्लोगन’ देख्न सकिन्छ ।  महानगर प्रमुख चिरिबाबु महर्जनको ‘नमुना शहर योजना’ अनुसार ढुंगामा पेन्ट गरेर सचेतना शुरु गरिएको ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुले रातोपाटीलाई बताए । ललितपुर नगर प्रहरीको सक्रियतामा अहिले कुपण्डोलदेखि पुल्चोकसम्मका सडक सचेतनामूलक स्लोगानले सजाइएको छ । ‘जिल्लाका मुख्य चोकमा यस्ता सचेतनाम